बिद्यालय तहमै पढदा देखि स्वर्गद्वारीका बिषयमा पढेको थिए । धार्मिक पर्यटकिय गन्तब्यमा स्वर्गद्वारी निकै महत्वको थियो।पुर्व पश्चिम राजमार्गमा दाङतिर पुग्दा स्वर्गद्वारी जाने हुटहुटी पलाउथ्यो।कैयौ पटक लमही ,भालुवाङमा रोकिदा सोधे पनि स्वर्गद्वारी कति समय लाग्छ,त्यहा के के छरु बस्ने खाने प्रवन्ध कस्तो छरुत्यस्तै काठमाडौमा प्युठानका साथीहरू संग भेट हुदा पनि स्वर्गद्वारीको कुरा गरि हाल्थे।प्यूठानको स्वर्गद्वारी नेपालको चर्चित धार्मिक पर्यटकीयस्थल मध्येको निकै महत्वपुर्ण तीर्थस्थल हो । यस्तो सुन्दर स्थलको दर्शन गर्ने,त्यहा पुग्ने अवसर धेरै मानिसले पाउन सकेका हुँदैनन । बर्षौ देखिको स्वर्गद्वारी पुग्ने चाहना २०७९ पौष महिनामा जुर्यो।त्यतिबेला त्यस्तो उत्सव,पर्व,मेला त केही थिएन तर म आवद्ध संस्थाले एउटा जमघटको आयोजना गर्यो।एकतर्फ बैठक अर्कोतिर तीर्थस्थलको दर्शन ।सुनेको थिए निकै हिडनु पर्छ ,तर अहिले यात्रा सहज बनेकोे छ।विगतमा यातायातको सुविधा नहुँदा पहाड चढ्न कठीन नै हुन्थ्यो ।भिग्री बजारदेखि हिडेर जानुपर्ने थियो रे । भिग्रीबजारमा नै ठूलो स्वागत द्वार बनेको छ।त्यही स्वर्गद्वारी नगरपालिकाको कार्यालय पनि रहेको छ।त्यहाबाट केही समय कच्ची सडक मा फाट्टफुट्ट बस जान्थो रे। अहिले धरमपानी सम्म कालोपत्रे सडक छ।छ सय सिडि चढे पछि आश्रम पुगिन्छ सुनेको थिए। सुने अनुरुप पुग्ने मौका मिल्यो ।
सामुहिक रूपमा हाम्रो यात्रा महेन्द्रनगर बाट शुरु भयो।तर मेरो ब्यक्तिगत यात्रा भने एक दिन अघि नै शुरु भै स्वर्गद्वारी जानै भनेर घरबाट महेन्द्रनगर बास बसेको थिए । त्यही स्वर्गद्वारी जाने साथीहरू संग भेट भयो। बिहानै जाने साझ पुग्ने योजना बन्यो। जाने गाडिको ब्यवस्था थियो।कञ्चनपुरबाट सम्पर्कमा रहेका बिहान सात बजे हिड्यौ।कैलाली सम्पर्कमा रहेका साथीहरूको गाडी अत्तरियामा भेट भयो।सुदूर पश्चिमको टोली संगसंगै अगाडि बड्यौ।बाटोमा खाना ,खाजा गर्दै ,फोटो खिच्दै खिचाउदै,टिकटक बनाउदै सामान्य गतीमा जादा साझको छ भालुवाङमा भएको थियो । तीन घण्टाको निरन्तर यात्रा पछि रातिको नौ बजे स्वर्गद्वारीको गेटमा पुग्यौ। त्यतै गाडी पार्किङमा बसाई झोला भिरी सिडि चढन लाग्यौ।शुरुमा रहर लाग्यो सिडि गन्न शुरु गर्यौ।थकान संगै हाम्रो गन्ती बिर्सिएछ। पुरै आधाघण्टा लाग्यो सिडिको उकालो चढन। सिडि चढने अभ्यास पहिलो पटक सानै छदा बुवा संग गाउँ तिर जादा खिटकेश्वर मन्दिर नजिक जगाती घर थियो त्यहा पचास सिडि चढनु पर्थो ।त्यतिबेला बाल सुलभ चञ्चलताले बुवाले दस बाह्र टेक्दा पुरै तलमाथि गरेको थिए।छाउनी पट्टी बाट स्वयंभुको दुई आँखा हेर्दै एक सय पचास सिडि चढेको थिए तर पुरै बाटो सिडिको पहिलो पटक चढियो।