कैलाश कुमार पाण्डेय
छोरी तिमी जन्मिदा
हाम्रो डेरा संगैको कोठामा
घाइते सिपाही ऐया गरिरहेको थियो
सडकमा सेनाको परेड थियो
गिलासपुरको डाडोमा
राके जुलुस निकालिएको थियो
खै कति बेला वम पटकिन्छ
त्रासदी थियो
हरेक समाचार मान्छे मारिएका
मात्र थिए
कर्फ्युको सुचना सुनिन्थ्यो
नागरिक ,राज्य र बिद्रोही
दुबै पक्षबाट प्रताडित थिए
म चाहान्थे तिम्रो जीवनमा
युद्धको छाप नरहोस
त्रासदी मनमा गडेर नवसोस
नचाहादा नचाहदै जन्मको दशक
भयमा बित्यो
लोरी,कथा सुनाउदै गर्दा
चुप,चुप वम पडकिदै छ भन्दै
तिमी मौन बस्थ्यौ
पृथ्वी त्राहिमाम त्राहिमाम हुन्थ्यो
द्वन्दले प्रत्यक्ष परोक्ष रूपमा
सबैमा प्रभाव पार्दछ
असर गर्छ समाजलाई
आर्थिक ,सामाजिक,राजनीतिक
रुपान्तरण भनिए पनि
तात्विक परिवर्तन केही भएको छैन
बिद्रोहले सामाजिक बिखण्डन निम्त्यायो
ध्वंसले कसैको भलो गर्दैन
बन्दुकले ज्यान जोगाउदैन
सचेतनाको वामे सर्दा
ध्वंस,हिंसा ,बर्बरता देख्यौ
क्रमशःकारण र प्रभाव बुझ्नेछौ
नवचेतनाको मानसपटलमा
भन्दै बिर्सदै गरेको कथा मान्नु
हिसाबकिताब खोज्ने हो भने
लम्बाचौडा हुन जान्छ
एउटा आह्वानमा हजारौंले बलिदान गरे
तर त्यसको सार्थकता के ?
घाइते अहिले पनि ऐया गरि रहेछ
त्यसको पीडा कसले सुन्छ
कैयौंको सिउदो पुछिएको छ
आशाको किरण छोरो गुमाएकाहरु
द्वन्दको मुल्य खोज्दैछन
निहत्याको निर्मम हत्या भयो
त्यसको मूल्य समयले चुकाउनु पर्ने छ
जति ध्वंस भयो त्यसको
इतिहासले सधै पुननिर्माण
मात्र गरिरहनु पर्नेछ
यो द्वन्दले
नत वर्ग बिहिन समाज निर्माण गर्यो
नत सर्वहारा वर्गको अधिनायकवाद
बिस्तारै बुझ्दै जानेछौ
स्वतन्त्रता ,समानता र लोकतन्त्रको
मूल्य र मान्यता
आर्थिक ,सामाजिक ,राजनीति
रुपान्तरण का कुरा
जीवन प्रारम्भ
द्वन्दको वातावरणमा भएकाले
क्रमशः बुझ्दै जानु
द्वन्दको सार्थकता
द्वन्दको प्रभाव
द्वन्दको भय
तिमी जन्मिदा
देश द्वन्दको भाषमा डुबेको थियो
परशुराम १२ डडेल्धुरा