कहि घुम्न जाने योजना नै हुनु पर्ने रहेनछ।एकाएक पनि पुगिदो रहेछ।सुदुर पुर्व भएर भारतको पर्यटकिय क्षेत्र दार्जिलिङ जाउला भन्ने त्यस्तो योजना त बनेको थिएन । एक पटक खानेपानी योजनाको अध्यक्ष भएका कारण,अर्को पटक संरक्षण सचेतना सञ्चालन गर्दा सा व उ सका पदाधिकारी संग र तेस्रोपटक पत्रहरु संग जाने अवसर पाए। तीनै पटकको भ्रमण फलदायी नै थियो। तीन तीन पटक घुमे पनि सबै यादहरु जीवन्त छैनन।पूरा पूरा दार्जिलिङको वर्णन गर्न केही उपुग नै रहन्छ।जति पटक गए पनि चौरस्तामा अनिवार्य टेकेको थिए । नेपाली भाषाका आदिकवि भानुभक्तको पुर्ण कदको प्रतिमामा श्रद्धाको फुल चढाए।चारतिर धीतमर्ने गरि हेरे।चौरस्ताबाट प्रकृतिको अनुपम छटाछन्न हेरियो।चौरस्तामा उभिएर दार्जिलिङ संग भावना साटियो।
तेस्रो पटक दार्जिलिङ पुग्दा हेमराज चटौत (हाल भागेश्वर गाउँ पालिका अध्यक्ष ) ,लालबहादुर ऐरी ( हाल गोरखापत्रका महाप्रबन्धक ), सुरेशराज जोशी ( हाल तारा गाउँ बिकास समिति अध्यक्ष ) पत्रकार हरु दुर्गा घिमिरे ,बरुण पनेरू ,राम धामी,टेकराज अवस्थी सहित संगै थियौ। पहिलो, दोस्रो पटक हेरे जस्तै फाइभ पोइन्ट, सेभन पोइन्टको प्याकेजमा घुम्न निस्क्यौ ।बिहानै टाइगर हिलबाट सुर्योदयको मनोरम दृश्यावलोकन गर्यौ। एक रात इलाममा सुरेशजीको ससुराली बसेर दोस्रो दिन मात्र दार्जिलिङ तिर लागेका थियौ।दार्जिलिङ आफैमा औधी सुन्दर ठाउँ ।प्रकृतिले पनि सिगारेको पहाडी भुभाग । हाम्रो सिमावर्ती ठाउ पर्यटकीय महत्व नै हेर्ने हो भने त् इलाम कुनै कुरामा कम थिएन । बोलि चाली, भाषा ,भेष रहन सहन मिल्ने कला साहित्य संस्कृतिको धनी ठाउँ । समशितोष्ण वातावरणमा कोणधारी वृक्ष भएको स्थान जसलाई अग्रेजहरुले आवाशिय क्षेत्र तथा पर्यटकिय गन्तव्य बनाएका थिए । हेर्नुपर्ने घुम्नै पर्ने धेरै स्थान छन् त्यहा । ती सबैमा रेललाई निकै महत्वपूर्ण मानिन्छ । दार्जिलिङको रेल जसलाई टोय ट्रेन पनि भनिन्छ यो भारतको पश्चिम बङ्गाल राज्यको न्यु जलपाइगुडी र दर्जिलिङको बिचमा चल्ने छोटो लाइनको ट्रेन हो। पर्यटकका लागि निकै आकर्षक रहेको पहाडी क्षेत्रको रेल सेवा अति नै मनमोहक छ।रेल यात्रा भन्दा पनि पर्यटन प्रबर्द्धनका लागि यसको महत्व छ।पहाडका घुम्तीमा मोडदाको दृश्य रोचक रहन्छ।पहाडकी रानी’ उपमा पाएको दार्जिलिङ हेर्दा जति आकर्षक छ, यहाँका बासिन्दाको बोलीचाली, जीवनशैली, परम्परा र संस्कृतिप्रतिको आस्थाले पाहुनालाई त्योभन्दा बढी मोहित बनाउँछ।
