चुनाव आउदैछ

कैलासकुमार पाण्डेय

महोदय ,चुनाव आयो
चुनावी नारा ठुल्ठुला बन्लान
राजनीतिक स्थिरता ,समृद्धि र बिकास
साझा जस्तै एजेण्डा बन्न जानेछन
ब्यवस्थाका विरुद्ध नै धावा बोल्ने पनि छन
राजतन्त्र फर्काउने,संघीयता खारेजी ,हिन्दुराज्य
यस्तै यस्तै सोच पलाउने छन
सबै खाले तत्व आआफ्ना किसिमले खेल्छन
त्यसैमा हराउने जिताउने खेल चल्छ
लोकतान्त्रिक राजनीतिका मूल्य मान्यता
स्वतन्त्रता ,समानता र लोकतन्त्र
सिद्धान्तका कुरा भए ,कसैको एजेन्डामा पर्दैनन
आर्थिक ,सामाजिक रुपान्तरण
साझा एजेण्डा बन्नु पर्थ्यो तर बन्दैनन
राजनीति परिवर्तन पछि
आर्थिक ,सामाजिक परिवर्तन जरुरी हुन्छ
समाजका प्रति, अर्थ ब्यवस्था का प्रति
हाम्रो न चासो छ न चिन्ता
प्रत्यक्ष सरोकार  हुनु पर्थ्यो त्यो पनि छैन
महोदय ,हाम्रो समाज
समतामुलक छ कसरी भन्नुहुन्छ
बिभेदकारी छैन कसरी भन्नुहुन्छ
साग सिस्नु खाने र  चरेसको थालमा
मार्सी चावलको भात खाने
समान कसरी देख्नु हुन्छ
आर्थिक, सामाजिक रूपमा
निकै ठुलो बिभेदको पर्खाल छ हाम्रो समाजमा
हाम्रै मान्छे नुन नपाई अनिलो
खान बाध्य छन कहि
हाम्रै मान्छे सुनको महल बनादैछन
मान्छे मान्छे बिचको विभेद पहाड जस्तै छ
दलित ,बुझाइमा नै निचता छ
समाज हेयले हेर्दछ
भाडो थापेर पानी माग्नु पर्ने
पिएर भाडो घोप्ट्याउनु पर्ने
बिद्यमान छ समाजमा छुवाछूत
गडेर बसेको छ बिभेदको घाउ
कसैले बदलिँदो भने पनि
रुपान्तरित भने पनि
विभेद बिभेदै छ
डर छ,कुण्ठा छ,पीडा पनि छ
गडेर रहेको उचनिचको भावना
नरभान कामीले संविधानमा लख्दैमा
चक्रप्रसाद स्नेहीले राष्ट्रियसभा बोल्दैमा
निरा जैरुले सार्वजनिक महत्वको
प्रस्ताव लैजादैमा
ज्ञानु गैरीले सदनमा बोल्दैमा
दुइचार जना आरक्षणमा अटाउदैमा
बिभेदको अन्त हुदैन
यति मात्र होइन छाउपडिका नाउमा विभेद छ
जाती जातिमा विभेद छ
धर्म,वर्ण,लिङ्ग,क्षेत्र का आधारमा विभेद छ
ब्राह्मण ,क्षेत्री भन्दै धनाढ्य होइनन
दुई छाक खान र एक सरो लाउन
धौ  भएका पनि छन
तपाईंले भन्ने गरेको र मैले देखेको
विभेद भिन्नाभिन्नै हुन
मागी खाने नै किन नहुन
आखिर नागरिक त हुन नि
देश सबको साझा हुन सकेन
हरेक परिवर्तनलाई समाज संग जोडियो
आर्थिक ,सामाजिक रुपान्तरण भनियो
चित्र फेरियो तर चरित्र फेरिएन
हरेकलाई आफ्नो चिन्ता भयो तर देशको भएन
सार्वाधिक चासो बनेको छ
अहिलेको नेतृत्व फेर्नु पर्छ भन्ने
त्यस्तै ब्यवस्था नै ठिक भएन भन्ने
कुकुरले पुच्छर हल्लाउने होइन
पुच्छरले कुकुर हल्लाइ रहेको छ
खुट्टा अनुसार जुत्ता खोज्ने होइन
जुत्ता अनुसार खुट्टा काटन खोजिदै छ
काम कुरो एका तिर चुनाव टेकि सत्ता तिर
भइ रहेको छ
चुनाव महंगी बढाएर आउदैछ
बेरोजगार ,गरिबी ,अशिक्षा टुलुटुलु हेरि
आम नागरिकका लागि भीमकाय
पहाड भएर आउदै छ
बिपन्नता,विभेद संग केही सरोकार छैन
चुनावमा चासो छ जित्नका लागि
फगत सत्ताका लागि
दलिय हुन वा निर्दलिय उम्मेदवार
श्रीलंका तवाह भएको हाम्रै अधि छ
सोमालियाले खान नपाएको
हामीले देखेकै हो
हाम्रो पनि त्यस्तो न होला भन्न सकिन्न
लहलहैमा कागको पछि लाग्ने होइन
कान छाम्ने बेला छ अहिले
निर्णायक घडी छ सवका सामु
नेपाल र नेपालीको हितमा हुनु पर्छ चुनाव
धेरैका लागि रहर भएको छ
धेरैको जीवन मरण छ
गंभिरता पुर्वक सोच्ने  वेला आउदैछ
चुनाव आउदैछ

कैलासकुमार पाण्डेय
परशुराम १२ डडेल्धुरा

You might also like