कविता :उसले पनि गाउँ छोड्यो

गाउँ भरिभराउ थियो
चकमन्न र खुशी थियो
सदभाव र सहिष्णुता थियो
संस्कृति ,संस्कार र सभ्यता थियो
सहयोग ,सहकार्य थियो
एउटा सुन्दर गाउँ थियो
गाउँ र शहर सहसम्बन्ध थियो
गाउँ को भर शहरलाई
शहरको रहर गाउँलाई
गाउँबाटै शहर बनेको हो
आज गाउँ क्रमिक रुपमा रित्तिदैछ
छोरो अमेरिका गायो
आमाबुबा त्यतै पसे
नाति नातिनी त्यतै का भए
काले,ठुले,भुण्टी भन्दा
जोन्सन,डेभिड,जेम्स साथी भए
नाति अष्ट्रेलियाको पि आर भयो
छोरा बुहारी त्यतै बोलायो
हजुरबाका लागि सुरक्षित
जेष्ठ नागरिक आवास गृह खोज्न भन्यो
शिक्षा,स्वास्थ,अवसर खोज्यो
सहज ,सुबिधा खोज्यो
त्यतै आसा,बिश्वास भेटायो
ऐस,आराम, बिलास पायो
बसाइँ सरेको मात्र होइन
पलायन भयो
गाउँ मात्र छोडेन भएभरको
सबै छोड्यो
एउटा मान्यता पनि छ
अर्थोपार्जनका लागि
परिवार त्याग्छ
घर त्याग्छ
गाउँ त्याग्छ
समय बिर्सिन्छ र त्याग्छ
त्याग्दै जादा मानवत नै हराउछ
यस्तै एउटा सभ्यता,संस्कृति हराउदै छ
एउटा परिवार पलायन हुदैछ
एउटा पिढी सकिदैछ
एउटा बंश सकिदैछ
क्रमशः गाउँ रित्तिदै छ
एउटा अवसरले गयो
अर्को आड भरोसामा गयो
एउटा रहरले गयो
अर्को डरले गयो
गाउँ जोगाउनु पर्छ सबैले भने
गाउँ जाऔ गाउँलाई हेरौ पनि भने
आफ्नो गाउँ आफै बनाउ पनि भने
गाउँको बिकास बिना
देशको बिकास सम्भव छैन पनि भने
सभ्यताको प्रतीक गाउँ
दुरदराज,दुर्गम बस्ती
गरीबीको प्रतीक भयो
बाटोमा पैरो गयो
मठ मन्दिर भत्किए
कुलो टुट्यो
पीङ भाचियो
पाटीपौवा रहेन
घर भत्कियो
अवसर,उन्नतिले आउन छोड्यो
कहर,अभाव पलायो
सबैले छोडे
आस बोकेर बसेको थियो
बिश्वास पालेर बसेको थियो
मनमा साहास र उत्साह पनि थियो
हावाहुरी ,असिनापानी र बाढीले
सपना तहसनहस पार्‍यो
उसले पनि गाउँ छोड्यो


परशुराम १२ उनरुवा,डडेल्धुरा

You might also like