सपना रोका मगर

यो सपनाको कुरा होइन
सपना रोका मगरको कुरा हो
यो रेडियो नेपालको समाचार पनि होइन
बि बि सी को खवर हो
हरेक नेपालीले गर्व गर्न लायक
नेपाली चेलीले गरेको निश्वार्थ कर्मको फल हो
म्यांग्दीको गाउ बाट बेनी
बेनी बाट बुटबल
बुटवल बाट पोखरा, काठमाण्डु पुग्दा सपना संग
रहर र सपना मात्र थिए
परिवेश यस्तो आयो
सपनाले सडकमा पुग्नु पर्‍यो
सपना रोकाका लागि बेनी सपनाको शहर थियो
बुटवल संग पनि
अनगन्ती सपना सजाएर दिन बितेका थिए
काठमाडौ कहर भएर पुग्यो
एउटा कलिली केटी
जो संग उन्मत्त बैँस छ
बुवा आमा कै स्याहारमा
स्कुल जानु पर्थ्यो
सासु ससुराको अभिभावकत्वमा
घर चलाएको हुनु पर्थ्यो
खसमको न्यानो स्नेहमा
जीवन बिताएको हुनु पर्थ्यो
तर जीवनका रहर लाग्दा क्षणमा
बेवारिसे लास उठाउदै
सद्गत गरेर बित्दैछन
घाटे हुनुको अन्तरपीडा
सपनालाई मात्र थाहा होला
सपनालाई न तारिफको जरुरत छ
न त कसैको घृणाबाट विलचित नै छन
विश्वकै प्रभावशाली एक सय महिला
मध्ये कि एक महिला
साना मरिन,मिसेल योह,सारा गिल्बर्ट संगै
अठार वर्ष कि सपना रोका मगरको
नाउ आउदा
विश्वले नमन गर्दछ
देशले गर्व गर्दै छ सपना रोका भनेर
म्यांग्दीले गर्व गर्दैछ
बरंजा बुकेनीले गर्व गर्दैछ
रोका मगर परिवारले गर्व गर्दैछ
जसलाई नेपालले चिन्दैन
सपना जसका लागि जनसेवा श्री टाढा छ
बि बि सि प्रभावशाली महिला सम्मान नजिक छ
जसका लागि काठमाडौ टाढा छ
सात समुद्र पारीको लण्डन नजिक छ
बेवारिस कि सपना
अविच्छिन्न आफ्नो पथमा अबिचलित छन
यो सपनाको कुरा होइन
सपना रोका मगरको कुरा हो
सपनाको कुरा होइन
सत्य कुरा हो


परशुराम १२ डडेल्धुरा

You might also like
Leave A Reply

Your email address will not be published.