भो चाहिदैन गणतन्त्र
किन चाहियो गणतन्त्र
साहु, महाजन, जिम्दारको खेतमा
हलो जोत्नेको सन्तानलाई
राष्ट्रपति बनाईदिने
भो चाहिदैन गणतन्त्र
किन चाहियो गणतन्त्र
गाह्रो साह्रोमा यिनकै घर आगनमा
गिडगिडाएर ऋण माग्ने
यिनले चाहे जति ब्याज दिन विवश हुने
ब्याजखोरलाई चकाचक बैंक भैदिने
कमजोर, निरीहले,
सरकार भन्ने यिनी नै हुन
भन्ने मात्र बुझेको
सामान्य किसान
विपन्न नागरिक
दैनिक गुजारा चलाउन नसक्नेको
सन्तान पनि राष्ट्रपति हुन्छ
भो चाहिदैन् गणतन्त्र
किन चाहियो गणतन्त्र
सामन्तहरूलाई र तिनका सन्तानलाई
जदौ मालिकको दासतापूर्ण
सलाम ठोकिरहनेका सन्तान पनि
राष्ट्रपति बनिदेलान् गणतन्त्रमा
सोच्दा हुनन् र
अवशेषहरूले यस्तो अनि
भन्दा हुन, भो चाहिदैन गणतन्त्र
किन चाहियो गणतन्त्र