
स्वर्णिम सपना बोकि
शहर छिर्छ एउटा गाउँको ठिटो
सामलतुमत झोलामा र
गाठगुठरी गोजामा राखी
सपनाको घर बनाउछ
चहलपहल र झिलिमिली देख्दा
हरेक दिन दिपावली भएको मान्छ
हरेक घरमा दशै पाकेको देख्छ
हरेक चोकमा राम रमाइलो
जात्रा देख्छ
समृद्धि फुलेको देख्देन
सहकाल फलेको देख्देन
छरपष्ट फालिएका देख्छ
संस्कृति क्रमशः नाङ्गिएको पाउछ
ठुलो बन्ने होडमा मानवता
भुलेको पाउछ
शहर छिर्दा
सुकिलो मुकिलो मात्र देख्यो
रंङिचंगि मात्र मनमा आयो
फोहोरको डुङुर पनि रहेछ
विषाक्त वातावरण रहेछ
चारैतिर भय रहेछ
हजारौंको भिडमा
आफुलाई एक्लो पायो
गाउँमा अर्मपर्म सहकार्य पाउथ्यो
जिउदो जन्ती मरे मलामी
एउटाको दुख सबैको दुःख
एउटामा खुसीसबैमा खुसी पाउथ्यो
तर शहरमा
हरेक घर बिरानो लाग्यो
हरेक मान्छे पराय देखियो
छन गेडी सबै मेरी
छैनन गडी सबै टेडी हुदो रहेछ
शहर सम्पन्नताको प्रतिक
मात्र रहेछ
देखिने महलहरु
लिलामको सुचीमा देखिन्छन
सजाइएका सामग्री
काल्पनिक ऋणको तमसुकमा
चढेका रहेछन
गाउँको मान्छे गाउँ नै प्यारो लाग्यो
कम्तीमा आफ्नो छ
पानी पधेरो,खलाखेत,वनबेत
नाता,कुटुम्ब,देउ पितर
आफ्नो भन्ने त हुन्छ
घोरललाई भीर प्यारो
शहर हरेक गाउलेलाई भन्दो रहेछ
तिमी खाडीमा पसिना पोख
तिमीले पठाएको रेमिटान्सले
सडक रंगाउछु
शहर नितान्त बिरानो थियो
घमण्डी र आडम्बरी थोयो
वर्षौ बस्दा पनि
आत्मियता जागेन
रात्रि बस चढी गाउँ फर्कियो
एउटा गाउको ठिटो
परशुराम १२ उनरुवा,डडेल्धुरा