नेताजीको घरमा आफन्तहरूको जमघट थियो।त्यसैमा शुभचिन्तकहरु पनि आउदै थिए।हरेक आउनेहरू “चुनाव हो यसलाई ठूलो मान्नु हुन्न ” भनेर सान्त्वना दिइरहेका थिए। “चिन्ता गरेर के हुन्छ परिणाम यस्तै भयो”पदमले सान्त्वना दिन्दै नेताजी संग गफ गर्दै थिए।यस्तै सान्त्वना ,सहानुभूति दिन साथीहरू ,आफन्त,घरमा आइरहेका थिए।”के गर्नु यस्तै भयो” सबैमा एकै स्वर थियो। “परिणाम नराम्रो नहुनु पर्थ्यो ।तर राजनीतिमा बिकृती बढ्यो।ठूलो चलखेल भयो” हर्केले समिक्षाका कुरा गरेर थपे।” राजनीतिका लागि हामी संग नेता छन,नीति छ त्यस्तै कार्यक्रम पनि बनाएकै छौ तर हामीमा गतिशील पद्धति भएन” हरिशले थपे।हरिश अगुवा कार्यकर्ता नै हुन।त्यसैमा नेताजीले बिश्वास गरेका बिश्वास पात्र पनि हुन।हरिश र नेताजी छयालीस सालको परिवर्तन संगै विद्यार्थी राजनीतिमा संग संगै प्रवेश गरेका थिए।नेताजी भनेर गाउँ भरि चिनिने रुद्रप्रसाद सामाजिक अगुवा पनि हुन।विद्यालयको पढाई संगै राजनीतिलाई आत्मसात गरेका थिए ।छयालीस सालको जनआन्दोलनले धेरैलाई नेता स्थापित गर्यो भने नया पुस्तालाई राजनीतिमा जान आकर्षक बढायो पनि।त्यही राजनीतिको बढदो आकर्षक संगै राजनीति परिवर्तन संगै आर्थिक सामाजिक परिवर्तन गर्ने संकल्प सहित रुद्रप्रसाद लगायतका धेरै युवा विद्यार्थीहरु राजनीतिमा जोडिए।
विद्यार्थी राजनीति आफैमा आनन्दको हुन्थ्यो।स्नातक स्नातकोत्तर पढदै गरेका साथीहरू माझ विद्यार्थी हक हितका कुरा उठाउनु ,समसामयिक राजनीतिको यथार्थ विश्लेषण गर्नु,आर्थिक ,सामाजिक रुपान्तरणका मुद्दामा छलफल गर्नुले झनै राजनीतिक संगठनको ओज गरिमा बढाउथ्यो त्यस अभियानमा समावेश हुनेलाई थप उत्प्रेरित गरिरहेको हुन्थ्यो।यस्तै राजनीति माहोलका बिचमा रुद्रप्रसादली दोहर्याई,तेहर्याई कक्षा भर्ना गर्दा राजनीतिशास्त्र,समाजशास्त्र ,शिक्षाशत्रमा स्नातकोत्तर तह उतिर्ण भइएछ।आमाबुबाको पनि हार्दिक इच्छा थियो छोरो पढेर उच्च तहको प्रशासक,प्राध्यापक ,शिक्षक कुनै सम्मानित जागीर खावस।जहान,परिवारको उपयुक्त ब्यवस्थापन गरोस,दुखसुखमा साहारा बनोस तर
सबै सपनाहरू आकाश छुने रहर मात्र भए।कहिले आमाले कुरा उठाउदा केही दिनमा राम्रो नोकरी पाउछु भन्थे भने बुवालाई स्वतन्त्रता ,स्वाधिनता र लोकतन्त्र लगायत राजनीतिका मूल्य मान्यतालाई सामाजिक रुपान्तरणमा प्रयोग गर्न पढेलेखेकाले राजनीति जानु पर्ने हुन्छ भनी देश,समाजका लागि चित्त बुझ्ने गरि कुरा गर्थे।आमाबाबुको मन छोराछोरीमा छोराछोरीको ढुङ्गामुडामा भने जस्तै आमाबाबु सपनाहरू थाती राख्दै राजनीतिको उराठलाग्दो बालुवामा संभावना खोजिरहेको अवस्था छ।बुवालाई भन्दा बढी बिश्वास नेतालाई गर्ने गरिन्छ।नेताको एउटा आह्वानमा जीवन उत्सर्ग गर्न पनि तत्पर रहन्छन।नेता र कार्यकर्ताको सम्बन्ध अति नै गहिरो पनि थियो।कार्यकर्ताको राजनीति सुरक्षा मात्र होइन जीवनको हरेक पाटोमा नेताले जिम्मेवारी हुन्थ्यो भने नेताको आह्वान हरेक कदम चाल्न कार्यकर्ता तयार हुनु पर्ने उच्च अनुशासन सहितको पृथक बिचको एक परिवार हो संगठन ।जहाँ उच्च नैतिकता र निष्ठा पनि चाहिन्छ।
