बगर होस वा पहाड
मौन बसेको ढुङ्गा
घर भित्र पनि काम आउने
घर बाहिर पनि काम आउने
मलाई ढुङ्गा बन्ने मन छ
किनकि
ढुङ्गाहरू
खोलामा बग्दै वगरमा लछारिदा पनि
मुस्कुराउँछन
कालिगडले छिनोले काटदै
हतोडाले हिर्काउदा पनि मुस्कुराउँछन्
भगवान बनाइ मन्दिरमा सजाउदा पनि
मुस्कुराउँछन्
काटदै,टुटाउदै,फुटाउदै ,गारो जोडेर
सुन्दर घर संग पनि मुस्कुराउँछन्
कठोर छ र मेरो रोजाईमा पर्यो
दील टुटै पत्थर फुटै भन्छन
स्थिर छ र मेरो रोजाईमा पर्यो
ईटको जवाफ दिन पनि
ईटका जवाफ पत्थर से
मेरो रोजाईमा पर्यो
ढुङ्गहरू
कहिल्यै आफै एक आपसमा भिडदैनन
कहिल्यै रिसाउँदैन
कहिल्यै गुनासो गर्दैनन्
कहिल्यै अभिमान गर्दैनन्
कहिल्यै अर्काको चुकिली गर्दैनन
सधैं एकनास खुसी रहन्छन्
त्यसैले
मलाई ढुङ्गा बन्ने मन छ
परशुराम १२ डडेल्धुरा