आगनिको छेवैको डालीमा बस्दै
कालो कौवा करायो
हिजो साझ फ्याउरो नराम्रो स्वरमा
कराउदै थियो
कुकुरको रोदन चलेको थियो
भन्छन यि यस्तै अनिष्टका संकेत हुन
निकै फर्फफरायो दाहिने आखा
केही अनिष्ठ पो हुन्छ कि
केहि न केहि त हुन्छ खै के हुन्छ
गाडी अलि पर जानै लाग्दा
बिरालोले बाटो काट्यो
कालो मालपासोले त्यही गरि बाटो छेक्यो
रित्तो गाग्री कोकेकी आइमाईको
रित्तो गाग्री संगै खुला कपाल
एका बिहानै देख्नु पर्यो
यि यस्तै नराम्रा नराम्रा दृश्य देखिदै गए
यात्राका दौरान यस्तो नराम्रो हो
यस्तै देखिए केहिन केही त हुन्छ
खै के हुन्छ खै के हुन्छ
हुनिहार दैव नटार भन्छन भन्न त
जति सुकै परिस्कृत समाज भए पनि
रुढीबादी र अन्धविश्वासको
लवलेष रहने नै रैछ
यस्तै केहिन केहित हुन्छ
खै के हुन्छ खै के हुन्छ भन्दै
जीवनको लामो यात्रा परीक्षण मै बित्यो
परशुराम १२ डडेल्धुरा