घुम्नै पर्ने ठाउँ मध्ये हो दार्जिलिङ ।पहिलो पटक दार्जिलिङको यात्रा २०५७ सालमा गरेको थिए।त्यतिबेला म एउटा खानेपानी उपभोक्त समितिको अध्यक्ष थिए । हामीले आदर्श अभियान पनि चलाएका थियौ । आदर्श वस्ती निर्माणका क्रममा आदर्श ज्योति प्रा वि स्थापना ,आदर्श विद्या वालबिकास केन्द्र,आदर्श बचत तथा ऋण सहकारी संस्था निर्माण,आदर्श बाख्रा पालन समूह,युवा परिचालन केन्द्र,प्रतिभाशाली असल शासन रेडियो स्रोता क्लब ,वन वातावरण संरक्षण समिति निर्माण गरिएका थिए। त्यस्तै स्वच्छ खानेपानी र सफा गाउँ बनाउन नमुना गाउँ बनाउन खानेपानी योजना लागु गरिएको थियो। खानेपानी योजनाको निर्माण कार्य संगै अन्य ठाउँको अवलोकनका लागि नमुना योजना हेर्न नेपाल को पुर्व तिर लाग्यौ । पुर्वी नेपालका विभिन्न ठाउँ हेर्दै जादा इलाम पुगियो । इलाम पुगे पछि नजिकै को अति नै पर्यटकिय महत्वको स्थान दार्जिलिङ किन नपुग्ने भनी जाने योजना बनायौ ।हामीले लगेको गाडी पशुपति नगर छोडेर दार्जिलिङ गयौ। संयोग पर्यो र दार्जिलिङ पुगियो ।
दार्जिलिङ पुग्दा त्यहाका बारेमा जान्ने बुझ्ने मन लाग्यो । दार्जिलिङ शब्दको अर्थ इतिहास का बारेमा होटल साहु संग लामो गफ गरि जानकारी लिइयो । दार्जिलिङ शब्द को उत्त्पत्ति दुई तिब्बती शब्द मिलेर भएको भन्ने बुझियो, दोर्जे ९बज्र० र लिंग ९स्थान० । यसको अर्थ यो ठाउ ूबज्रको ९ दोर्जेको० स्थान होू भन्ने बुझिन्छ। भारतमा ब्रिटिश शासन हुदा दार्जिलिङलाई अग्रेजहरुले गर्मीमा आवाशिय स्थल बनाएका थिए । ठुला ठुला चिया वगानहरु ब्यावसायिक बन्दै गए र चिया उत्पादनको केन्द्र पनि दार्जिलिङ बन्न गयो। अन्तरास्ट्रिय स्तरमा कालो चियाका लागि प्रसिद्ध छ दार्जिलिङ । प्रकृतिको अनुपम उपहार हो दार्जिलिङ ।उन्नतिले पनि त्यसमा नया आयाम थपेको छ।रक गार्डेन,म्युजियम ,तेन्जिङ रक, टाइगर हिल जहाँबाट देखिने सुर्योदय अनुपम दृश्य हेर्न पाइन्छ। यहाका पर्यटकिय गन्तव्य हुन।
दार्जिलिङ सबै किसिमका पर्यटकका लागि मुख्य गन्तब्य थियो । पर्वतीय श्रंखला समसितोष्ण बातावरणमा कोण धारी वृक्ष रहेको उच्च पहाडी ठाउ हो । चिया बगान को मूल थलो नै भन्दा हुन्छ । त्यसैमा अध्ययनका लागि पनि महत्वपूर्ण ठाउ हो, जहा राजा वीरेन्द्रले अध्ययन गरेको सेन्ट जेभियर्स कलेज थियो। तमाम साहित्यकार रहेको साहित्यमय भुमी पनि हो । भारतको शहर भए पनि नेपाली भाषीको बाहुल्यता रहेको ठाउ थियो ।पारसमणी प्रधान ,पारीजात,अगमसिंह गिरी , लिलाबहादुर क्षेत्री नरबहादुर भारती ,पवन चामलिंग नेपाली भाषी र नेपाललाइ माया गर्नेहरु को कर्म भुमी हो । भारतीय सिमा भित्र बसे पनि मनमा नेपाल , नेपाल रहेको छ । दार्जिलिङ को हरेक मानिस नेपाली बोल्ने , नेपाली भावना ,नेपाली संस्कार रहेको थियो । कन्चनजँघा हिमशृंखला आखा भरि अटाउने गरि हेर्न सकिने थियो । तेन्जिंग सेर्पाको योगदानको इतिहास झल्किने गरि म्युजिएम र तेन्जिंग रकमा देखिन्थ्यो । चिडियाखानामा डाफे देख्न पाइयो । हिमालमा पाइने चौरी याक हेर्ने मौका मिल्यो । यसरी सधै सधै कहा आउँन पाइएला र भनेर धीत मर्ने गरि हेर्दै गयौ । डाडाको माथि चौरस्ता थियो जहा भानुक्तक को पूर्ण कदको सालिक थियो । नेपाली भाषाका आदिकविको सम्मानमा सालिक राखेको थियो ।आदी कविका प्रति श्रद्धा सुमन अर्पण गर्यौ। चार बाटो जोडिएको चौबाटोलाई हिन्दीमा चौरस्ता भनिएको थियो।