आफ्नो मुटुमा ढुङ्गो राखी
काठमाडौको मुटुमा
चिया बेचिरहेकि छे दीलमाया
खसम कालिमाटीको काउली
रायो,आलु गोलभेडा
इन्द्रचोकमा बेच्छ
भुण्टाभुण्टी पकाएर राखेको
रोटी खाएर स्कुल जान्थे
इन्जिनियर पढदै गरेको छोरो
समय मिलाएर आमा कै छेउ तिर
तरकारी बेच्नमा जुट्यो
त्यतै फुर्सदमा
छोरीले मकै पोलेर इलम गर्न लागि
डेरा गरि बसे पनि
इमान बाचेका छन
सडक पेटीमा काम गरे पनि
इलम गरेका छन
खस्रो फुस्रो साग सिस्नु जे खाए पनि
पसिनाको कमाइ खाएका छन
पुर्ख्यौली कता हो कता ?
एउटा पुर्वको अर्को पश्चिमको
काठमाडौका भएका छन
नयाँ पुस्ताका लागि
युरोप,अमेरिकाको योजना छ
परिस्थिति बिग्रेको भए
रत्नपार्कमा ग्राहक कुर्नु पर्ने पनि हुन्थ्यो होला
खसम गल्लि गल्लि रन्थनिएको हुन्थ्यो होला
इलम गरे,इमान बचाए
दिलमाय भइ
राज्यले चिन्यो
दिलमाय भनेर कर बिजकमा
नाम लेख्यो
छिमेकीले चिन्यो
दिलमायको घर
दिलमायको छोरा
दिलमायकि छोरी
दिलमायको पति
चिया पारखि ग्राहकले चिन्यो
दिलमायको चिया पसल
पहिचान बन्यो
परशुराम १२ उनरुवा,डडेल्धुरा