जतिसुकै राम्रो वक्ता होस,कुशल संगठन कर्ता हो ,साथीहरूको समर्थन प्राप्त होस तर नेताले पदिय रूपमा माथी उठाउन चाहेनन भने वा ठुला नेताहरूको नजिकको परिएन भने योग्यता क्षमताको केही काम हुदो रहेनछ।कामगर्ने,पछि लागि रहनु पर्ने समर्थन गर्नका लागि स सना पदिय जिम्मेवारी पाइने रैछ तर नेतृत्वमा पुग्न आशिर्वाद नै चाहिने नै रैछ।त्यही भयो रुद्रप्रसादको पनि।
दशै बिदा अलि लामो नै हुन्छ क्याम्पस तिर।दशै देखि तिहार छट सम्मनै बिदा हुने भएकाले रुद्रप्रसाद लामो बिदामा घरमा आएका थिए ।बिदामा घर आएको मौकामा गाउँका,भद्रभलादमी,आफन्त,इष्टमित्र सबै संग भेट गरिहाल्ने स्वभाव थियो रुद्रप्रसादको ।भेटकै क्रममा जयदेव काका संग लामो गफ पनि भयो।भालाकुसारी संगैका यावत कुरामा जयदेव काकाले सोधे” रुद्रे तिमीले धेरै पढ्यौ भन्छन,अवत जागीर खाउ” काकाले वाक्य पुरा नहुदै रुद्रप्रसादले जवाफ दिएछन” काका जागिर त त्यस्तै हो पार्टीले टिकट दिए चुनाव लडछु।राजनीतिक ब्यवस्था र सामाजिक अवस्थामा आमूल परिवर्तन गर्ने गरि नेतृत्व लिन्छु।” ” कचौरा भरी दहि छ हात परे सहि छ भन्छन खै तेरो राजनितीको मलाई बिश्वास छैन” काकाले थपेछन।” किन बिश्वास नगर्ने काका? यो युग हाम्रो हो हामीले जिम्मेवारी नपाए कसले पाउने।” “खै” भनेछन काकाले।गाउँ संग प्रत्येक गतिविधिमा समेल छन रुद्रप्रसाद शहर बसे पनि गाउँको बिकास बिना देशको बिकास हुदैन,गाउँ जाऔ गाउँलाई हेरौ भन्ने पार्टीको नीतिलाई पुरापुरा अवलम्बन गरेको छ।गाउँमा आदर्श प्राथमिक बिद्यालयको स्थापना ,आदर्श बाख्रा पालन समूह गठन,आदर्श बचत तथा ऋण सहकारी संस्था निर्माण ,आदर्श होमस्टे सन्चालन जस्ता आदर्श गाउँ निर्माणको अभियान थालिएको थियो।खानेपानी कार्यालय बाट खानेपानी ब्यवस्था,त्यस्तै सडक ,सिचाइ को समेत पहल गरिएको थियो।यस्ता समाजमा गरिएका रचनात्मक कार्यका लागि रुद्रप्रसादको प्रसंशा नै हुन्थ्यो।
पार्टीको भातृ संस्थाको अधिबेशन भएछ।अधिबेशनमा रुद्रप्रसादले पनि नेतृत्वमा जाने इच्छा व्यक्त गरेछन।त्यहा बनेका गुट कसैले पनि रुद्रप्रसादलाई समेटन सकेन सोझो प्रकृतिबाट प्रतिस्पर्धा गएको निर्वाचनमा परिणाम हार भयो।पार्टी विभिन्न तहका बौद्धिक ,लेख्नु पर्ने कामका लागी रुद्रप्रसादको खोजी हुन्थ्यो ।लाभको पद ,पार्टीले दिनु मान सम्मानमा अरुले अवसर पाउने गर्थे।
