कविता कवि हो कवि कविता हो भन्ने मान्यतामा कवि कैलासकुमार पाण्डेय पुर्ण कविता बनेका छन एकलब्यको देशमा कविता संग्रहमा । झण्डै छ दर्जन कविता रहेको संग्रह  केवल कविका अन्तरभाव समेटीएका छैनन त्यसमा सिङ्गो समाज छ । समाज,सामाजिक गतिविधि ,कला,संस्कृति ,सभ्यता , भूगोल खोज्दै जादा जनजीवन स्वभाबिक मिल्छ नै । हरेक कवितामा समाज पाइएको छ । कविताका हरेक शब्दमा कवि पाइन्छन । ब्यक्तिगत रुपमा देखेको,भोगेको समाजको साङ्गोपाङ्ग चित्र कोरेका छन कवि कैलासजीले आफ्नो नविनतम कृति एकलब्यको देशमा कविता संग्रहमा । समाजलाई हरेक कोणबाट बुझेका छन कविले । औपचारिक कक्षाको वहाको बिषयवस्तु समाजशास्त्र भएकाले पनि त्यसको गहिरो प्रभाव देखिएको छ कवितामा । हरेक लेखकले आफुलाई लेख्नु पर्छ र हरेक पाठकले आफुलाई पढन पायो भने त्यो लेखाइ अव्वल मानिन्छ । कविता संग्रह पढदै गर्दा प्रत्यक्ष रूपमा आफुलाई हेर्न पढन पाइन्छ ।सामाजिक परिवेश ,गतिविधि ,बिभेद,रीतिरिवाज ,समाज संगै राजनीति,दर्शन,चिन्तन सबै बिषय समेटिएको छ। पुर्विय दर्शनको गहिरो अध्ययन रहेको झल्किन्छ कविको । महाभारत हरेकले पढनै पर्ने ग्रन्थ हो । महाभारतमा सारा जगत अटाएको छ । पुराणको संरचनामा रहेका सर्ग,प्रति सर्ग,इतिहास,वंश,वंशानुचरित मात्र हुन्छ भने केहि को मान्यता छ भने धेरै जसो धार्मिक ग्रन्थका रूपमा लिन्छन । महाभारत त्यति मात्र होइन आर्थिक ,सामाजिक ,राजनीतिक बिष्लेशण पनि छ र पुर्ण साहित्य हो । त्यसको गहिरो अध्ययनले सबै क्षेत्रमा पोख्त बनाउछ । कैलासजीमा पनि महाभारतको अध्ययनको छाप पुरा पुरा परेको वहाका कविताले बताउछ । लेखनमा मिथकिय प्रयोग धेरै गरिएको हुन्छ । कैलासजीले पनि त्यहि लेखन शैली समातेका छन । कवितालाई आम मानिस संग जोडेका छन । सायद आफु स्वयं राजनीतिमा संलग्न भएकाले पनि हुनु पर्छ । केहि कवितामा पुर्ण राजनीति छ । राजनीतिलाई निष्ठा र आदर्श हुनु पर्छ भन्ने कविको मान्यता कविता मै सिमित रहेको जस्तो लाग्छ । आजको राजनीति छल,कपट, प्रपञ्च मिश्रीत रहेको छ । निष्ठावान कार्यकर्ता नेतृत्वको उपल्लो तहमा रहेको कवितामा व्यक्त गर्दा बिद्यमान अवस्था प्रति असन्तुष्ट जस्तै देखिन्छन । समाजलाई गहिरो किसिमले बुझेका छन कैलासजीले । बिभेदको पराकाष्ठा बोकेको समाजलाई परिवर्तनको उदघोस गर्दछन । कालेकामीको घर,गोपीरामको हुडको,आफर,बोडे कामीको प्रलाप, जस्ता कवितामा जाति,वर्णले समाजमा देखाएको बिभेद र निराकरणका बाटा पहिल्याएका छ । पेशा र कामका प्रतिको सम्मान प्रस्तुत गरेका छन । आफर कवितामा

आफर मात्र होइन
यो त भगवान विश्वकर्माको मन्दिर हो
जहाँ निरन्तर
गोल बालेर भूदेव
अग्नि आह्वान गरिन्छ
पञ्चभू संस्कार गरेर
पावकाग्नि स्थापित गरिन्छ
सबै कविता एक नास छैनन । संग्रहमा हुदैनन पनि । प्रत्येकले फरक फरक अनुभुती प्रकट गर्दछ ।आशा, निराशा ,बिश्वास अबिश्वास,शुभकामना, समवेदना सबै चिज समेटेका छन । प्रकृतिलाई औधी माया गरेर ढुङ्गोमा देवता देख्छन । ढुङ्गो कवितामा यसरी प्रस्तुत हुन्छन

