चारआलि काटदै गर्दा
इलामको दृष्य मानसपटलमा आउँछ
चिया बगानै,वगान
चिया टिप्दै गरेका फिल्ममा
देखाईने हिरोइनी जस्ता
कन्याम,फिक्कल ,अन्तुडाडा
हाँसपोखरी सुनगाभाको स्वर्ग
सुनेका पढेका भरको अनुमान मात्रै
साच्चै चारआलिबाट अगाडि बढदा
तराईको गर्मीबाट शितल पाएर
आखावन्द भएछन
भासुको भन्दा ठुलो अक्करे भीर
गमगढी जादाको जस्तो डरलाग्दो
सागुरो बाटो
बुडर जोगबुडाको कच्ची
बिर्साउने ढुङ्गैढुङ्गाको सडक
कृष्णभीरको पहिरो
सिद्धबाबा थान नजिक ढुङ्गा खसी
तिनाउमा झरेको
नौबिसेको जाममा गाडी रोकिएको जस्तै
झल्यास बिउझदा त
फिक्कल पुगिएछ
पुर्वतिर सिमान्त शहर
पशुपतिनगरको संकेत
त्यतैतिर दार्जिलिङ
उत्तरतिर कन्याम
उ माथी डाडामा बादलको घुम्टो
ओडि बसेको इलामबजार
त्यतै तिर अन्तुडाडा
सुकिलो, मुकिलो ,मीठो मसिनु
इलमबाट बनेको इलाम
छरपष्ट थियो
अलैंची, अदुवा, अर्थोडक्स चिया,
अकबरे खुर्सानी, ओलन ९दुध०,
अम्रीसो, आलु र अतिथि सत्कार
आठ अ ले चिनिने
इलाम देखियो
हेर्दै गर्दा स्वादिलो सुन्तलाको सिराड
तरकारीको भण्डार डोलामनाना
माईखोला जस्तै
निरन्तर बगिरहेको डोटीगाड
तेल्याबाट देखिने चादीचुली हिमाल
कस्याबाट देखिने राकिलो सुर्य
त्यही देखे
संगै निरन्तरको साधना देखे
चारआलिबाट मोडदै गर्दा
उत्तर पुर्व वा उहिलेको
पुर्व एक नम्बर देखाउछ
सचित्र,सप्रसंग बर्णन गर्दछ
साच्चिकै सुन्दर,शान्त,मनोरम
उन्नतिको शिखर चुमेको देखिन्छ
चारआलि मोडदै गर्दा
सुदुर पश्चिमको थपल्याल
थपलियाहरु संग मिल्न पुग्छ
त्यतै किरात,थुलुङ,राई अनि लेप्चा
संग भेट हुन्छ
कृष्णकुमारीले सयपत्री टिपी
राखेकी छन,स्वागतार्थ
त्यो फूल सृष्टि कर्ता ब्रह्माजीले सृष्टि गरि
शिवजीलाई दिएछन
शिवजीले विष्णुजीलाई,
विष्णुजीले सुर्य नारायणलाई
अन्तुडाडामा बिहानै उदाउने राकिलो सुर्यले
मुहिगुम अङसिमाङलाई दिएछन
त्यही फूलले हाम्रो स्वागत भयो
सच्चिकै नेपाल नेपाली मन भित्र छ भन्थे
हो रैछ
नेपाली पन,नेपाली मन सहितको
नेपाल देखियो
परशुराम १२ डडेल्धुरा