त्यो पनि रातकोवेला।चिसो हावा,हिउदको राती त्यही पनि चिसो ठाउँमा तर उकालो चढदा पसिना निस्केको थियो। रातीको नौ बजेको थियो।स्वर्गद्वारी पुगियो।राति माथी आकाशमा तारा देखिए जस्तै तल धरतीमा पनि बिजुली बत्तीको झिलिमिली तारा जस्तै देखियो। हामी थपलाको मल्लाखालाबाट महेन्द्रनगर ,टनकपुर,खटिमा, पिलिभिती,बरेलीको बिजुली यसै गरि हेर्थ्यौ। थपला जत्तिकै उचाई जस्तै लाग्यो। त्यतातिरको सबै भन्दा अग्लो ठाउँ रहेछ हाम्रो अनुमान मात्र थियो। हामीहरू लाई बस्ने ब्यवस्था मिलाइयो झोला निर्धारीत ठाउमा राखेर भोजनका लागि पाकशालातिर गयौ। पौराणिक पद्धतिको माटोले पोतेको भान्सामा धोती बेरेर लामबद्ध भएर भोजन ग्रहण गर्यौ।दिनभरको गाडिको यात्रा त्यसैमा सिडिबाट उकालो चढनु पर्ने थकान,निन्द्रा, चिसो बराबरी भएकाले आआफ्ना ठाउँमा गइ विश्राम गर्न लाग्यौ।
स्वर्गद्वारीको शुभबिहानीको व्यग्र प्रतिक्षामा थियो।यहाँ उदाउने सूर्य र हाम्रोमा उदाउने सूर्यमा केही भिन्नता छ कि । यो ठाउँ को पुर्व कता रहेछ। उज्यालो संगै पहिले के देखिने रहेछ। यस्तै कौतुहलकै बिचमा राकिएर सुर्योदय भयो ठिक्क थपलाबाटै देखिएको भातिमा त्यो दृश्य अति नै मनोरम थियो।त्यही बिहानी क्षणमा निकै चाहर्यौ, घुम्यौ । मनको स्वर्गद्वारी होइन सत्य स्वर्गद्वारीमा बिचरण गर्यौ।
पहाडको टाकुरामा वरिपरि जंगल बिचमा रहेको थुम्कोमा मुख्य मन्दिर छ । यही मन्दिरलाई ‘स्वर्गद्वारी’ भनिन्छ । पाँच पाण्डवले स्वर्ग जाँदा यहीे बाटो भएर गएका र यहि बास बसेकाले यसको नाम स्वर्गद्वारी रहेको किंवदन्ती छ ।स्वर्गद्वारी धार्मिक हिसावले जति महत्व रहेको छ, प्राकृतिक सुन्दरता पनि त्यति नै भरिपूर्ण छ । स्वर्गद्वारीबाट आठ हजार मीटर भन्दा अग्ला तीनवटा हिमाल र अन्य दर्जनौं हिम श्रृंखला हेर्न पाइन्छन ।स्वर्गद्वारीको महत्व नेपालमा जस्तै भारतमा पनि रहेछ।त्यहा राती बास बसेकै हेर्दा पनि भारतिय नागरिक धेरै थिए। बर्षेनी एक लाख भन्दा बढी भारतीय भक्तजनहरु स्वर्गद्वारी पुग्ने गर्दन् । भक्तजनको निकै घुइचो त्यस्तो चिसोमा पनि स्नान गर्ने पुजाआजा गर्ने निकै थिए। त्यसैमा हाम्रो कार्यक्रमका डेढसय जति थपिएका थिए।
रोल्पाका बाल तपस्वी हंसानन्द गिरी ९महाप्रभु० ले वि स १९५२ बैशाख पुर्णिामाबाट यज्ञ प्रारम्भ गरि १ हजार ६ सय रोपनी जग्गामा स्वर्गद्वारी मन्दिरमा आश्रम बनाएका थिए ।महाप्रभुको जन्मको नाम नारायण गौतम हो। आश्रम पद्धतिमा पाचशाला निर्माणको परम्परा हुन्छ।त्यहा पनि महाप्रभु बाट आश्रम संगै धर्मशाला,यज्ञशाला, गौशाला,पाठशाला ,पाकशाला निर्माण गरिएका थिए।