सार्वजनिक सवारी साधन हाक्दै पूर्व गा.बि.स.अध्यक्ष

जिवन यात्राहो अनी यात्राको क्रममा धेरै मान्छेहरु संग भेट हुने नै भयो । यो पटकको साईपाल हिमालको बेसक्याम्प सम्मको यात्रामा कर्म नै धर्म हो भन्ने विश्वास लिएका बझांग जिल्लाका एक पूर्व गा.वि. स.अध्यक्ष बझांग जिल्लाको कच्चि सडकहरुमा सार्वजनिक सवारी साधन कुदाईरहेका भेटिए ।
२०५४ देखी २०५९ सम्म तत्कालीन बझांग जिल्लाको सुवेडा गाउ बिकास समिति लाई अध्यक्षको हैसियतले चलाएका तत्कालीन गा.बि.स.अध्यक्ष सुरेन्द्र सिँह अहिले कुसलतापूर्वक सार्वजनिक सवारी साधन चलाईरहेका भेटिए ।
कञ्चनपुर जिल्ला बाट २०४५ सालमा एस.एल.सि.उत्तिर्ण सिँहले २०५३ सालमा मिनभवन क्याम्पस बाट स्नातकतह उत्तिर्ण गरेका हुन ।

तत्कालीन गा.बि.स.अध्यक्ष सुरेन्द्र सिँह

उ बेलामा ब्याचलर गरेको युवामा केही गर्न सक्ने देखेर साथीभाईहरुको उक्साहटमा तत्कालीन नेकपा एमालेको तर्फ बाट अध्यक्षको उम्मेदवार भई गा.बि.स.अध्यक्षमा निर्वाचित भएका थिए । हाल दलगत राजनिति बाट निकै टाढा रहेको बताउने सिँह राजनैतिक दलका नेता तथा कार्यकर्ताको गतिविधि बाट हैरान भएर दल त्यागेको बताउछन् ।
गा.बि.स.अध्यक्ष हुदा मासिक रुपमा प्राप्त हुने १५ सय भत्तालाई पनि गा.बि.स.को शैक्षिक विकासका लागी प्रयोग गरेको बताउने सिँह आफ्नो कार्यकालमा शिक्षालाई वढि प्राथमिकता दिएको बताउछन् ।
बझांग जिल्लामा तत्कालीन समयमा राम्रै स्टेशनरी पसल संञ्चालन गरेका सिँहले केही साथीहरु मिलेर बझांगमा पहिलो पटक स्थानिय रुटमा संञ्चालन गर्ने गरी २०६२–६३ सालतिर दुई वटा जिप भित्राए । दुई वटै जिप दुर्घटना भए पछि उनको व्यवसाय धरापमा परयो तर उनले हिम्मत हारेनन् ।


नयाँ जिप खरिद गरि विगत ८ वर्ष देखी बझांगका सडकमा गाडी गुडाईरहेका उनको धेरै ठुलो सपनाहरु छैन छोरा छोरीलाई राम्रो संग पढाउने सपना मात्र छ जो पुरा हुदैछ क्रमसः । जेठो छोरो भारतको देहरादुनमा कृषि विषयमा स्नातक गरिरहेका छन् यो वर्ष उनको पढाई सकिदैछ । एउटा छोरीले ओभरसियरको अध्ययन सकेर लोकसेवाको तयारीमा छिन भने कान्छि छोरी पनि स्नातकतहको अध्ययन संगै लोकसेवाको तयारीमा छिन ।
जुनियर रेडक्रस सर्कलको निर्वाचनमा साथिभाईहरुले अत्यधिक मतले विजय गराए पछि सामाजिक सेवामा झुकाव भएको सिँह बताउछन । सिँह निकै सरल र सहयोगी स्वभावको रहेको बैतडी जिल्ला सिगास गाउपालिकाका होटेल संञ्चालक खडक बहादुर चन्द बताउनु हुन्छ ।

खडक बहादुर चन्द,होटेल संञ्चालक

बझांग रुटमा सिँह बुढाको नामले चिनिने उनि बालक देखी बृद्ध सम्म सबैलाई सम्मान गर्दै हिड्छन । आफुले धेरै पढेकोमा घमण्ड छैन, आफु कुनै बेला गा.बि.स. अध्यक्ष भएकोमा घमण्ड छैन । एक पटक उनको गाडीमा यात्रा गर्नेहरु प्रायः उनि बाट प्रभावित भएकै हुन्छन । यो पटक बझांग बाट डडेल्धुरा सम्म उनको गाडीमा यात्रा गरेका काठमाण्डौका छिन्डुम भोटे उनको सरलता देखी प्रभावित भए ।

छिन्डुम भोटे,काठमाण्डौ

भोटे भन्छन सार्वजनिक यात्राको क्रममा यो किसिमको सहजता र मित्रताको भावना निकै कम पाईन्छ र वहा पूर्व गा.बि.स. अध्यक्ष भएको सुन्दा आफुलाई निकै आश्चर्य पनि लाग्यो किनकी आजभोलीका बिरलै जनप्रतिनिधिमा यस्तो व्यवहार देख्न पाइएला ।
उमेरले झन्डै ३ बिस पुग्नलाग्दा पनि उनको जोश उत्तिकै छ । हाल जय पृथ्वि नगरपालिकाको वडा नं.६ को नौरामा बस्ने सिँह २९ वर्षको उमेरमा गा.बि.स. अध्यक्ष भएका थिए । तत्कालीन समयमा बझांगको ४७ वटा गा.बि.स.मध्ये अधिकांस गा.बि.स.हरुमा युवा नेतृत्व भएकोले केही आश पलाएको भए पनि पछिल्लो व्यवस्था संग उनि खासै सन्तुस्ट छैनन । उनिप्रश्न गर्छन “तलव भत्ता खाएर पनि कतै समाजसेवा हुन्छ ?”
मेहनतले मान्छे लाई सिखरमा पुरुयाउने भन्दै कर्ममा विश्वास गर्दै आफु जिप व्यवसायलाई निरन्तरता दिईरहेको पूर्व गा.बि.स.अध्यक्ष सिँह बताउछन् ।
देशमा शिक्षित बेरोजगारको संख्या बढीरहेको सन्दर्भमा राजनैतिक पहुँच र शक्तिको आडमा आफुलाई बलियो देखाउने प्रवृति बढिरहेको सन्दर्भमा कर्म नै धर्म हो भन्ने सोच राखेका पूर्व गा.बि.स.अध्यक्ष सुरेन्द्र सिँह बाट सिक्नु पर्ने धेरै देखिन्छ ।

You might also like