जीवन साथीलाई प्रेम पत्र

लोकेन्द्र ओझा

 

प्रीय जीवन साथी,
मैले तिमीलाई आज वैवाहिक जीवनको पन्ध्र वर्षपछि फेरी एउटा प्रेमपत्र लेख्दैछु। आशा छ यो प्रेम पत्र तिमीले पुरै पढ्नेछ्यौं। वाल बिवाह गरेका हामी घोडामा चढ्न पाईन्छ भनेर गरिएको बिहे खुरुखुरु पन्ध्र बर्ष बितेछन्। हामीले हरेक वर्षको जेठ १५ गते अथवा गणतन्त्र दिवसकै दिन विवाहवर्ष गाँठ मनाउदै आएका छौं।
हिमाल जस्ता सेता कापीका पानाहरुमा कस्मिररुपी काला अक्षरहरु सजाउदै, नागवेली वाक्यांशमा शब्दका पुष्पगुच्छा रुपी माला गाँस्ने प्रयासरत््् छु। मेरो जीवनका हरेक सपना, चाहाना, खुशी सबै सबै तिमीलाई समर्पणगरी जिन्दगीको यात्रामा सहयात्रा गरेर आत्मीयता र सामीप्यता गाँस्दै गाँस्दै हाँसो, आँसु उकाली, ओराली जीवन संघर्षको उत्कर्षमा छु म। तिमी पनि छौं, वा हामी छौं। लामो स्वास फेर्न मन लाग्यो उफ! अरु अरुले कुरा गरेको मैले सुनेको थिए, अनि पढेको थिए, श्रीमान र श्रीमती एउटा सिक्काका दुईटा पाटा हुन अरे! अनि एउटा रथका दुईटा पाङ्ग्रा पनि। मैले त्यो सधै महशुष गर्छु। जीवनको गाडी चल्न दुईओटै पाङ्ग्रसंगै चल्नुपर्छ। अनिमात्रै जीवन रथ गन्तव्यमा पुग्छ। हाम्रा बाउबाजेले पुराना उखान टुक्का बनाउन कत्ति जानेका होलान्। आज लाग्छ ति सबै सही छन्।
आज मैले के भनेर सम्बोधन गरु तिमिलाई? अचेल आधुनिक जमानाका नक्कली युवायुवतीहरुको भाषामा श्रीमानले श्रीमतीलाई नाम पुकारेर बोल्छन्। अथवा कान्छु, म्याम, सानु, बेवी, आदी आदी नामले बोल्ने प्रचलन छ। अनि श्रीमतीले श्रीमानको नाम पुकारेर बोल्ने हाम्रो सामाजिक मुल्य मान्यतामा छैन। महिलाले आफ्नो श्रीमानको नामबाट बोलाउनु हम्ुदैन अरे अपमान हुन्छ। अशोभनीय हुन्छ। अमान्य हुन्छ भन्ने रुढिवादी परम्पराबाट हामी परिचालित छौं। यदाकदा सर, बाबा, फुच्चेको बाबा तथा अचेल आधुनिक जमानाका युवतीहरुले श्रीमानको नाम पुकारेर पनि बोलाउने गर्दछन्। तर तिम्रो सम्बोधनमा कति मिठास छ ? कति आदर छ ? कति त्याग छ ? कति समर्पण छ ? शायद मैले शब्दमा व्याख्या नै गर्न सक्दिन्। मैले तिमीलाई हिमालकी छोरी सूर्यको चमकजस्तै चम्कने सूर्यमुखी रानी, स्वर्गकी परि जस्ता रोमाञ्टिक उपनामले नवोलाए हुँला, तर पनि हाम्रो सम्वन्धमा उतार चडाव आजको दिनसम्म आएको न त मैले महशुष गरेको छुँ, नत्र तिमीले नै गरेको देखेको छु।
