जुन देशमा पढेर गरिव भईन्छ
त्यहा हामी सरस्वती पुज्दैछौँ
जुन देशमा पैसा कमाउन सकिदैन
ऋणले ज्यूदै जल्नु पर्छ
त्यहाँ हामी लक्ष्मि पुज्दैछौँ
जुन देशमा महिला वलात्कार हुन्छिन
त्यहा हामी दुर्गा पुज्छौँ
के गर्ने ?
पुज्नेका नामले भएको पैशा पनि
सकेर फेरी गरिव बन्दै छौँ
त्यस्तो देशमा हामी बस्दै छौँ
बाध्यताले अर्काे देशमा उछट्टिन नसकेर……
सरस्वती पुजाको शुभकामना ।
डडेल्धुरा