असार

सार फुर्सद नै छैन
अति ब्यस्त छ र पो
असार भयो
ब्यस्तताको कुनै सिमा नै छैन
लेखापालको कक्षमा भुक्तानी
कुरी रहेको उपभोक्त भन्दा पनि
प्राबिधिक फाँटमा आफुले गरेको
कामको मुल्यांकन गराइ रहेको ठेकेदार
भन्दा पनि
रोपाइँ गर्दैगर्दा कुलो टुटी
पानी फर्काउन गएको खेतला
भन्दा पनि बढी ब्यस्त छ
सरकार योजना बनाउनमा
बिचौलिया योजना पार्नमा
माननियहरु आफ्नो पहलको
हिसाब सुनाउनमा
सरकार प्रस्तुत बजेट पारित गराउनमा
सुदुर बस्तीका नागरिक
आशा भरोसाको रातो किताब हेर्नमा
असार जत्तिकै ब्यस्त छन
छन त छन रातो किताबमा
नया योजना छन
नीति कार्यक्रम र बजेटमा
नया नीति र कार्यक्रम पनि छन
त्यसै संग ढाड सेक्ने गरि बढेको कर र
करका कारण बढेको महंगी पनि छ
ज्योतिषीले दिएको मुहुर्त टर्न सक्ला
चिकित्सकले दिएको
अन्तिम समय सर्न सक्ला
मौसम विज्ञान बिभागको
पुर्वानुमान फरक पर्न सक्ला तर
टसनमस
असार मसान्त गडेर बसेको छ
हिउद भरी पर्न नसकेको पानी
वर्खा लागेको आभास दिदै पर्न थाल्छ
वर्खाको नदिको भेलमा
अस्तित्व हराउने खहरे
उत्पात मच्चाउदै उर्लन्छन
गर्मी होस वा झरी
मानो छरी मुरी फलाउने
स्वर्णिम सपना बोकेको किसान
त्यत्तिकै ब्यस्त छ
असार जत्तिकै
असार आफैमा ब्यस्त कहाँ हो र?
ब्यस्त गराउछ समयले
ब्यस्त गराउछ सरकारले
असार हो असार
ब्यस्त भएकाले पो हो
असार


परशुराम १२ डडेल्धुरा

You might also like