बाबाको कविता

एउटा मानिसका लागि बाबा मामु सम्पुर्ण जीवन हो । जे जानियो,बुझियो,बन्यो त्यसका सर्जक पनि हुन । बाबा आमाले देखएको बाटोले सफलता प्राप्त गर्न सकिन्छ । सानी छ्दा बाबालाई खेलौना सम्झन्थे । बाबा संग खेल्ने ,घोडा चढने,बुइ चढने,काधमा बोकाउने, काखमा बस्ने,काखमै सुत्ने । औलो समातेर डोर्‍याएर बजार जाने मन परेका चीजबीज किनाउने । मामु संग सिमित स्वार्थ थियो बुबु खान पाइन्थ्यो तर बाबा संग अथाह संसार थियो । जीवनको संसार धुम्न बाबाको काध नै धेरै थियो । बाल सुलभतालाई रोमाञ्चमयी बाबा संगका ब्यवहारले बनाउछ । मेरो मात्र होइन सबै छोरीको यहि परिचय होला बाबा संगको ।  मैले खाने प्रत्येक गास बाबाले टुटाएको रोटी हो ।खान,बोल्न,बस्न,हिडन मात्र होइन जीवन पढने पाठशाला नै बाबा हुनु हुन्थ्यो । बाबालाई किताब संग्रह को निकै सौख थियो । हाम्रो घरमा हजारौं किताब छन । अधिकांश बाबाले पढि सिध्याएका छन । कुनै किताब मैले पढन खोज्दा त्यो पुस्तकको ब्याख्या सहित बाबा बाट सुने पछि थप पढने गर्छु । सानै छदा एउटा बाकसका किताब गन्ती गर्न बसे बाकस बाट एक,दुइ भन्दै राख्दै गर्दा किताबमा नै निदाएछु । बाबाको काखमा निदाउने छोरी किताबमा निदाएछु किताबमा पनि बाबा भेटिए । मामुले उठाएर लगेछन मैले हातको किताब निदाएको बेला पनि छाडेको रहेनछु । किताब प्रतिको मोह बाबाबाट प्राप्त भयो । पुर्विय दर्शनका धेरै किताब हाम्रो घरमा छन । नेपाली साहित्यका नाम चलेका लेखक,कविका कृतिले दराज, बाकस भरि भराउ छन । कुनै समय पढने मौका मिलेछ भने पढनु पर्ला ।
सबै छोरीको निकटता बाबा संग हुन्छ भन्छन त्यहि मनोबैज्ञानले होला मेरो सानिध्यता,निकटता बाबा संग रहेको । सयौं कथा सुनेको छ बाबाबाट,कविता ,किस्सा, उखान,उखान टुक्का,गाउखाने कथा,बातै धेरै सुनेको छु ।हरेक साझ सुत्नु अधि एउटा कथा अनिवार्य सुन्थे बाबाले जसरी पनि भन्नै पर्ने हुन्थ्यो । जीवन र जगत बुझे । म जन्मिदा बाबा प्रधानमन्त्री कार्यालयमा हुनुहुन्थ्यो । देशमा ससस्त्र द्वन्द चलेको थियो । मामुले भने अनुसार जन्मेको छ महिना पछि बाबाले देखेका थिए । चेतनाको जग मामुबाट शुरु भए पनि मानविय अभिचेतना बाबाबाट पाए । द्वन्दकाल निकै कष्टकर थियो । हरेक राति वम पडकिएका हुन्थे । सबैलाई म सतर्क गर्थे नबोल्ने वम पडकिन्छ,माओवादी आउछन । मेरै खेल्ने ठाउँ रहेको प्राथमिक स्वास्थ चौकिको भवन भत्काएर खण्डहर पारिएको थियो । घरको छतबाट सडकमा युनिफाइड कमाण्ड भेटिन्थे । केहि समय बाबा काठमाडौ रहेकाले हरेक सोध्ने लाई बाबा काठमाडौ गए भन्ने मेरो जवाफ हुन्थ्यो । हामी छतमा बसेर खाना खान्थ्यौ। खाना खादै चन्द्रमा उदाएको देखे । चन्द्रमा उदाए संगै बादलले ढाक्दै गरेको देखियो ।हेर्दै गर्दा बाबाले लेखेको गीत स्मरणमा आफ्नो भनि जून हेर्थे बादलले ढाकि दियो । त्यस्तै धेरै माथी धेरै माथी हिमाल भन्दा माथी बाबा छन ।
