मेरो कर्तव्य

आमाn] दूध पिलाउदै बोल्न सिकायो
आमाको भाषामा भाखा थप्दै
मातृभाषा बोलियो
बज्यैले हल्लोरी बाला कल्लोरी खेलाउदै
शिल्लोक,कथा भन्दै
औलो समातेर हिडन सिकायो
यहिबाट शुरु भयो भाषा संस्कृति
धुले पाटी बाट
अक्षरको यात्रा शुरु भयो
वसन्त पञ्चमी का दिन
बुवाले धुले पाटी टकटकाउदै
सिन्कोले कपुरी क लेख्न सिकाए
भरखर दुधका दात झर्न लागेका थिए
माटोमा बान्किला अक्षर कोरे
यहि थियो मेरो संस्कृति
गाउँ छेउ रहेको कुल देवताको मन्दिरमा
पुजाका लागि बुवाले पुज पोखल लगेर जादा
उफ्रिदै चकचक गर्दै पछिपछि जाने
बिगुल,भोक्कर घण्ट बजाउने
केही खेल्ने,केही सघाउने,केही सुन्ने र सिक्ने
यस्तै प्रचलन संग हुर्केको हु
ठुलालाई आदर नमन प्रणाम गर्ने
साना स्नेह,माया गर्ने सौहार्दता रहेको
यहि मेरो संस्कार हो
गुरुले दुर्गाकवच,स्त्रोत पाठ
कण्ठस्थ गरायो
पञ्चाङ्ग गेर्न सिकायो
यहि थियो गुरुकुल पद्धति
हरियो पिपलको पातमा जनै सुपारी बेरी
शंख,घण्टा बजाउदै कानै छेउ
ॐ भूर्भुवः स्वः तत्सवितुर्वरेण्यम
भर्गो देवस्य धीमहि। धियो यो नः प्रचोदयात
बुवाले अनि गुरुले क्रमै शीत
गायत्री मन्त्र संगै प्रणायाम सिकाउनु भयो
ॐ भू,भूव,स्व,मह,जन,तप,सत्यम
ॐ तत्सवितुर्वरेण्यम
भर्गो देवस्य धीमहि। धियो यो नः प्रचोदयात
आपोज्योतिरसोमृतम ब्रह्म भूर्भूवस्वरम
अष्टाङ्ग योग पनि भनियो
त्यसैमा थियो चारलाख विद्या
यहि हो मेरो सनातन
पालन गर्दै थिए आज्ञाकारी भएर
जिउदा जन्ती मरे मलामी
अर्मपर्म,खेडीझोडी,साथी संगाती
चौध लाख चतुर्‍याइँ थियो समाज संग
यही हो मेरो रीत परम्परा
औपचारिक शिक्षा परिवारिक आकांक्षा
मेरो बर्गतले भ्याए सम्म पूरा भयो
समाजका प्रतिको दायित्व
परिवारको जिम्मेवारी पूरा गर्नु
मेरो कर्तव्य हो
बुवा,बाजे ,मेरा पुर्वजले गरे जस्तै गर्नु
वेद,पुराण आदि षटदर्शन अध्ययन गर्नु
नेरो धर्म हो
आफ्नो जिम्मेवारी ,दायित्व ,कर्तव्य बिर्से
इतिहास धिक्कार्ने छ
परिवारको जिम्मेवारी
समाजका प्रतिको दायित्व
धर्म,संस्कृति ,सभ्यताको रक्षार्थ उभिनु
मेरो कर्तव्य हो


परशुराम १२ डडेल्धुरा

You might also like