समय, तिमी संगको
हिसाब किताव निकै लम्बाचौडा छ
तिमि हिजो थियौ
आज छौ
भोलि रहने छौ
तर म संगको हिसाब समयमा मै
चुकाउनु पर्ने छ
किन भने म संग आज मात्र छ
समय बलवान छ भन्छन
तिम्रो बल पराक्रम संग मेरो सरोकार छैन
म मेरो समयको मात्र हिसाब गर्छु
गणितका चार साधारण नियमले दिएका
सबै बिधि प्रयोग गरि
जोड, घटाउ , गुणन ,भाग गरिरहन्छु
वलबान भनिएको समय निष्ठुरी रहेछौ
तिम्रो पूर्वाग्रहको सिमानै छैन
समयको प्रतीक्षामा सारा संसार छ
तर समय कसैलाई पर्खदैन
समयले दियो भने धुरी बाट बर्सन्छ भन्थे
जसका लागि समय दाहिना भयो
बर्सिन्छ नै
समयको स्वरुप,तस्बिर र आकृतिको
कसैले अनुमान नै गरेका छैनन
तिमी मुर्त,अमुर्त के हौ
मलाई मतलव छैन
मलाई आज सम्मको हिसाव चाहियो
आज सम्म
तिम्रा आसेपासे संग पनि
सरोकार छैन
घडी,पल,घण्टा ,मिनेट पनि चिन्दैन
समय अजेय,अमर छ भन्छन
तिम्रो वैभव संग पनि
लिनुदिनु छैन
मैले दिने भनेको श्रम हो
मैले दिने भनेको समय हो
मलाई मेरो श्रम र समयको
मुल्य चाहियो
यदि समय समय होइन भने
मेरो भन्नु केहि छैन
समय गोलचक्कर र भद्रगोल होइन
पराक्रम र परिचय हो
समय सजीव नभए पनि
गतिशील छ,जीवन दिन्छ
सजीवका लागि छ
समयलाई जसले बुझ्न सक्यो
समयलाई जसले चिन्न सक्यो
आत्मसात गर्न सक्यो
उसका लागि हो समय
सधै समयको अभाव
खटकि रहेको हुन्छ
जे जति बखान,वर्णन गरे पनि
समय संग रहेको आज सम्मको
पुरापुरा हिसाब चाहिएको छ
मेरो हक पनि हो किनकि
यो समय मेरो हो
परशुराम १२ उनरुवा,डडेल्धुरा