कविता : पुसको बिहान

पुसको बिहान
साउनको रात
जेठको दोफरी
यात्रा नगर्नु भन्छन ।

पुसको बिहान
कठ्याङ्ग्रीदो चिसो
चिसो चिसो यति चिसो
हिउ भन्दा चिसो
फुस्रो,खारो बाटो भरी जमेको
हिमालको आधार शिविरको
चिसो बिर्साउने चिसो ।

पुस माघ भन्ने बितिक्कै चिसो सम्झिन्छ
रुइ,फूइ,दुई चिसो हटाउछन अरे
चिसो,चिसो,अति चिसो
पुसको जस्तो चिसो
यो पुस मात्र होइन
हरेक पुस यस्तै हुन्छ
पुस माघका दिन यि
जाडो भयो जडेनी ।

माघ जाडो कि मेध जाडो ?
मेघ लागे पछि
जुन बेला पनि जाडो हुन्छ अरे
पुसको बिहान मात्र होइन
दुध बेच्न निस्केकिलाई थाह होला
दाउराको भारी बजार पुर्‍याउदै फर्कने
दाउरेलाई थाह होला
हतोडाले गिट्टी फुटाउदा औला फुटाएको
मजदुरलाई थाह होला
पुसको बिहान के हो भनि ।

पुसको बिहानै
यो हिउद कटे पछि
अर्को बसन्त देखिन्छ
नब्बे कटेको बुढो कल्पिन्छन ।
हिउद कटे पछि
एकसरो लुगाले काम चल्छ
एकसरो लुगाफाटो नपाउने सम्झन्छ।
आरु फुल्दा र पाक्दा
मेरो घर नआउनु बाबा
अभावमा बाचेकि छोरी बुवालाई भन्छे।
रात लामा र दिन छोटा
अति नै चिसो
हिमालको चिसो बिर्साउने चिसो
पुसको बिहान ।


परशुराम १२ उनरुवा,डडेल्धुरा

You might also like