तिमीलाई थाहा छ मैले तिमीलाई पहिलोपटक देख्दाका केहि पलहरु छन सुन्छ्यौ ? हुन्छ म सुनाउछँु। सुन्छ्यौ र सुनाउछु भन्दा फेरि धेरैले के ब्राहमणले पुराणहरुको कथा वाचन, महाभारत वा रामायण नै पढेर सुनाए जस्तो सुनाउने ? के सुनाउने र कसरी सुनाउने भनेर तर्क गर्लान्। यहाँ तर्ककारहरुको जमातछ हाम्रो समाजमा। म रुनुको अर्थ आँशु झार्नु हो भनेर कहिले जिद्धी गर्न चाहान्न्। त्यो अर्थमा सुन्छ्यौ सुनाउछु, भनेको पनि होईन तिमीलाई । अचेल सबै रुनेहरुले आँसु झार्दैनन् सबै आँशु झार्नेहरु रुँदैनन् । तिमीले विचार गरेकी छौं की छैनौ ? धेरै खुशी हुँदा पनि आँखावाट आँशु झर्छन् । कहिले झरेका आँसुलाई सोध्न मन लाग्छ । ए आँशु त किन झरिस्? आँशुले मलाई रुँदै जवाफ पनि दिएको छ। जीवनको वृतान्त कति सुनाँउ तिमीलाई? सायद तिमिलाई पनि यस्तै भयो होला। तिम्रा मृगनयनबाट झरेका मोतिमा दानासँग तिमीले अन्तरवार्ता लियौं कि लिईनौ? त्यो तिम्रै मनले जानोस्।
मैले स्मरण गर्दै थिए मैले तिमीलाई पहिलो पटक देख्दाका केहि पलहरु, केहि यादहरु, केहि रहरहरु, मनभित्रै गुडमुडिएका कल्पनाहरु। २०६६ बैसाखको नव वर्षको पावन अवशरमा तिम्रै बाबा आमाको घरमा शुभकामना दिन म आएको थिए। हुन त हाम्रो त्यो पहिलो सम्वाद वा भेट पनि थियो। बैशाखको महिना प्रचण्ड गर्मी मध्यान्ह्को समय छहारी विनाको त्यो उकालो बाटो म कसरी हिँडे हँुला तिमीलाई पहिलो पल्ट भेट्न आउदा ? मैले तिम्रैवारे सोच्दैं सोच्दंै उकालो काटे। वल्ल, वल्ल त्यो माथिको पिपलको चौतारीमा पुगे। मानिलिउँ म नर्कबाट सिधै स्वर्गमा पुगेको मलाई आभास भएको थियो । मलाई एक्कैछिन भए पनि थकाई मार्न मन लाग्यो। कस्न खोजे बैसाखको बाटोको धुलोले पिपलको बोटमुनि बस्ने ठाउँमा कस्तो धुलो नै धुलो रहेछ ।
मेरो मनले थकान र गर्मीले गर्दा एक सेकेण्ड पनि उभिन सक्ने अबस्था थिएन्। त्यँहि धुलो माथि बस्न मन लागेको थियो। तर तिमीसंगको पहिलो भेटमै धुलाम्य भएर कसरी जानु ? निकै पर पुगेर हरियो स्याउला टिप्न भ्याएछु। अनि त्यहि स्याउलामा बसे । त्यो दिन मलाई लुगाफोहोर हुने पिर थियो। पहिलो पटक डेटिङ् गएको अनुभवत छैन मसंग। तर पहिलो पहिलो मायाँ गर्दाको क्षण मुटुभरी सङ्गालेको छु। बाटोमा हिड्दा भुईको धुलोले असाध्यै मायाँ गरेको जस्तो लाग्थ्यो। त्यो दिन मैले धुलोलाई भनेको थिए। ए धुलो त मलाई मायाँ गर्न नआईजा मलाई मायाँ गर्ने कोहि अरु नै छ ।
जसरी प्रचण्ड गर्मीमा पिपलले मलाई शितलता दिएको थियो। त्यतिबेलानै परिकल्पना गरेको थिए, तिमीले मेरो जीवनमा यसरी नै शितलता दिनेछौ भनेर। त्यतिबेला अहिले जस्तो सडक बनि सकेको पनि थिएन्। दश मिनेट बस्छु सोचेर बसेकोत आधाघण्टा सम्म के के सोँचे सोँचे। हुन त तिमीलाई मैले प्रत्यक्ष भेटेको पनि थिएन, आधा घण्टा निदाउँदै सपना देख्न थालेछु। अनि निद्रामै भेटे, विवाह पनि भयो र सुहागरातको परिकल्पना गर्न भ्याएछु। अनि एक्कासी झसङ्ग भए। निद्रावाट किउझें जस्तै भयो । मायाँ के हो? प्रेम के हो? सम्वन्ध के हो?