कविता: आत्मदाह

चितामा दाहा दिदा त
कति कठिन हुन्थ्यो
तर कति सरल हुदो रहेछ
आत्मदाह
भन्थे कायरले गर्छन
आत्महत्या ,आत्मदाह
तर निकै सहास चाहिन्छ होला
चौराहको बिचमा चुनौतीका साथ
आत्मदाह गर्न
आत्मदाह राम्रो कुरा हुँदै होइन
परिस्थिति यस्तो कसरी आयो
किन गर्नु पर्‍यो चौबाटोमा आत्मदाह
किन गरे होलान
एउटा स्टाटसले धेरै भन्छ
झल्काउछ वस्तुस्थिति
चुनौती संग जुझ्नु हो मानवता
ट्युनिसियामा मोहमद बाउजिजीले
बाध्यतापूर्वक रोजेको मृत्युले राष्ट्रको चेतनालाई जगायो
ट्युनिसियाली जनताको
मनमस्तिष्कमा आगो लगाइदियो
चमेली क्रान्तिले विश्वलाई
सवक सिकाएको थियो
प्रेमप्रसाद आचार्यको आत्मदाहले
तात्विक परिवर्तन त के गर्ला खै
तर एक नौजवानको ज्यान गयो
प्रेमप्रसाद आचार्यले
आत्मदाह गर्ने दुश्साहास गरे रे
तर यहाँ हरेक दिन
हरेक युवाहरु गरिबी,बेरोजगारी
जस्तो आगोमा जलि रहेका छन
गुमनाम आत्महत्या होइन
राज्य जनउत्तरदायी भएन
नेतृत्व जिम्मेवार भएन
समस्याका प्रति उदासिन रहे
परिणाम यो आयो
यस घटनाले सिङ्गो राज्यलाई
कठघरामा उभ्याएको छ
नत मस्तक पारेको पुरा समाजलाई
गम्भिरता पुर्वक सोच्न बाध्य परेको छ
आर्थिक ,सामाजिक रूपान्तर का लागि
नया शिराबाट जानु जरुरी छ
प्रवृत्तिलाई दुरुत्साहन गर्न सकिएन भने
हामी संग समवेदना मात्र रहने छ
श्रद्धाञ्जली व्यक्त गरिरहने छौ
शृङ्खलाबद्ध यस्तै भैरहने छन
मुक दर्शक राज्य बुख्याचा समान हुनेछ
हरेक दिन प्रेमप्रसाद आचार्य
आत्मदाह गरिरहने छन


परशुराम १२ डडेल्धुरा

You might also like