
मेरो समाजले मेरा प्रति
ठुलो आश गरेको थियो
निराशा मा नै परिणत भएको त छैन
तर देखिने गरि केही
गर्न सकिएको छैन
मलाई थाहा छ
मेरा आफन्त मलाई हेयको दृष्टिले
हेर्छन भन्ने
ठुलो आकांक्षाको डोको बोकेर आउछन
रित्तो फर्किन्छन
शुभचिन्तकहरु,साथीहरू पनि
केहि गरोस भन्ने चाहान्छन
तर प्रगति पाउदैनन
मेरो परिवारको पनि अभिलाषा थियो
पढेलेखे पछि राम्रो जागिर खान्छ
आफ्नो र परिवार उपयुक्त
ब्यवस्थापन गर्छ
त्यसमा पनि तुषारापात भयो
समाज परिवर्तनका लागि गरिने
संकल्पका पछाडि कुनै स्वार्थ हुनु हुदैन
राजनीतिक,आर्थिक ,सामाजिक
परिवर्तनका लागि
समर्पण चाहिन्छ भन्ने भाव पलायो
जीवनमा केही गर्न सकिएन
जन्मिदा जुन भूमिमा परे
त्यहीको माटोमा लडिबुडी खेल्दै
माटो खादै कसम पनि
खाएको छु
माटोका प्रती घात गर्ने छैन
यो माटोको टीका स्वर्णिम जलप झै
सधै टल्कने छ
माटो प्रतिको मेरो श्रद्धा हुने छ
मेरो निष्ठाका प्रतिको सम्मान हुनेछ
जौ ,कोदो अभावमै खाएको हु
बिपन्नताको पीडा थाहा छ
सकिना,कोइराल,मेलको
स्वाद पनि थाहा छ
बैकल्पिक खानामा प्रयोग गरेकै हु
लछु भुलेनिले मालुका पात,
एक कोयो सिन्को ओल्को दिएको
वोडे कामी खलात फुक्दै
गोपि भेरकारले सियोले लुगा सिउदै
लालु सार्कीले डोली बोक्दै
खलो उठाएको बिपन्न अवस्थाको र
मानिस मानिस बिचको विभेद
छोइछिटो गर्ने प्रचलनको
पुरा पुरा जानकार छु
गरिबी ,अभाव पछौटेपन,बिभेद
एक एक जानकारी छ
आर्थिक, सामाजिक परिवर्तनको
योजना पनि छ
कुनै पनि ठाउँ अविकसित हुदैन
अव्यवस्थित मात्र हुन्छन
प्राप्त स्रोतसाधनको
उपयुक्त ब्यवस्थापनले धेरै गर्न सकिन्छ
थाहा छ
तर यी सपना जस्तै हुँदै गए
गर्दा गर्दा बिश्वासको त्यान्द्रो पनि
क्रमशः क्रमशः खुइलिदै गयो
केहि गर्न सकेन,केहि गर्न सक्दैन
दिनप्रतिदिन निराशा बढेको
मलाई थाह छ
भगवानले पनि सत्य देख्छन
तर कुर्नु पर्छ
तर पर्खाइको सिमा के कति हो
भगबानै जानुन
तर मेरो निष्ठा,समर्पण ,लगानी
समाज रुपान्तरणका लागि हो
बिकास र उन्नतिका लागि हो
राजनीतिको शुद्धीकरण र सवलिकरण
का लागि हो
तर आदर्शमा कसैले बिश्वास गर्दैन
मलाई थाहा छ
परशुराम १२ डडेल्धुरा