सबै सबै बुझ्ने मौका पाए। अनि पुनः उकालो लागे। हिड्दा बाटोभरि तिमीलाई नै सोचे। त्योभन्दा पहिले हाम्रो फोन पनि त्यति धेरै हुन्थेन्। तिमीले अविवाहित जीवनका छोटो कुरा मात्रै गरेकी थियो मसंग। आज एकोहोरो लामोकुरा गर्दैछु, म तिमीसंग। म साहित्यकार पनि होईन, कलाकार पनि हाईन्। मैले कुनै शब्दको बर्षात गरेर अवार्ड जित्नु पनि छैन्।
हाम्रो यथार्थलाई वैवाहिक जीवनको १६औँ वर्षमा प्रवेशको सम्झनामा जीवनका वृतान्तहरु तिमीलाई समपर्ण गरिरहेको छु। यदि आज म फुर्सदिलो हुन्थेन भने मेरो ब्यस्तताले मलाई कुँदाई रहन्थ्यो। घर परिवारलाई समय दिन मिल्थेन होला। हाम्रो सम्वन्धको सुरुवात कसरी भयो? मैले तिमीलाई कसरी चिने? हाम्रो सम्वन्धमा सबैभन्दा महत्वापुर्ण भूमिका कसको रह्यो। म बिर्सिएको छैन्। मलाई तिम्रो काकाले चिन्नु हुँदोरहेछ। मैले त उहाँलाई कहिले देखेको पनि थिएन्। एक्कासी उहाँसंग मेरो भेट भयो। उहाँले मलाई सिधै प्रश्न गर्नुभयो? तपाई बिहे गर्ने हो? की होईन? अपरिचित ब्यक्तिको प्रश्न सोचेर मैले सहजै जवाफ दिएको थिए गर्ने हो । मलाई के थाहा तिमै्र काका हुन भनेर? पछि तिम्रो र मेरो सवै बृतान्त उहाँले मलाई सुनाउनु भयो । म पानी पानी जस्तो भए आकाशबाट खसे जस्तै भए। पछि आफुलाई आफैले सम्हाले। कस्तो गाह्रो लागेर आयो, मैले उँहासंग कस्तो वच्चा जस्तो ब्यावहार गरेछु। अनि एक्कासी धड्कन बढेर आयो। जेनतेन आफ्नो मनलाई सम्हाले। आज हामीले वैवाहिक जिवनको १६ वर्षमा प्रवेश गरिरहँदा तिम्रो काका हाम्रो माझ हुनुहुन्न । म उहाँको दिगम्वत आत्माको चीर शान्तिको कामना गर्न चाहान्छु।
सायद, उहाँकै कारण हाम्रो आत्मीयता र सामीप्यता गाँसिएको हुनुपर्छ। मलाई सम्झना छ क्रिम कलरको सर्ट, कफी रंगको पाईन्ट, गर्मी छेक्ने रातो कलरको क्याप टोपी, सेतो मोजामा कालो पार्टीसुज त्यो पनि भाउजुले धनगढीबाट मेरा लागि ल्याई दिनु भएकोे उपहार थियो। त्यहि सुट बुटमा पहिलो पल्ट तिमीलाई हेर्न गए। रहरै रहरले तिम्रो घर पुगे। साँझ परिसकेको थियो। दैलोअगाडी तिम्रो बहिनीलाई भेटे। एक्कै छिन त कतै तिमीनै हो की सोचेर झस्किए। म तिम्रो घर पुगेको केहि समयमै तिमी पनि घाँसको भारी ल्याएर आयौं। मेरालागि त्यो शुभ साईत थियो। तिमीलाई देख्ने बितिकै मुटुले ढ्याङ्ग्रो ठोकी हाल्यो। तिमी पनि घाँसको भारी राखेर सिधै भित्र गयौं। गाँउको बसाई, सामाजिक परिवेश हाम्रो सम्वन्धको खासियत यँहि हो मैले त्यो सबै बुझेको थिए।