रुद्रप्रसादका मामा निकै मिजासिला र भद्र थिए।भान्जाको उन्नति प्रगतिमा सधै सहायक नै थिए।सानो तिनो सहयोग पनि गरि रहेका हुन्थे।मामा भेटन गएका रुद्रलाई मामाले सम्झाउदै भनेका थिए।” हामी गरिव मान्छे बाट राजनीति हुदैन।आफ्नो मेलो गरि खाने हो।हाम्रो पनि आशाभरोस छ तपाईं माथी राम्रो जागीर खानु पर्यो।” मामाको सल्लाह राम्रो लागेन” एउटा निष्ठाको राजनीति गर्नेको यात्रा रोक्नु भएन ” भन्दै झर्किएर त्यहाँ बाट फर्केका थिए।रुद्रप्रसादका ससुराली तर्फबाट पनि जागिरको सुझाव थियो।जहान त शुरु देखि नोकरी खाने मा जोड गर्थिन।सबै सम्भावना थाती राखेर जीवनको सुन्दर भबिष्य र समाजका प्रतिको जिम्मेवारी पुरा राजनीति बाटै हुन्छ भन्ने निष्कर्ष थियो रुद्रको।जीतराज रुद्रका मिल्ने साथी र सधै सहयोग गरिरहेका दोस्त थिए।
“राजनीति बलियावाङ्गाको हुन्छ,या त ठुलाको आशीर्वाद चाहिन्छ या स्रोत साधन तपाईं हामीले सोझो बाटो हिडनु बाहेक कुनै उपाय नै छैन” सुने नसुने जस्तो गरे रुद्रप्रसाद ले ।पार्टीमा निर्णायक भुमिका कहि नपाइने तर हरेक नेताले काम लगाइ राख्ने।चुनावमा तपाईंले सहयोग नगरे का हुन्छ।लाग्नै पर्छ भनी जिम्मेवारी तोकिने पनि जीत पछि मतलब निकलगया तो पैचान्ते नहि।भुमिका जिम्मेवारी नभए पनि बर्षौ देखि पार्टीमा लागेको कार्यकर्ता भएकाले नेताजी भन्ने पहिचान नै बनिसकेको थियो रुद्रप्रसादको।पार्टीको अवस्था अलि कमजोर थियो।पार्टी फुटेको कारण ले संगठन तहस नहस थियो।त्यति बेला रुद्रप्रसादले टिकट पाए।पार्टीले टिकट थमायो तर चुनाव ब्यवस्थापनको कठिनाइ बेग्लै छ।रुद्रप्रसादको सबै पैत्रिक सम्पत्ति बेचे पनि धान्न नसकिने खर्चको चाप थियो।आधारभुत ब्यवस्थापन मै समस्या आयो।धेरै सहयात्रीहरु मुखमा राम राम बगलिमा छुरा भएका थिए।उसले जित्यो भने पढेलेखेको छ सबैलाई उछिन्छ भन्ने थिए।कसैको मत थियो तिनले हारे भने पो म शक्तिमा पुग्छु ।जसरी पनि हराउनु पर्यो ।जिताउन गरिने मेहनत भन्दा हराउन गरिने क्रियाकलाप रोचक हुन्छ।धेरैलाई उल्टो खेल खेल्ने रहर हुन्छ।स्रोत साधन नै कम भएर आन्तरिक चुनाव हारेका दृष्टान्त धेरै छन।स्रोत साधनको नै कमि भएकाले चुनाव परिणाम हात पार्न सकिएन ।राजनीतिमा विकृती भित्रिएको छ, मोटाघाटा,सुकिला मुकिलाहरु को बोलवला छ।निष्ठाको राजनीति गर्छु भन्ने सधै पाखा लाग्नु पर्ने अवस्था छ।
यस पटकको चुनावमा पुराना पुराना साथीहरूले सहयोग गरे।नेताका प्रतिको दृष्टिकोणले गलत भएको छ।सबै भ्रष्टाचार संलग्न छन भन्ने दुष्प्रचार छ तर त्यस्तो त होइन ।त्यही बितिष्णाले युवा लहर चलेको छ।यो चुनावमा पनि एउटा जवरजस्त नारा उठ्यो युवा भन्ने नियति यस्तै रहेछ चुनाव हारियो।परिणाम घोषणा पछि सान्त्वना दिन आउने को एकै सहानुभूति हुन्थ्यो चुनाव हो हार जीत हुन्छ नै।”चुनाव हो धेरै गाह्रो मान्नु भएन, घोडा चढने लडछन”,जनकले फोन बाट भनेका थिए।सामाजिक सन्जाल मार्फत पनि एकै सहानुभूति थियोे चुनाव हो।
परशुराम १२ डडेल्धुरा
ReplyForward |