कविताः पुल छेउका कर्ण

बागमती पुलको छेउ
एउटा कर्ण रुदै गरेको देखियो
प्लाउडको बाकसमा न्यानो पारी
चील,कौवाले सितिमिति
लैजान नसक्के गरि
कुण्डल,कवच जत्तिकै सुरक्षित
राख्दा नदेख्ने र पछि सबैले
देख्ने गरि राखिएको थियो ।

म अधिरथ भने थिएन
राधाको चाहनाका लागि लैजाने
ठुलो समाजसेवी पनि होइन
अनाथ जम्मा गरि डलर बटुल्ने
मानविय कर्तब्य लाग्यो
पुलिस बोलाए
अधिरथ,राधा पनि थाहा भएन
द्रोणगुरुको तिरस्कार
परशुरामजी संगको शिक्षा
राधेयको बाकी जीवन
राधेय,अंगराज बनेको यावत
जानकारी भएन ।

मनमनै इर्ष्या पलायो
सुर्य र कुन्तीका प्रति
आदिदेव,पुजनिय,वन्दनिय
सुर्यबाट यस्तो गल्ती भएन होला रु
पञ्चकन्यामा पुजनिय,स्मरणिय कुन्ती
क्रुर,दानविय स्वभाव कि
नहुनु पर्थ्यो ।
महाभारत रचना गर्दा
प्रयोग भएका पात्र
मध्यप्रदेशको राजघरानाका
केटाकेटीको रोमान्सको कथा हुनु पर्छ ।

कैयौं कर्ण हरेक दिन
नदीमा बगाइन्छन ।

कैयौं राधा,अधिरथ
सन्तानका लागि तडपि रहेका छन।

कैयौ कुन्ती कुमारी आमा बनेकि छन।

कैयौ सुर्य र कुन्ती यसै गरि
अवैध सन्तान जन्माउदै बगाउदै छन ।

जन्मकथाले केहि फरक पार्दैन सायद
यसै प्रकृतिका ब्यास भगवान भए।

टेष्टट्युव होउन वा कृतिम गर्भाधान
वैध नै मानिन्छन ।

हुदाहुदा सेरोगेट मदरको
कुरा आइसकेको छ
त्यो पनि स्विकार्य नै हुन्छ होला ।

गाउँको घटना भए
तीलको पहाड बन्थ्यो
काटाकाट,मारामार चल्थ्यो
पानी बारावार हुन्थ्यो
मुद्दा,मामिला,पुलिस,प्रशासन,अड्डा,अदालत
भएको हुन्थ्यो होला
जबर्जस्ति,बलात्कारको केश बनि सक्थ्यो
शहर भएकाले
नदी किनारले बाटो प्रसस्त गर्‍यो ।

लिभिङ्ग टुगेदरमा बसुन
केटा साथी,केटी साथी बनाउन
पर्खाल नाघी झ्यालबाट भित्र पसुन
होटल तथा कोठा चोटा प्रयोग गरुन
दिने परिणाम यस्तै हो
जन्मिने भनेको कर्ण नै हुन ।

धेरै ब्यासहरु
धेरै कर्णहरु
पहिचान नपाई छटपटाई रहेका छन ।

धृतराष्ट्र,पाण्डु,विदुरको
जन्म कथा होस
गृवाणयुद्धको
विधवा ब्राह्मणी बिबाह होस
राजघरनाका कुरा हुन ।

आज धेरै अस्पतालहरु
भ्रुणहत्याका केन्द्र बनेका छन ।
अनाथालयहरु
अधिरथको घर भएका छन ।
हुदाहुदै दिनदिनै जन्मिन्छन
नदी किनारामा
पुल छेउ पुगेका कर्णहरु ।

परशुराम १२ उनरुवा,डडेल्धुरा

You might also like
Leave A Reply

Your email address will not be published.