हुन त हाम्रो कहिले काँही त्यतिखेर पनि मोवाईल फोनमा कुरा हुन्थ्यो। तर फोनमा बोल्नु र घर परिवारको अगाडी बोल्दा कति गाह्रो हुन्छ। त्यतिवेला मेरो मनले मलाई सम्झायो, जवाफ दियो–तिमीले खोजेको मान्छे उनी नै हुन्। त्यो साँझ म तिम्रो जन्मिएको घरमा राती अबेरसम्म १२ बजेसम्म मैले के के बोले वोले ति तिम्रा वहिनीहरुले राती गफ गरेर सुत्नै दिएनन् । तिमीले धेरै कुरा गरिनौं फोनमै मलाई चिनि सकेकी थियो। त्यो पहिलो दिन म धेरै कुरा तिमीसंगै गर्ने चाहान्थे। तिमीले भनेकि थियौ, मलाई रुखमा चढेर घाँस काट्न आँउदैन, धेरै काम गर्न जानेकी छैन। तिम्रा धेरै प्रश्नको जवाफ दिएको त्यो रात मलाई हिजो आज जस्तै लाग्छ। भोलिपल्ट खेतमा गँहुका बालाहरु लहलह झुलिरहेका थिए । तिमीगहँु काट्न हिडेपछि मेरो पालो म पनि खेतमै गए। खेतका कान्लाहरुमा काफल र एंैसेलु पाकेर हेरि नसक्नु भएको थियो। तिमिले दिएको त्यो फल नखाई बस्न मेरो मनले मानेन्। तिमीले टिपेर ल्याएको एैंसेलुका थुप्पाहरुमा टुनामुना गरे जस्तो लाग्यो। अनि म झन जहाँ पनि तिमीलाईनै देख्न थाले। रुखमा, पातमा, ढुङगामा, पानीका फोकाहरुमा जहाँ पनि तिमीनै तिमीलाई देखेको थिए। अनि बहिनीले हामीलाई जिस्क्याउँदै तिमीहरु श्रीमान श्रीमती भइसक्यौ भन्दा लजाएको आज १५ वर्ष भयो। तिम्रो पछ्यौरीमा टिपेका काफलका दाना र खेतका कान्लामा पाकेका एैंसेलुका थुप्पा खाएको आज डेढ दशक भयो। समयको वेग कती रप्फतारमा छ।
अनि दिउँसो आफ्नो घर फर्किए, बाटोमा ज्योतिषको घर पथ्र्यौ, मेरोपालो मैले ज्योतिषलाई गएर सोधिहाले। उहाँले पनि मलाई तिमीलाई गणतन्त्र दिवशको पवित्र दिनमा बैवाहिक जीवनको शुभसाईत दिनु भएको थियो। गणतन्त्र दिवसको सुवर्ण अवशरमा जोडिएको हाम्रो दाम्पत्य जीवनको नाता आमुल परिवर्तनसंग जोडिएको छ। भागेर जान तिमीले मानिनौं मलाई पनि जन्म, विवाह र मृत्यु जीवनमा एक पटक मात्र हुन्छ भन्ने राम्रोसंग थाहा थियो। त्यसैले धुमधामसंग बिहे गरियो। आखिर जसले जे भने पनि गाँउ भनेको गाँउनै हुन्छ। त्यहाँ मर्यादा हुन्छ, अनुशासन हुन्छ, सहयोग हुन्छ। त्यहाँ दिदी बहिनीहरु हुन्छन। खसी पाटी दिने पनि हुन्छन्। आफन्त इष्टमित्र जन्तीहरु खसी खाने पनि। बजारमा बस कार मोटरसाईकलहरु जान्छन, गाँउमा घोडाहरु निःशुल्क जान्छन्। तिमी सेतो घोडामा म रातो घोडामा अनि जन्तीहरुको लस्कर। तिमीले चढेको सेतो घोडा त हाम्रै हो । जन्ती लिन गएको दिन हाम्रो गुरुजी हाम्रो घोडामा जानुभयो। म मल्लो घरको धामी दाईको घोडामा चढेर गएको थिए।
