आज हरेक मानिसमा
बितृष्णा पलाएको छ
धेरै कममा छ सकारात्मक भावना
बिगार्यो,भत्कायो,खतमपार्यो
नेतृत्वका प्रति तथानाम गरि रहेका छन
राजनीतिमा त्याग,निष्ठा,बलिदान
सिद्धान्त,बिचारको प्रधानता हुन्थ्यो
नेतृत्वको उच्च सम्मान हुन्थ्यो
राजनीतिका मूल्य मान्यता प्रति बिश्वास हुन्थ्यो
आदर्शका प्रति दृढता हुन्थ्यो
तर बिचार ,सिद्धान्त बिहिन बिद्रोह पलायो
खै कहाँ के बाट परिचालित हो
रोक्नु पर्छ,हराउनु पर्छ
युवा पुस्ता,नया जोस ल्याउनु पर्छ
गजवको हौवा चल्यो
क्षमता भएकालाई रोक्नु पर्छ
युवाहरुलाई अगाडि बढन दिनु भएन भनी
कुनै दलले ब्यारिल लगाएको त छैन
राजनीतिक दलका प्रति
दलका नेता प्रति एउटा आक्रोश बढ्यो
नेतृत्व परिवर्तनले स्थापित गरेको हुन्छ
स्थापित नेतृत्व बिचारधार प्रति प्रतिवद्ध हुन्थे
नेतृत्वको दक्षतामा नीति बन्थ्यो
त्यत्तिकै नेता बनेका थिएनन
निरंकुश शासना बिरुद्ध संघर्ष गरे
जीवनको प्रवाह नगरी जेल जीवन बिताए
राजनीतिक,आर्थिक ,सामाजिक
परिवर्तनको एजेण्डा बोकी
ब्यवस्था परिवर्तन गरे
हक स्थापित गरे
के नै बिगारे ?
जघन्य अपराध नै गरेको त लाग्दैन
तर नया स्वरुप र बान्कीका पात्रहरु
यिनैले बिगारे हामी सुधार्छौ भनिरहेका छन
सबै थोक युवा नै हुन
जे गर्छन तिनैले गर्छन भनिरहेका छन
हर्दै जाउ गरेको, भएको त देखिने नै छ
तर देश कुनै गम्भीर भडकालोमा नजाओस
संविधान,ब्यवस्था,प्रणालीमै टेकेर
राज गरिरहेकाहरु
त्यही ब्यवस्था,संबिधानका बिरुद्ध
विष बमन गरिरहेका छन
कानुनको कठघरा उभिनु पर्ने
कानुनको पहरेदार भएका छन
दण्डित हुन पर्नेहरु
दण्ड दिने कानुन फेर्ने मा छन
दण्डहिनता मौलाएको छ
हरेक अपराधी राजनीतिक संरक्षण खोज्दैछ
भ्रष्टाचार संस्थागत भएर गयो
बेरोजगारी अति नै बढ्यो
कहि केही अवसर नै छैनन
भएका पनि सिमितको पहुचमा छन
बजारभाउले आकाश छोएको छ
निराकरणको उपाय कसैले खोजेको छैन
सबै बेथितिको दोस राजनीतीलाई
सबै बिकृतिको जिम्मा नेतृत्वलाई
त्यति मात्र होइन
गहिरिएर आकलन गर्नु जरुरी छ
खोजी गर्नु पर्ने छ
किन पलायो बितृष्णा?
परशुराम १२ डडेल्धुरा