प्रसिद्ध तिर्थ परशुरामधाम र माघिमेला (फोटो स्टोरी)

शब्दः कैलास कुमार पाण्डेय
तस्विरः गणेश बहादुर मगर

पुष २०
माघि नजिकिदै गर्दा डडेल्धुराको दक्षिण पश्चिममा रहेको प्रशिद्ध तिर्थ परशुरामधाम मा चहलपहल बढ्न थालेको छ ।
कंचनपुर जिल्लाको सदरमुकाम बाट चालिस किलोमिटर र डडेल्धुरा सदरमुकाम र धनगढी बाट नब्बे कि मि टाढा रहेको रंगुन उपत्यका को एक महत्वपूर्ण तिर्थस्थल हो परशुरामधाम ।
डडेल्धुरा जिल्लाको दक्षिण पश्चि भित्रिमधेश क्षेत्रको परशुराम नगरपालिका वडा नं.५ मा अवस्थित परशुराम धाम स्वेदेशीहरुका लागी मात्र नभएर छिमेकी मुलुक भारतका तिर्थयात्रीहरुको लागी पनि प्रशिद्ध तिर्थस्थल हो ।
परशुरामतीर्थको निकै ठुलो महत्व रहेको छ।

स्कन्द पुराणको मानसखण्डमा यस तीर्थको निकै वर्णन गरिएको छ।पुराणले वर्णन गरेका ले पवित्रता झन पुस्ठ्याइ भएको छ भने सो को प्रचार हुन सके प्रसस्ती झनै बढन जाने छ।
पुराणमा तीर्थको अवस्थिती उल्लेख गरिएको छ।महाकाली नदिको दक्षिण तिर जहाँ रेणुकाको संगम छ,जसलाई विष्णुपुर भनिन्छ त्यही स्थान परशुरामतीर्थका नामले तीनलोकमा चर्चा छ।
श्यामायास् दक्षिणे पार्श्वे विष्णुपुर विराजते ।
क्षेत्रं परशुरामाख्य त्रिषुलोकेषु गीयते ।।
जामदग्न्यसमं तीर्थ नास्ति मानसरे क्वचित ।
तत्ररामो जामदग्न्यरवाप चिरजीवनम् ।।
अर्थात महाकाली नदीको दक्षिणतिर विष्णुपुर अवस्थित छ जो तीनै लोकमा परशुराम क्षेत्र भनेर प्रख्यात छ । परशुराम तीर्थ बराबरको अरु कुनै तीर्थ नै छैन जहाँ ऋषि परशुरामले चिरञ्जिवीको वरदान पाएका थिए भन्ने कुरा स्कन्ध पुराणमा उल्लेख गरिएको छ ।

तिर्थस्थल परिसरमा जडान गरिएका सोलार बत्तिहरु

परशुरामतीर्थमा स्नानको निकै ठूलो महत्व छ।गंगा स्नानको भन्दा दसगुणा बढी पुण्य परशुरामतीर्थ स्नानले पाइन्छ भनी पनि पुराणमा उल्लेख छ।परशुरामतीर्थमा स्नान,दान,तर्पण, यज्ञ यज्ञादी गर्नु पर्ने हुन्छ।तीर्थमा परशुराम कुण्ड रहेको छ।त्यस्तै धर्मद्वार,सत्ययुगमा ब्रह्माजीले पहिलो पटक सृष्टि गरेका वट पिपल ,प्राचीन शिला रहेका छन।त्यही एला र श्यामाको संगम छ।कुर्मपर्वत मा अवस्थित कुर्महृद (आलिताल) बाट निस्केकी नदि एला र महंकालको जटाबाट प्रवाहित महाकाली नदिको संगम रहेको ठाउमा परशुरामतीर्थ रहेको छ।
एलायास्सङ्गमं पुण्यं जामदग्न्याश्रमं शुभम।

परशुरामतीर्थमा मकर सक्रान्तीका दिन निकै ठुलो मेला लाग्दछ सुदुर पश्चिमका सबै जिल्ला र भारतको कुमाउ तिरका मानिस स्नानका लागि आउछन।स्नानका लागि आफू मात्र नआई आफुले पुज्ने देवताका सामग्री पनि ल्याएर आउछन।देवता सामग्रीमा गाजलाई चल मन्दिर भनिन्छ।देवताको मन्दिर सहित देउरो ल्याउने प्रचलन छ।यो अति नै मौलिक संस्कृति हो। वाईस देउताका स्थान बाट देउरा ल्याउने प्रचलन रहेको छ।

तिर्थस्थल परिसरमा थुप्रै प्रतिक्षालयहरु निर्माण गरिएका छन्

देउरामा देवताका पुजारी ,पण्डा,करिया र सो संग जोडिएका विभिन्न देवताका धामीहरु पनि आउछन।शिवालय का प्रवक्ता तथा अगेवानीका रुपमस धामीलाई लिइन्छ।विभिन्न समयका वीरहरुले दिब्री देवमय स्वरुप प्राप्त गरि कुनै ब्यक्तिमा प्रकट भएका हुन्छन र देवालयको प्रतिनिधित्व को अधिकार पाएका हुन्छन।धामी र अन्य सरोकारवाला बसि पन्जनी गर्ने गरिन्छ। मकर सक्रान्ती संगै सुर्य ग्रहण,चन्द्रग्रहण,अक्षय तृतीया, राम नवमीमा समेत मेला लाग्दछ।स्नान,दान,तर्पणका लागि जहिले पनि तीर्थयात्री पुगेकै हुन्छन।तीर्थ बासका लागि परशुरामतीर्थमा आउने गर्दछन।त्यसैमा माघ महिना भरी कल्पवास बस्ने गर्दछन।परशुरामतीर्थ बाट जल लगेर शिवालय मा रुद्राभिषेक गर्ने प्रचलन पनि रहेको छ।

पछिल्लो समय परशुराम नगरपालिकाको तर्फ बाट यस क्षेत्रको प्रचार प्रसारका लागी केही पहलहरु थालनीको सुरु भएको छ । तिर्थ परिसरमा परशुराम भगवानको विशालमुर्तिले यस क्षेत्रमा थप पर्यटक लाई आकर्षित गर्ने कुरामा दुई मत छैन । परशुरामतिर्थ परिसरमा विभिन्न किसिमका संरचना निर्माणका कार्यहरु जारिरहेकोले निकट भविश्यमा परशुरामतिर्थमा तमाप धार्मिक पर्यटकहरु भित्रिने सम्भावना बढ्दो छ ।

परशुराम भगवानको विशालमुर्ति
You might also like
Leave A Reply

Your email address will not be published.