      बाबा कुन तहको नेता हो थाहा भएन तर उठ बस बोलचाल उच्चस्तर मै भएको पाइथे । फोटो एल्बम नियालेर बाबा हेर्थे । फोटोमा हालका राष्ट्रपति रामचन्द्र पौडेल ,शेरबहादुर देउवा लगायत नेताहरु संगै देखिन्थे । विभिन्न कार्यक्रम बाबाले सञ्चालन गरेका हुन्थे । एक पटक हाम्रो घरमा शेरबहादुर देउवा आउनु भएको थियो । वहाँ सहित अन्य नेताहरूले संगै खाना खाए हामीले सामुहिक पारिवारिक फोटो खिच्यौ । तीनचार पटक हाम्रो घरमा बसेको सम्झना छ । एक पटक हाम्रो घरमा नबसी अन्तै कतै बसेका रहेछन । हाम्रो घरमा किन आएनन भनि म रोएकि थिए । बाबाको उठबस अधिकांश नेताहरू संग हुन्थ्यो । हाम्रो घरमा आईरहन्थे नेताहरू । सामाजिक रूपमा पनि विभिन्न संघ संस्थामा आवद्ध हुनु हुन्थ्यो । राजनीति र सामाजिक कामले अधिकांश समय ब्यस्त हुनु हुन्थ्यो ।
  बाल सुलभ चेतनाले बाबालाई विभिन्न कोणबाट बुझे । अक्सर बाबाले लेखेको कापी,डायरी उनको टेवल वा बिछौना मै हुन्थे । मैले पढन जान्ने भए देखि लेखिएका सबै कुराको पाठक म नै हुन्थे । त्यस भन्दा अघि मुमा हुन्थिन पछि म पहिलो पाठक भए । बाबाको पहिलो कृति बिर्सिएका नाउँहरु गीत संग्रह म भन्दा जेठो कृति हो ।  हेर्दैगर्दा गीतकार,गजलकार,कथाकार ,निबन्धकार,कवि ,संस्कृति सभ्यता इतिहास लेख्ने लेखकको रूपमा देखे ।
         रेडियो नेपालको गजल गंगा कार्यक्रममा नवीन दहालले मार्मिक स्वरमा शीर्ष ५ थपलामा जन्मिएका कैलास कुमार पाण्डेयको गजल संग्रह बादलका बुट्टाहरु भनि उच्चारण गर्दा परिवारका सबैजना रेडियो नजोक झुम्मियौ । म त साह्रै सोझो रैछु भनेर पटकपटक बाबाको नाउँ रेडियोले भन्दा रेडियो नेपाललाई पनि बाबा जत्तिकै आदर र सम्मान रह्यो मेरो मनमा । गजल गंगाको पुरै कार्यक्रम अवधि भर त्यहि चर्चा थियो । मंगलबार हेरि रहन्थे पढदै गरेको किताब अलग्गै राखि गजल गंगा सुन्थे । एक महिनाका चारै मंगलबार बादलका बुट्टाहरु नै बाचन गर्‍यो गजल गंगा ले । थुप्रै पुस्तक प्रकाशित छन बाबाका । बिर्सिएका नाउँहरु,बादलका बुट्टाहरु,नया नया सागरहरु,भत्केका स्तंभहरु,आकाश छुने रहर, एकलब्यको देशमा आधा दर्जन पुस्तक प्रकाशित छन । विभिन्न पत्र पत्रीकामा थुप्रै लेख रचना प्रकाशित छन । राष्ट्रिय स्तरमा गोरखापत्र ,कान्तिपुर,मधुपर्कमा लेख रचना प्रकाशित छन । प्रज्ञा प्रतिष्ठानको सयपत्रीमा इष्ट देवता भागेश्वरको उत्पत्तिको कथा थियो । त्यो पढेर देवता का बिषयमा जाने कि थिए । गौरा पर्वका बारेमा गहिरो रूपमा गोरखापत्र प्रकाशित आलेख पढेर बुझेकि थिए । धेरै अनलाइनले निरन्तर प्रकाशित गरि रहन्छन बाबाका लेखहरु ।
