कविता : टुटदै गरेको पुल  

दुबै किनारा नदि संगै हुन्छन
तर अलग रहन्छन
सधै अलग रहेका
नदिका दुइ किनारा
जोडेको थियो पुलले
खोला नदि नाला मात्र होइन
समुद्र पनि जोडछ पुल
प्राचीन रामसेतु होस वा
कोटखोलाको साउ
आवत जावत सहज गर्ने हो
सह सम्बन्ध जोडिएको हुन्छ
वारी र पारीको
जोडने पुल टुटदै गर्दा
धेरै सम्बन्ध टुटे
नदि तर्दै गर्दा लठ्ठी बिर्सिन्छ
जुत्ता तथा सुरुवाल बिर्सिन्छन
सातुसामल बिर्सन्छन किनारमा
संस्कृति संस्कार बिर्सिन्छ
नदि पारीको छुट्टै सभ्यता हुन् जान्छ
छुटै नाउँ गाउँ हुन्छ
नदि सिमा हो, वार हो
पर्खाल भन्दा बढी छेकवार गर्छ नदिले
नदि किनारमा सभ्यताको बिकास भयो
निलघाटी,सिन्धुघाटी
नदि किनारमा संस्कृति बिकास हुन्छ
फरक सभ्यता ,संस्कृति जोडिन्छ
बिशिष्ट संस्कृतिको बिकास हुन्छ
सभ्यता संस्कृति जोडने
पुल टुटेछ भने सबै सम्बन्ध टुटछन
टुटछन सभ्यता र संस्कृतिका धरोहरहरु
टुटिसके छ भने
दील टुटै पत्थर फुटै हुन्छ
तर टुटदै गरेको झनै जर्जर हुन्छ
धेरै सभ्यता भत्किदैछन
धेरै सम्बन्ध टुटदै छन
बनेको टुटनु,भत्किनु त राम्रो होइन
तर त्यहि हुदैछ
टुटदै गरेको पुल हेर्दै गर्दा
राम राम भन्न बाहेक केहि छैन

परशुराम १२ उनरुवा,डडेल्धुरा

You might also like