मेरो फाटेको कमिजले
मेरो परिचय दिदैछ
जीवनको सबै हुलिया त्यसैमा छ
जात,वर्ण,वतन एक एक
क्रमशः प्रस्तुत गर्दैछ
भन्दैछ मेरो जन्मको कथा
म जन्मेको दिन मेरी आमालाई
प्रयाप्त खानपुग्ने अन्न मेरो घरमा थिएन
भन्दैछ पुस्तौ देखिको यस्तै हो भनी
मेरो इतिहास गरिवीको
इतिहास संग जोडदैछ
आदर संग बस्न दिदैन
आराम संग सुत्न दिदैन
मीठो मसिनो खान दिदैन
बिगारै कसैको केही गरेको छैन
केही बिराएको पनि छैन
कहि डराएको पनि छै
फाटेको कमिजमा इमान छ
छन त छ पुरापुरा लुगा छ
समाजमा नाङ्गो हुनबाट बचाएको छ
पुरापुरा भएकाले
गर्मी ,चिसो छल्छ
जतिसुकै नया भए पनि
एक न एक दिन त फाटछ नै
मैले त कमिज लगाएको छु
फाटेकै भए पनि
फाटेकै कमिज लाउन नपाएका
धेरै छन
एकसरो लुगा फेर्न
दोस्रो तेस्रो दशै पर्खनु पर्छ
गाँस,वास,कपास
आधारभुत आवश्यकता हुन भन्थे
राज्यले आधारभुत आवश्यकता
परिपुर्ति गर्नु पर्छ भन्थे
प्रयाप्त खान नपाएका धेरै छन
कछडा लगौठीमा
जीवन काटेका पनि धेरै छन
ओढारमा बसेर
जीवन निर्वाह गरेकै हुन्छन
म संग त कमिज त छ
न्वारनको दिन जगाउटी भनी
पहिलो पटक पहिराइएको थियो
भुइमा टेकि उभिने हुदा
सन्तरास लगाइएको थियो
र अनि फाटेको कमिज
फाटेको कमिजमा बुवा,बाजेको
सुगन्ध पाइन्छ र संगालेर राख्छु
कहि कतै नया लुगा सिएछु भने पनि
लुगाफाटो बनाउन
यहि कमिज लगाउछु
पहिरन पहिचान नबन्नु पर्थ्यो
तर त्यही भइरहेको छ
फाटेको कमिजवालको घर
पत्नी ,छोरा,नाति सबै संग
त्यही जोडिन्छ
फाटेको कमिजका प्रतिको लगाव
टुटने छैन
यसमा मेरो मात्र होइन मेरा पुर्खाको
पसिना छ
मेरो परिचय,मेरो सान हो
फाटेको कमिज
परशुराम १२ डडेल्धुरा