  पछिल्लो समय प्रकाशित एकलब्यको देशमा कविता संग्रह पाठक सामु पुगि सकेको छ । स्वभाबिक रूपमा आम पाठकको रुचि बन्न जानेछ किनकि आम भावना समेटिएको छ । धेरै छोरीको कथा छ,छोरी,सानी छोरी मात्र नभइ न्याय नपाइ तडपिएका छोरीको ब्यथा लेखिएको छ । गाउँ वस्ती ,शहर बजार,रीतिरिवाज ,संस्कार,संस्कृति सबै समेटिएको छ । कविता संग्रहमा हामी दुइ बहिनी मधुपुष्पा मात्र लेखिएको छैन हामी जस्ता हजारौं चेलीको कथा लेखिएको छ । ब्यथा समेटिएको छ । अस्मिता धामी,निर्मला पन्त,भागरथी भट्टका न्याय नपाएका ब्यथा छन भने साहासिक छोरी सपना रोक्का पनि कोरिएकि छन । अठार बर्ष कि कलिलि केटी बेवारिसे लास उठाउने सतगत गर्ने कार्य निकै प्रसंशनिय र अनुकरणिय हो जुन बाबाको कवितामा अटाएको छ । इतिहास लिखिएको छ ।डोटी राज्यका प्रतापी राजा जसले डोटी क्षेत्रको रीतिस्थिति बसाले त्यसको इतिहास लेखिनु पर्थ्यो तर लेखिएको छैन। नागी मल्लका बिषयमा निकै अनुसन्धान हुनु जरुरी छ । त्यति बेलाको शिल्पकला निकै बिशिस्ट प्रकृतिको छ । निर्माण शैली भिन्नै छ । कत्युरी शैली भनिए पनि देवल शैली र माणौ शैली भनि ब्याख्या अनुसन्धान हुन जरुरी थियो । बाबाका कवितामा नागि मल्लको प्रसंग कोरिएको छ । बाबाले कविता मात्र लेख्नु भएको छैन । सिङ्गो समाजको परिचय लेख्नु भएको छ । राजनीति भित्रका बिकृति बिसंगतिलाई आफ्ना कवितामा खुलाउनु भएको छ ।
सानै देखि टिभीमा सिरियल हेर्ने बानी बस्यो । सिरियल संगै धारावाहिक रूपमा महाभारत आउथ्यो टिभी मा । महाभारत पुरै हेरे कति प्रसंग स्मरणमा छन कति छैनन । कैयौं प्रसंग निकै कारुणिक छन । तीनै बिषद प्रसंग मध्ये एउटा हो एकलब्यको कथा  । गुरु संग भेट नहुदा सम्म सिकिएको धनुर्विद्या गुरु भेटिने बित्तिकै औलो दक्षिणा दिनु पर्ने क्रुर घटना हेर्दैगर्दा आङ सिरिङ्ग हुन्छ  । त्यसै प्रसंगलाई जोडेर संग्रहको नामाकरण गर्नु भएको छ । समसामयिक बिषय होस वा महाभारत कालिन शासक अन्धो हुन्छ ,बिद्या शक्ति सत्ता पहुच भएका लागि मात्र  हुन्छ । निरीह निमुखाका लागि एकलब्य चेतना मात्र हो । मैले एस एल सि परीक्षामा डडेल्धुरा प्रथम भइ बिद्यालय मा पुरस्कार थाप्दा मेडिकल  वा इन्जिनियरिङ्ग मलाई सरकारले पढाउछ भन्ने भाव पलाएको थियो । एकलब्य रहर थियो मनमा । सरकार पहुँच भएकाहरूको हुदो रहेछ । मेरो एकलब्य चेतना गुरु दक्षिणामै रुमल्लिरह्यो । मैले बाबाका कविता कति बुझे कति बुझिन तर मेरो चेतनास्तरले उच्चश्रेणीको काब्य तयार भएको पाइन्छ । सबै मौज्दात रहेको चेतना हो एकलब्य चेतना । न त गुरु चाहिन्छ न गुरुकुल नै । गुरु पुर्वाग्र्ही बने द्वन्द सृजना हुन्छ जसले बिनास निम्त्याउछ । कविले कवितामा आफुलाई लेख्छन,पाठकले आफुलाई पाउछन भने झै हरेक कवितामा आफुलाई पाए लेखनी निरन्तर रहिरहोस । मेरो संसारको एक मात्र बाबा सधै  संगै पाउ ।


परशुराम १२ लालढुङ्गा,डडेल्धुरा
हाल: किर्तिपुर,काठमाडौ 

You might also like
Leave A Reply

Your email address will not be published.