त्यो वज्या फटाहा घोडाले बाटोमा झण्डै मलाई लडाएको थियो। त्यसैले फर्केको दिन जन्तीले तिमीलाई हाम्रो सेतो घोडामा चढाएका हुन्। हाम्रो विवाहमा घोडाहरु पनि कति हुन कति। त्यहि गाँउको झुपडी अनि नाङ्गो डाँडामा भए भरको मेहनेत छ बुवाको। ओखर, कागती, सुन्तला, मौसमी, फलफुलहरु कति हो कति त्यँहि खेती गर्ने मरो बावाको रहरै रहरमा आज पनि जीवन ब्यतित भईरहेको छ। हो त्यहि बगैचाको बीचमा रहेको मेरो बुवाको पवित्र मन्दिरमा तिमी र म डेढ दशक पहिला निष्पट्ट रातको कालो घुम्टो ओढ्दै निसङ्कोच र निर्वाध रुपमा बैवाहिक जीवनमा गाँसिएका थियौं।
आज डेढ दशक २०८२ जेठ १५ गते पुरा भएको छ। सोहि अवसरमा म फर्किएर हेर्दैछु। जीवनको गोरेटो केहि अनुभव तथा अतितलाई। आफ्ना कमिकम जोरी संसोधित गर्ने कति कोमल अनि दयालु हृदय छ तिम्रो। मलाई अचम्म लाग्छ, मेरो अनुहार हेरेर कार्यक्षेत्रवाट घर पुग्दा म कस्तो अवस्थामा छु, तिमीले सहजै पत्ता लगाउन सक्ने दैवीय शक्ती जस्तो तिम्रो क्षमतालाई मेरो सलाम छ। मेरो जीवनका धेरै समस्या, तनाव घरमा पुग्दा तिमीले चाँडै पत्ता लगाएर समाधान गरेकीछौ। मैले बोलेको प्रत्येक शब्दहरू नियालेर मेरो पीडा अनि दुःखेको घाउ तुरुन्त बुझ्न सक्ने अद्भुत शक्ती छ तिमीसंग। जीवन सङ्घर्षको क्रममा काँडेतार र क्याक्टसहरुले चिथोरेर रक्ताम्य भएको मेरो चहराएको घाँउमा तिम्रा शीतल वाणीहरुले तत्काल मल्हम लगाउन सक्ने, हैसियत छ तिमीसंग। रोईरहेको मेरो यो अतृप्त मनलाई विचारको माध्यमद्वारा तत्काल हँसाउन सक्ने, तिम्रो निस्वार्थ माया, मोहिनी अथाह खुबी पाएको छु। सुस्त सुस्त म तिम्रो मायाँको छाहारीमा ओत लागेको छु। आज पनि नव दाम्पत्य जोडी जस्तो महशुस गरेको छु, मैले हाम्रो जीवनको यथार्थलाई आज लिपिबद्ध गर्ने प्रयास गरिरहेको छु।
हरेक दिन आउने चौबीस घण्टाको समय तिमीलाई सम्झिरहन्छु। मलाई लाग्छ विवाह पछिको प्रेम र प्रेम पछिको विवाहमा धेरै फरक हुँदो रहेछ। यी सपना जस्ता दिन तिम्रै झझल्कोमा बित्दै बित्दै जान्छन् । मेरो हृदयको दृष्टि जहाँसम्म पुग्छ, म तिमीलाई त्यहाँसम्म देख्छु। तिम्रो सम्झना र मायालुपनलाई बहन गर्न नसक्दा बहन्छन अश्रुबुँद अनि भिज्छ मन। जब म बसेर तिम्रो सामिप्यतामा नियाल्छु, मन तब तिम्रै सुकुमार मुहार मुस्कुराइ रहेको हुन्छ। विगतका वर्षदेखि न त तिमीलाई धैरै खुशी देखेको छु नता दुःखी नै। मेरो जिन्दगीको सदावहार हांै तिमी। धेरै खुसी हुनेहरु धेरै दुःखी पनि हुन्छन अरे! तिमीसँग बिताएको अमूल्य मीलनको कहानी मेरो हृदयको पाना पानामा स्मृतिको कलमले कहिल्यै नमेटिनेगरी लेखेको छु। मेरो जिन्दगीको तिमी त्यो सुन्दरता हौं, जसलाई तस्वीरमा उतार्न सकिन्न्। तिमी त्यो भाव हौ, जसलाई कवितामा लेख्न सकिन्न्।
