अगहन लाग्दा
उहिले उहिले मधेस झर्थे
अहिले दशैको टीका थाप्दै
मुग्लान जाने
योजना बनाउछन
पासपोर्टमा भिसा लगाएर
गोजामा राखी
भाइटीका थाप्छन
दोस्रो दिन
कुम्लो,झिटी गुम्टा बोकी
टिकटको प्रतिक्षा गर्छ
सिमामा लाममा बस्छ
मुग्लान,कालापहाड
भारतका विभिन्न ठाउमा
मजदुरी गर्न जानेको
अरव,खाडी मुलुकमा जानेको
उहि हो हविगत
उहिले साइत हेरेर
टीकोटालो सहित जान्थे
अहिले आसु झारेर
मन मारेर बाटो लाग्छन
नुन,गुड सातुसामलको भारी
बोकि फर्कन्थे
अहिले फर्कने ठेगान छैन
आसको धुरी बनाउने सपना
लासको बाकसमा देखिन्छ
उहिले आशा फल्थ्यो
बिश्वास फुल्थ्यो
अहिले निरासा र अबिश्वास मात्र छ
साच्चै के भा हो रु
आफ्नो परिश्रम प्रति बिश्वास छैन
आफ्नो भुमि प्रति आस छैन
आफ्नो पसिनाको मुल्य थाह छैन
मधेस झर्दा लामो बाटो हुन्थ्यो
अक्करे भीर थियो
जङार तर्नु पर्थ्यो
उकालो ओरालो थियो
औलो,हैजा,कालोज्वरो हुन्थ्यो
नाउँ फेरिए पनि
जोखिम झनै जोखिम छ
नव दुलही सोच्छे
मंसिर नआइदिए हुन्थ्यो
इजा सोच्छिन
हलो,कुटो गरेरै भए पनि
यतै इलम गरे हुन्थ्यो
बाबाको योजना हुन्थ्यो
बाटोभरि अवसर त छ
यतै खोजे हुन्थ्यो
देश,काल,परिस्थिति
बिदेश जाउ,श्रम पसिना पोख
बाचेछौ भने सम्बृद्ध हुन्छौ
यहाँ केहि छैन
सबै बेकार हो
त्यसो होइन भन्ने पनि कोहि छैन
सधै झै
दशै,तिहार सकियो
मंसिर आयो
परशुराम १२, उनरुवा,डडेल्धुरा