समय परिस्थितिले
समथर मैदान बगर पनि बन्छ
उक्साए ढुङ्गामुडा पनि बौलाउँछ
गहिरिएर हेर्‍यौ भने
सभ्यता पाइन्छ ढुङ्गामा
संस्कृति पाइन्छ ।
बढी वर्णन गर्न तर्फ लागेका छन ।कवितालाई लामा पारेका छन हुनत पुष्ट्याउन पनि जरुरी हुन्छ होला धेरै प्रसंगलाई । आफ्नो गाउँ ,ठाउँ , नदि खोला त्यति नराखेको भए पनि हुन्थ्यो । डडेल्धुरा ,रुपाल,रंगुन, धुमावती,ओखलढुंगा कविताले स्थान परिचय त गर्‍यो । तर त्यति फराकिलो भएन ।धेरै प्रसंग निकै सटिक छन । समयको मृत्यु ,मन्दिरको शिला बोल्नै पर्छ,फाटेको कमिज,थाति बिषय,आत्म दाह,भावात्मक सुस्म बोध गराएको छ । भावनात्मक गहिराई पुगेर लेखेको पाइन्छ ।
लेखकको शब्द संयोजन बाटै नयाँ सृजना हुन्छ । कविताको क्षेत्रमा प्रचलिन प्रयोगको अभ्यासमा केन्द्रीत रहेका छन कवि । लेखेरै बाच्ने वातावरण त के कस्तो छ तर लेखाई उच्चस्तरीय छ । समयले मुल्यांकन गर्ने नै छ ।
कैलासकुमार पाण्डेयको छैटौ कृति हो तेस्रो कविता संग्रह हो । साहित्य जगतको निकै उचाई हो यो । डडेल्धुरा जिल्लाको बिकट बस्तीमा रहेर पनि मुलधारको लेखनमा आफुलाई उभ्याएका छन । पछिल्लो कृति एकलब्यको देशमा कविता संग्रहका बिषयमा भुमिका लेख्दै नेपाली साहित्यका मुर्धन्य कवि मदन पुरस्कार बिजेता डा नवराज लम्सालले यसरी लेखेका छन ।
कैलाशजीका कविताले वर्तमानलाई पक्रेका छन् र स्थानीयताको रङलाई सुकोमल तरिकाले टपक्क टिपेका छन् । अर्मपर्म, ऐँचोपैँचो र सेउलीपातीका कथा, घरेलु द्वन्द्व र सामाजिक अन्यायका विषय छरपष्ट छन् । समाजका कथालाई कविताको बान्कीमा मज्जाले कस्न खोजका छन् । कविले टिप्ने समाज नै हो र पढ्ने, बुझ्ने पनि समाज नै हो । समाज, समय र संवेदनाको त्रिवेणीमा इतिहास, भूगोल र संस्कृतिको आकृति देखिएन भने लेख्नु नामको लेख्नुको के अर्थ र रु कवि कैलाश यसतर्फ सचेत देखिन्छन् । यो उनको सुन्दर पक्ष हो ।ू
देखेको भोगेको बिषयलाई सबैले व्यक्त गर्न पनि सक्दैनन् तर त्यसलाई शब्दमा उतार्न त मेहनत नै गर्नु पर्ने हुन्छ । त्यसलाई कवितात्मक शैलीमा लैजाने अभ्यासको प्रसंशा नै गर्नु पर्छ । कैलासजीको २०६७ सालमा प्रकाशित बादलका बुट्टाहरु गजल संग्रहलाई रेडियो नेपालको गजलगंगा कार्यक्रमले पुरै कार्यक्रम भरि तीनै गजल बाचन गर्‍यो त्यसलाई पुरै सुनेको थिए त्यस देखिका सबै कृति पढेका कारणले पनि कवि बुझ्ने र कविता जान्ने मौका पाए र अहिले पनि एकलब्यको देशमा आवरण हेरेर मात्र होइन पुरै पढेर चर्चा गर्दैछु । हरेक नागरिकको देश हुन्छ । स्वतन्त्रता स्वाधिनता आफ्नै देशमा खोज्छ नागरिकले । अन्धोको देशमा, स्वार्थको युगमा हरेक दिन आश्रीत पिडित मात्र रहन्छन । सबै गुरु द्रोणाचार्य नै हुन सबै शासक धृतराष्ट हुन। एकलब्यको देश मात्र होइन मेरो देश पनि त्यहि हो।

एकलव्यको देशमा
हरेक दिन काटिन्छ
शिष्यको बूढी औँला ।
गीत,गजल ,कविता हुदै उदाएका साहित्यकार कैलासजीको लेखनीले नयाँ उचाई चुमोस,अझै नयाँ बिधामा अब्बल कृति आउनु साहित्याकाशको जाज्वल्यमा नक्षत्र बन्न सफल होउन शुभकामना छ । प्रस्तुत कृति एकलब्यको देशमा कविता संग्रहले पनि सफलता पाओस् हार्दिक शुभकामना ।

परशुराम १० ग्वान्नीजाला,डडेल्धुरा