कविता :ढुङ्गो

ढुङ्गोलाई स्थिर र सरल नसम्झ
ढुङ्गो सधै स्थिर र सरल हुदैन
गहिरिएर हेरे
ढुङ्गा ढुङ्गामा आगो हुन्छ
ढुङ्गाले क्रान्तिलाई सहयोग गरेको हुन्छ
मौका परे ढुङ्गा बर्सिन्छन
ढुङ्गाको पहाड हुन्छ ,चट्टान हुन्छ र
चट्टानी अडान हुन्छ
सभ्यता संग जोडिएको छ
ढुङ्गेयुगमा ढुङ्गाको ओढारमा बस्थे
ढुङ्गामा पकाउथे ढुङ्गामै खान्थे
ओछ्यान ,चुलो,चौका सिलौटो बनाउथे
बनाउछन पनि
प्रकृतिको पुजा गर्नेले ढुङ्गामा देवता भेट्टाए
ढुङ्गो खोज्दा देउता मिल्यो पुजा गरे
मन्दिरमा सजाए
अबोल शिला दुख दर्द पीडा सुन्ने
आस्था बिश्वासको धरोहर भयो
हिरण्यगर्भ थियो र पुजनिय भयो
मुर्तिकारले सुन्दर आकृती दिई मुर्ति बनाए
कुशल शिल्पकारले घर बनाए
मन्दिर,घर,कलकारखाना ,बिद्यालय, बने
अनि शहर बन्यो
ढुङ्गो ढुङ्गो रहेन शहर बन्यो
सभ्यता बन्यो
मुर्ति बन्यो
देउता बन्यो
पहाड चट्टानमा दबिएर बस्दैन ढुङ्गो
परिवर्तनको छलाङ मार्छ
खानीको खनिज तत्व भइ
बहुमुल्य रत्न बन्छ ढुङ्गो
कठोर पनि छ
चट्टानी अडानमा रहन्छ तर
फुटे पछि
दील टुटै पत्थर फुटै हुन जान्छ
ठुला नदिको बहाव रोकेको हुन्छ
बहाव परिवर्तन गरेको हुन्छ
दुई किनारा जोडछ पनि
निर्मम हुन्छ भन्छन तर होइन रैछ
भीमेश्वरको शिला रोएको पनि देखिन्छ
ढुङ्गा सत्यहो सत्यताको प्रतीक हो
सत्य,सनातन भएकाले पुजनिय छ
समय परिस्थितिले
समथर मैदान बगर पनि बन्छ
उक्साए ढुङ्गामुडा पनि बौलाउछ
गहिरिएर हेर्‍यौ भने
सभ्यता पाइन्छ ढुङ्गामा
संस्कृति पाइन्छ
पहिचान पाईन्छ
मानवाकृती पाइन्छ,मानव पाइन्छ
ढुङ्गो बोले उ पनि बोल्छ
परशुराम १२ डडेल्धुरा

You might also like
Leave A Reply

Your email address will not be published.