कविता: फटके किनाराका साक्षी

जिन्दगीका महत्वपुर्ण क्षणहरु
किनाराका साक्षी बन्नमा गए
मुल ब्यहोरा लेखिएको कुरा
ठिक साचो हो भन्नमा
समय ब्यतित भयो
तपसिलमा पनि धेरै थोक हुन्थ्यो
ती सबै लिनेदिने कै हुन्थ्ये
त दिने धनी,साहु,सौकार
बुझिलिने ऋणीका नाममा
लिखित बन्थ्यो
सत्य,सत्य,धरो,धर्म
ब्यहोरा ठिक साचो हो
फरक पर्ने छैन फरक परे
कानुन बमोजिम सहुला,बुझाउला
जे गरियो इमानदार भइ गरियो
काम बेइमानको गरे पनि
इमानदारी पुर्वक गरियो
तपसिलका कुरा हुन वा कैफियत
परि हालेछ भने ब्यहोर्नु नै पर्ने
ऋण परेको छैन भने जमानी बस्नु
भन्ने भनाई पनि छ
खोजीखोजी साक्षी राखिन्छ किनारामा
फटके किनारा साक्षीमा
संक्षिप्त विवरण सहित
नाम,बुवाको नाम,वतन,उमेर
सहितको दस्तखत
एउटा लिखितमा मात्र होइन
गाउँ ,समाज,राजनीति ,ब्यवसाय
सबै क्षेत्रमा किनाराको साक्षी हुनुछ
हेर्नु छ धनी ऋणी र उल्लेखित रकम
चलन चल्तीको रकमको थैली
किनाराका साक्षी बस्दा बस्दै
वर्षौ बिते
यस्तै चलिरहकोछ
चली रहने छ पनि
मुलधारका पात्रहरू एकातिर रहनेछन
खेलोमेलो गर्नेछन
साक्षीका मुहार हेर्दै खिसी गर्नेछन
चलन चल्तीले यहि भन्छ
रहोबर बसुन वा लेखक साक्षी
टुलुटुलु हेर्दै दस्तखत र ल्याप्चे ठोक्छन
बाकी किनाराका साक्षी मात्र
फटके किनाराका साक्षी


परशुराम १२ लालढुङ्गा डडेल्धुरा 

ReplyReply allForward
You might also like
Leave A Reply

Your email address will not be published.