तिमीलाई थाहाछ म दोहोरी पनि गाँउछु । तिम्रो अनुपस्थितीमा मैले गीतका टुक्कामा कति दिन थरिथरीका शब्दमा दोहोरी खेलेको छु। महोत्सवमा राधिका हमाल, मञ्जु पौडेल र पुर्णकला विसीसंग दोहोरी खेल्दा तिम्रा दौतरीहरुले तिमीलाई जिस्काए छन्। जीवन यस्तै हो रमाउन जान्नुपर्छ। यो देशका हिजोका राजा रजौटाहरु, राणाहरु, पञ्चायती ब्यववस्थाका गाँउगाँउमा रहेका पञ्चहरु, आफुलाई सर्बशक्तीशाली ठान्नेहरुले सुख सयल गर्ने नसके होलान, राजनैतिक दलका नेता मन्त्री प्रधानमन्त्री उद्योगपति पुजिँपति सवैलाई आ–आफ्नो खाले समस्यानै छ। हामीले आफुले आफुलाई सन्तुष्टी लिने हो। सम्पतिको पछाडी दौडनेहरुलाई सन्तुष्टी मिल्छ भन्ने होईन्। आनन्द खुसी आफै भित्र छ।
मानिलिउँ गडयाङ गुडुङ आवाज निकाल्दा चिरिएर दुई फ्याक भएको आकाशको छातीबाट भएको मुसलधारे वर्षाबाट हाम्रा मुटुहरु लगलगाइ रहेछन्। यी कम्पित मुटुलाई ठेगान लगाउन मलाई तिम्रो अनि तिमीलाई मेरो मायाको न्यानो चाहिएको छ। ए प्यारी अबको एक दशक अझै तिमी र म मिलेर भावनाको उर्बर खेती गर्ने किसान बनौं। सोच र चाहाना कि धनिछांै तिमी धनि हुनकालागि धन हुनै पर्छ भन्ने पनि छैन्। महान छौ तिमी त तिम्रो व्यवहारले अझ गाढा बनाउँछ हाम्रो सम्वन्धलाई। प्रेममा एक अर्काको अनुपस्थितिले यादलाई अझ प्रगाढ बनाउँछ र माया चरमोत्कर्षमा पुग्छ। विश्वभरिका राता गुलाफहरु जोडेर मैले तिमीलाई विराजमान गराउन सिंहासन तयार गरेको छु। फूलको राजा गुलाफ भएझैं म तिम्रोे जिन्दगीको राजा हँु अनि तिमी रानी। राजाभन्ने शब्दमा पृथकता छ।
राजा पनि एउटा मायाँलु शब्द हो। हिजोका वाईसे चौविसे कोटे राजा भनाउँदाहरुलाई मात्रै राजा भनेर सम्वोधन गरिदैन्। हुनत अंग्रेजहरुसंग लडेर विरताका साथ राज्य एकिकरणको सहि अवतरण गर्ने राजा प्रति हाम्रो यो सफल जोडीको सलाम छ। ममा देश प्रेम पनि छ यहाँ तिम्रो र मेरो प्रेमको कुरामात्रै हुदैन्। जव देश रहन्छ अनि हामि रहन्छौं। फेरि मलाई देशको कारेमा कुरागर्ने मन लाग्छ। मैले नेपालका अधिकांस प्रधानमन्त्रीज्युसंग घण्टौ कुरा गरेको छु। मन्त्रीज्यु, राज्यमन्त्रीहरु माननीयज्युहरु, हजारौं नागरीकहरुको अनुभव र अनुभुतिछ म संग। दश वर्षमा पटक पटक नेपाल भारतको सिमामा पुगेको छु म। निःशुल्क देशको रक्षाका लागि खटिएका नागरिकसंग कुरा गरेको छु मैले। ति सिमाका जेष्ठ नागरिकका पीडा सुन्दा शरीर सिरिङ्ग भएर आउछ। अहिले देशलाई जिउँदो शहिद चाहिएको छ। वीर गोरखाली चाहिएको छ । सिमा सुरक्षाका लागि गौरव गर्न लायक नेपाली चाहिएको छ।
