अरु सब ठिक छ

चुहिने छानो नै भए पनि
घर थियो
वर्खाले लैजाला जस्तो छ
खेतवारी त उहिलै
वगर भैसकेको थियो
भैंसी लम्की स्किनले लगि सक्यो
हल गोरु थलामा छन
छोरीको कलेजको फि तिर्न
पटकपटक ताकेता गरेको छ
साहु सडकमै हुर्मत लिने गरि
समाउछन
छोरोको पढाइ लथालिङ्ग छ
श्रीमतीको उपचार
गरौला भनेको धेरै भयो
जानै भ्याएको छैन
आफ्नो ज्यान त
सबै चुनौतीको सामना गरि रहेछ
खवर यस्तै छ
अरु सब ठिक छ

परशुराम १२ जोगबुडा डडेल्धुरा

You might also like