हामी पुग्दाको समय हेर्दा सम्म १२८ वर्ष निरन्तर यज्ञ भएको यज्ञशाला संगै सबै संरचनामा यावत कर्म निरन्तर भैराखेकै थिए। हालको संरचनाको इतिहास हेर्दा स्वर्गद्वारी मन्दिर १२८ वर्ष पुरानो रहेको बताइन्छ । यहाँ अखण्ड ज्वालासहित धुनी, वेद पाठ र बली विनाको पूजा एवं हवन हुँदै आएको छ ।मन्दिर परिसमा गणेश, देवी, सूर्य, बिष्णु, तथा शिवका मूर्ति र मन्दिरहरु बनाइएका छन् । मन्दिर आएका भक्तजनहरुलाई खान र बास बस्नका लागि मन्दिर व्यवस्थापनले नै चाँजो पाँजो मिलाउने गरेको छ ।
स्वर्गद्वारीमा ऐतिहासिक अग्निकुण्ड, गुफा, गौशाला आदि छन् । आश्रम परिसर र वरपर बाझका वृक्षहरु छन् । यहां हरेक वर्षको वैशाख पूर्णिमा र कार्तिक पूर्णिमाका दिन विशेष अनि अन्य विभिन्न तिथी र अवसरमा पनि धार्मिक मेला लाग्छ । मेलामा सहभागी हुन नेपालका विभिन्न स्थान तथा भारतबाट समेत ठूलो संख्यामा तीर्थयात्रीहरु आउने गर्दा रहेछन् ।महाप्रभुको प्रभाव भारतका विभिन्न शहरमा थियो। स्वर्गद्वारीको प्रचार प्रसार भारत वर्षमा समेत बिस्तार गरेकाले पनि भक्तहरू उल्लेख्य रूपमा रहेका छन।विभिन्न ब्यक्तित्वहरुले धर्माशाला निर्माण गराएका छन।
महाप्रभुले एउटा पौराणिक स्थललाई संरक्षण सम्बर्द्धन गर्दै नया स्वरुपमा पर्यटकिय गन्तव्य स्थापित गराउनु भएको रहेछ।हाम्रो कार्यक्रममा स्वर्गद्वारीका तथा महाप्रभुका बिषयमा चर्चा भयो । त्यो चर्चामा कविशिरोमणी लेखनाथ पौड्याल स्वर्गद्वारी पुग्नु भएको रहेछ।महाप्रभु संगको साक्षातकार संगै आश्रमका सबै अभ्यासमा सामेल हुने रहेछन।यज्ञशालामा वैदिक मन्त्रबाट होम गर्ने,गौशालामा गाईको सेवा,पाठशालामा बटुकलाई वेद पढाउने ,स्वयं भोजन निर्माण गरि भोजन गराउने र स्वयं बसेको धर्मशालाको सरसफाइ ब्यवस्थापन पनि गर्ने ।लामो बसाई पछि महाप्रभु संग तपाईका प्रसंगमा कविता लेख्छु भन्नु भएछ।तर महाप्रभुले नाई भन्नु भएछ।मेरो बारेमा नलेख भनेका रहेछन। त्यती मात्र नभनी मेरा बारेमा अश्वस्थमाजीले लेख्नु हुनेछ समेत भनेका रहेछन। कविले पछि महाप्रभुलाई प्रतीक बनाई नवरस युक्त नव्यकाब्य तरुण तपसी लेखेछन । तरूण तपसिका अधिकांश प्रसंग, कथा बस्तु,स्वर्गद्वारी कै रहेका छन।हजारौं सन्त महन्तले निवास गर्ने,वैदिक सनातन मन्यताको संरक्षण सम्बर्द्धन भएको तीर्थस्थल हो स्वर्गद्वारी । तरुण वयका तपसी तीनै महाप्रभुलाई प्रतीक बनाइएको थियो।तमाम मिथक पनि स्वर्गद्वारी कै थिए। अधिकांश प्रसंग स्वर्गद्वारीको सत्य घटना संगै जोडिएका हुन। त्यहा रहेका महात्माजी संग कुरा गर्दा महाप्रभुका अदभूत घटना सुनाउनु भयो। शिकारीले मृग लखेटेर रहेछन। शत्रुको भयले त्रसित मृग आश्रममा प्रवेश गरेछ।शरणमा आएको मृगको जीवन रक्षाका महाप्रभुले शिकारी संग प्रतिवाद नै गर्नु भयो ।