कतिखेर लाग्छ पाकिस्तानको जस्तो आत्मघाती वम लगेर सिमामा पड्काउनु पर्छ । कतिखेर लाग्छ सत्र हजार नेपलीहरुले नेपालको राजनैतिक परिवर्ताका लागि मात्र शहिदभएका होईनन अमेरिकी साम्राज्यवाद र भारतीय विस्तार वादको लागि सहिद वनेकाहुन । सहिद वन्दैमा समस्या समाधान नहुदो रहेछ। यसको उपाय फेरी कुटनैतीक सम्वादवाट निरुपण नै हो । वषैंदेखि देशले एउटा हिरो खोजी रहेकोछ। करिव ६० वर्षदेखि नेपालका सत्तरी भन्दा वढी स्थानमा भारतले सिमा अतिक्रमण गरेको छ। दसगजा क्षेत्रमा भारतीय एसएसबीहरुको ज्यादती नेपालीलाई सही नसक्नु छ। वषौंदेखि कालापानी, लिपुलेक र लिम्पीयाधुराको चर्चामात्र हुन्छ। सिमामा हरेक वर्ष सारिन्छन जंगेपिल्लरहरु । टुलुटुलु हेर्छन सिमाका नेपालीहरु सरकारको ध्यान जादैन्। खेत योग्य जमिन भारतको भईसकेको छ। त्यक्तिकै कञ्चनपुरका गोविन्द गौतमले भारतीय एसएसबीको गोली खाएका होईनन्।
नेपालमा मन्त्री बन्न भारतले समर्थन गर्नैपर्छ । भारतको रिमोटबाट चल्ने नेपाली राजनैतिक च्यानल भारतकैविरुद्धमा बोल्न सक्छ होला र? यो हो आज नेपालको राजनैतिक अवस्था। सिक्कीम एउटा स्वतन्त्र देश थियो, जहाँ २१ जना मात्र सांसदहरु थिए। जसमा २० जनाले सिक्कीमलाई भारतमा मिलाउने निर्णय गरेपछि सिक्कीम भारतमा विलय भएको थियो । नेपालमा पनि यस्तो नहोला भन्न सकिन्न। आज संसदमा भएका गोप्यवार्ता छलफल जनतालाई थाहा हुँदैन्, तर भारतलाई थाहा हुन्छ। सरकारमा भारतका सिआईडीहरु छन्। भारतका एउटा रिटायर्ड सचिवले नेपालको प्रधानमन्त्री परिवर्तान गर्नुपर्ने धारण राख्छन्। हामी सार्वभौमसत्ता सम्पन्न नेपाली जनता नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै; राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक– पटक गर्दै आएका ऐतिहासिक जन आन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण एवं शहीदहरू तथा बेपत्ता र पीडित नागरिकहरूलाई सम्मान गर्दै; सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै; बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्र्दै; वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गर्दै; जनताको प्रतिष्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्न; संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधानसभाबाट पारितगरी संविधान जारी गरिएको छ।
हुनत २०४७ सालको संविधान पनि विश्वको उत्कृष्ठ मानिन्थ्यो, तर २०५२ सालमा जनयुद्धको थालनी गरियो। देश वनाउने त तिमी र मैले हो । अव आर्थिक समृद्धीका लागि जुट्ने बेला हो। उत्पादन गरौं, आत्मनिर्भर बनौं, अनि किन झुक्नु पर्छ अरु देशसंग । एउटा सफल गृहणी सफल श्रीमान देख्छिन् । त्यसो त एउटा सफल श्रीमान्को पछाडी श्रीमतीको हात हुन्छ। तिमीबिनाको सफलता मैले परिकल्पना पनि गरेको छैन्। म बिर्सिन सक्दिनँ, तिम्रा ती स्वर्गको आभास दिलाउने अमूल्य विचार! मैले तिम्रो मायाँलाई दिलको बाकसमा लुकाएँ चाबी वगलीमा राखेको छु।

You might also like