निकै चर्चा पाउने दात
दातका लहरमा कविता बन्थ्यो
दातकै प्रसंशामा गीत गजल बन्थे
अनारदाना दातका लहर भनिन्थ्यो
तीनै दात फुकाल्नु पर्ने
गीजामा सुयोले घोचेर
कृतिम दात राख्नु पर्ने
सुनैको राखे पनि कृतिम नै हो
त्यो फेरिएको अनुहार हुन्छ
फेरिएको तस्विर हुन्छ
मृग नयनी ,गाजलु आखा
आखाको चर्चा हुन्छ
आखाले परिचय पनि दिन्छ
संसार चियाउछ
तीनै आखामा चश्मा भीर्नु पर्ने
लेन्स राख्नु पर्ने
आखा देख्दैन भन्नु पर्ने
दुर दृष्टि अदुर दृष्टि हुनजाने
त्यो फेरिएको अनुहार हुन्छ
फेरिएको तस्विर हुन्छ
कपाल प्रसंशनीय नै हुन्छन
कालो ,लामो नागबेली
अनेक उपमा दिइन्छ
खरो,तीलबुट्टे,खरानी हुदै
सेतो बनिसकेको हुन्छ
कालो लगाउनु पर्छ
त्यो फेरिएको स्वरुप हुन्छ
फेरिएको तस्विर हुन्छ
निकै खाइलाग्दो,सुन्दर मानिस
चाउरिएको गला,कुप्रीएको
लठ्ठीको साहारामा हिडनु परेको
त्यो फेरिएको काया हुन्छ
फेरिएको तस्विर हुन्छ
क्रमशः सबै रुप,रंग,बान्की फेरिन्छ
सबैको फेरिन्छ
प्रकृतिको नियम नै
जन्म मृत्युको यात्रा क्रमका
यावत क्रियाकलापका
पात्र हौ हामी त
समयले फेरिरहन्छ
अनुहार ,शरीर,स्वरुप,तस्बिर
यस्तै देखिन्छन
फेरिएको अनुहार
यस्तै देखिन्छन
फेरिएको तस्विर
परशुराम १२ उनरुवा,डडेल्धुरा