हतियार सहितको शिकारी संगको प्रतिवाद सामान्य थिएन । बिशेष दैवी शक्ति नै प्राप्त भयो। भगवान शिवजीको स्वरुप नै स्वयं उपस्थित भएर महाप्रभुलाई साथ दिइएको थियो। त्यस्तै नित्य हवन गर्दा एक दिन घ्यू रहेनछ।एक जना शिष्यलाई नजिकै रहेको पानी धारा घ्यू पाए घ्यू ल्याउनु पाइएन भने पानी थापी ल्याउनु भनी पठाए । ती शिष्यले घ्यू पाएनन र पानी थापेर ल्याए।धारमा थापेर ल्याएको पनि बाटैमा घ्यू बनेछ। तमाम मिथकहरु पनि स्वर्गद्वारी कै सेरोफेरोमा जोडेर प्रयोग गरेको पाइन्छ । त्यसैले हवन गरिएछ।त्यही रहेको कुवालाई पवित्र गंगोत्रीको जल भएको मान्याता रहेको छ।विभिन्न लोक मान्यतामा र पौराणिक तथ्य संगै स्वर्गद्वारीको महत्व व्यापक रहेको छ। आश्रमभित्र गणेश पञ्चाङ, शिव पञ्चाङ्ग, देविपञ्चाङ, सुर्यपञ्चाङ्ग, विष्णुपञ्चाङ्ग गरी पाँच कुण्ड रहेका छन। कुण्डहरूमा वैदिकविधी पूर्वक दैनिक तीन पटक पुजा गरिन्छ ।
सिद्धि प्राप्त गर्न सकिने तपस्थली थियो र महाप्रभुले पनि सिद्धि प्राप्त गर्नु भयो।प्रकृतिले अनुपम बरदान प्रदान गरेको छ। एक शताब्दी अगाडि गरेको ब्यबस्था अनुसार स्वर्गद्वारी र घोराही तथा दाङका अन्य स्थानमा गुठी राखिएको छ । गुठीबाटै तीर्थको सबै पक्ष ब्यवस्थापन गरिएको हुन्छ भने गुरुकुल सञ्चालन पनि भएको छ। देशका धेरै यस्ता स्थान छन जहाँ पुग्नै पर्ने भनी मेरो सुचीमा रहेका छन । तर परिकल्पना गरेका सबै स्थान टेक्न त कहाँ सकिन्छ। तर केही ठाउँमा यस्तै संयोग मिल्छ।दुई पटक दाङको तुलसीपुर ,घोराही बेलझुण्डी पुगेको थिए। पुर्वतिर जादा त धेरै पटक लमही भालुवाङ छिचोल्दै गएको थिए।एक पटक बेलझुण्डीमा परशुराम बिद्यापीठका बिषयमा कुरा गर्न गयौ।त्यहीबाट स्वर्गद्वारी जानेकी भन्ने सोछ बन्यो।पछि तुलसीपुर बास बस्यौ। हरेक पटक दाङ पुग्दा वा छिचोल्दा स्वर्गद्वारीको हुटहुटी मनमा रहि रहन्थ्यो। पुर्व योजना बिना नै पनि जाने मेसो मिल्दो रहेछ। त्यस्तै मौका मिल्यो,स्वर्गद्वारी पुगियो।चार दिनको बास भयो स्वर्गद्वारी ।हरेक दिन नया हुन्थे। नित्य भइरहेका क्रियाकलापहरु पनि नया स्वरुपमा देखिन्थे । साझ हेर्दा आज त मानिस त्यति धेरै छैन जस्तो लाग्ने तर बिहान भक्तजनको घुइँचो हुन्थ्यो । तीर्थ बन्न नदि ,ताल ,नदिहरुको संगम,हिमालय,पहाडको उच्च शिखर, वन,कानन,ऋषि मुनीले तप गरेको स्थन हुनु पर्छ भनिए झै यहाँ पहाडको उच्च शिखर,हिमालको दर्शन गर्न पाइने,सुन्दर वन,कानन,ऋषिमुनीको तपोभुमी, पाण्डवहरु स्वर्ग जादा बास बसेको स्थान र महाप्रभुले पनि सिद्धि प्राप्त गरेकाले पनि स्वर्गद्वारी आफैमा तीर्थ थियो। पवित्रतीर्थमा बस्यौ।आफुले जानेको,सिकेका, त्यहाको परम्परा अनुसार गरिने क्रियाकलापमा समावेश भयौ।अखण्ड अग्निकुण्डको भस्म लेपन गर्यौ।तीर्थोचित कर्म संगै आफ्नो काम पनि भ्याएर फर्कियौ।
परशुराम १२ लालढुङ्गा,डडेल्धुरा