सबै पर्यटकको मुख्य गन्तव्य नै थियो चौरस्ता।डाडाको माथी भएकाले चारैतिरको मनोरम दृश्य हेर्न पाइन्थ्यो।कतै सेता घर देखिन्थे भने कतै सेतो हिमाल। रुखहरु तथा भुबनोट हेर्दा तेल्या लेक जस्तै थियो।त्यस्तै बाज, गुरास,सल्लो,धुपी, कटाउजका रुखहरु थिए।चाहे हिमाल होस वा गुरास आफ्नो पन पाउथे।मैले बामे सरे देखि नै हिमाल हेरेको थिए गुराँस खेलेको थिए ।रातो गुराँस हेरेको मान्छेले सेतो गुराँस पनि हेर्न पाए गुराँसका धेरै प्रजाती हुदा रहेछन । तीन चार जति त मैले पनि हेर्ने मौका पाए।केहि क्षण त्यहि बिश्राम गरेर अगाडी बढ्यौ ।
टाइगर हिल सुर्योदयको अनुपम दृश्यावलोकनको अति महत्वको स्टेशन हो । कञ्चनजंघा पर्वतको बिच बाट निस्कने सुर्य उदय रंगिबिरंगी देखिन्छ ।हामी बसेको निर्वाण होटल बाट बिहानै ट्यक्सी गरेर टाइगर हिल पुग्यौ। हाम्रै गाडिमा एक जना चिया, कफि ब्यवसायी महिला बसिन ।बिहानीको चिसो छल्न चिया पियौ। हजारौं को संख्या उपस्थित थियो ।मनोरम सुर्योदय हेर्यौ।यस्तै अनुभव अन्तुडाडामा पनि लिएका थियौ ।थपलाबाट देखिने सुर्योदय पनि यस्तै हुन्थ्यो। टाइगर हिलबाट फर्केर रग गार्डेन तर्फ लाग्यौ। बरबतिया रग गार्डेन पहाडको बिचमा अतिनै भिरालो बाटो भएर जानु पर्ने थियो। त्यो बाटो नै बिशेष महत्वको थियो।खोलालाई र त्यहाको चट्टानलाई सजाएर बगैंचा निर्माण गरिएको थियो ।ओरालो जादा निकै डरलाग्दो थियो। हामी बसेको ठाउँ बाट छ कि मी को दुरीमा रहेको रग गार्डेन पुग्यौ,त्यही बसेर भरपुर आनन्द लियौ। चिया बगानको छुट्टै आनन्द छ।हुन त इलाम,फिक्कल ,कन्यामको चिया बगान धीत मर्ने गरि घुमेकाले बगानलाई त्यति महत्व दिएनौ तैपनि चिया बगान सच्चिकै सुन्दर थियो।
दोस्रोपटकको दार्जिलिङ बसाई पहिले जस्तै थियो।पहिलेको भन्दा संक्षिप्त्त थियो।सा व उ सका पदाधिकारी सहित थियो। हाम्रो गन्तव्य अरु नै भए पनि यसो मेसो मिलाएर दार्जिलिङ छिरेका थियौ । दस जनाको समुहमा गएका थियौ । राति अबेर पुग्यौ पशुपति नगर बाटै गाडी बास भोलिको गाडी बुकिंगको कुरा छिनेका थियौ । दिन भरको घुमघाम पछी दिउसो नै फर्किएर बिर्तामोड बास बसेका थियौ । दोस्रो पटक पहिले गएका कारण अरु भन्दा म जान्ने भएको थिए । सबै ठाउँको ब्याख्या वर्णन गर्ने गाइड जस्तै भए छोटो बसाईमा धीत मर्ने गरि हेर्न पाईएन ।त्यसैमा बिहानैको झरीले दार्जिलिङ रुझेकी पहाडकी रानी भएकाले भ्रमण त्यति महत्वको रहेन।
दार्जिलिङ एक महत्त्वपूर्ण पर्यटकिय गन्तव्य हो । जति पटक पुगे पनि ,जति घुमे पनि फेरि नौलो लाग्ने ठाउँ । मैले पनि तीन पटक मौका पाए। नेपाली साहित्यका लागि निकै उर्वर भुमी पनि हो । प्रकृतिको अनुपम उपहार पनि हो। जानलाई झापा काकडभिट्टाबाट पनि बाटो छ त्यताबाट जाने मौका मिलेन। हरेक पटक इलाम छोइयो,त्यही पशुपतिनगर हुँदै दार्जिलिङ पुगियो।
परशुराम १२ लालढुङ्गा ,डडेल्धुरा