अचानो

जे काटिए पनि
जसरि काटिए पनि
त्यसको प्रत्यक्ष साक्षी हो
अचानो
सुल्टो काटिने, उल्टो थिचिने
पिडा माथि पिडा
खेपी रहन्छ अचानो
अचानोको चोट खुकुरीले बुझ्दैन
काम नलाग्ने रछानमा फालिएको मुडो
अचानो बनाउन त् काम आउछ
बलिया  खुकुरी,बन्चरोहरु
अचानोको आडमा
शीर काटन पनि बेर लगाउदैनन
सजीव हो वा निर्जीव अचानोले छुट्याउदैन  
जे सुकै काटे पनि
हरेक निर्मम प्रहारको प्रत्यक्ष असर
अचानोलाई पर्छ नै
अचानो हो चोट खेप्नु पर्छ नै  
अचानो निरीहताको प्रतिक हो
अचानो वर्वरिक भएको भए
अचानो सचेत भएको भए
सत्य भन्ने थियो
किनकि हरेक घटनाको प्रत्यक्ष साक्षी छ
अचानोको हरेक घाउ
सत्य प्रमाण हुन्
हेर्दा काठको ठेउको देखिए पनि
घामले पोल्दैन,पानी गलाउदैन
जस्तो सुकै वज्रपात पनि सहने क्षमता छ
काटने काटिनेको आड हो
आड हुदैमा भरोसा हुदो रहेनछ
सबल हुन् वा दुर्वल
सजीव हो वा निर्जीव
अचानोमा जो पनि काटिन्छन
अचानो जहिले पनि सोझो हुन्छ
सोझो भएकाले अचानो भएको हो


परशुराम १२ डडेल्धुरा

You might also like