इलम गरि जीविकोपार्जन गर्ने
सडक छेउ अबसर खोज्दै
अभाव रुगेर बर्षौ बसे
जहाँ देखि बेङलोर,मुम्बै जनिक छ
काठमाडौ टाढा छ
जहाँ प्रधानमन्त्री भेटन सकिन्छ
तर उन्नति धेरै टाढा छ
दुधे बालकलाई दूध नदिइ
समृद्धिको सपना सजाएर खिर पकाए
हिउले भरिएको पुसले छेकेन
भदौको मुसलघारे वर्षाले रोकेन
धान,गहुँ फल्ने खेतमा आलु रोपे
गद्दी भैंसी संरक्षण गरे
बाज ,लट्याजको घाँस काटी
खैला गाई पाले ,भैंसी पाले
खिर पकाए बेचे
साहुखर्कको खिर
देश बिदेशले चिन्यो
तर सरकारले देखेन,चिनेन
आफ्ना नाति नातिना नदिइ खिर बेचे
खिरै बेचेकाले खिर बाजे कहलिए
सुदुर पश्चिम आउने हरेकले
खिर नखाई रहदैन
आफै मात्र होइन गाउँ भरी
इलम सिकाए
जीवनको रहर लाग्दो क्षणलाई
सडक छेउ बन्धक राखेर
नौला सपना कोरे
उन्नतिको बाटो पहिल्याए
आटन सके गर्न सकिन्छ
गरि देखाए
खिर बाजे कहलिए
वास्तविक नाम के हो
कसैले जान्दैनन
चिन्दछन खिर बाजे भनेर
दैवको लिला हो
पौरखी खिर बाजेको नश्वर शरीर
रहेन
नाम अमिट छ
हरेकले साहुखर्क पुग्दै गर्दा
खिर बाजे सम्झने छन
साथमा भएकालाई भन्ने छन
यहाँ यति राम्रो खिर पाइन्थ्यो
बर्षौ देखि साहुखर्कको खिर
पहिचान स्थापित गरेका थिए
सधै यो युगले स्मरण गर्ने छ
पौरखको सम्मान हुने छ
खिर बाजे
कैलासकुमार पाण्डेय
परशुराम १२ डडेल्धुरा