
“कति समय लाग्ला इलाम पुग्न”?
“तीन घटा भन्दा बढि लाग्छ” हाम्रो चालकले उत्तर दिए। “तीन घण्टा त लाग्दैन होला “सुरेशजी ले थपे।यस्तै सम्बाद चलिरहेकै बेला हाम्रो गाडी चारआलि पुग्यो।चार आलीबाट उत्तर तिर गाडी मोडिन लाग्दा हरेकको कल्पना कन्याम,फिक्कल ,इलाम चियावारी, कुहिरोको घुम्टोमा लुकामारी खेल्ने इलाम बजार, अन्तुडाडा यस्तै यस्तै परिकल्पना गर्दछन।अरुले गर्ने स्वभाबिक कल्पना जस्तै हाम्रा पनि कल्पना मनमा सगाल्दै इलामतिर लाग्यौ।इलामका बारेमा पढिएको थियो ।सुनिएको थियो।पढे,सुनेका कुरालाई प्रत्यक्ष आफ्नै आखाले हेर्ने कौतुहलता जति नजिकिदै थियौ त्यति बढदै थियो।चिया बगानको झझल्को झापामा नै पाएका थियौ धीत मर्ने गरि हेर्न कन्याम,फिक्कल ,इलाम बजार नै टेक्नु पर्ने थियो।गाडीको गति संगै थियो हाम्रो गति पनि।भौतिक रूपमा पुग्न समय लागे पनि मानसिक रूपमा इलाम पुगिसकेका थियौ।मनको इलाम पटक पटक पुगिएको हुन्थ्यो।मनको,मानसिकताको भन्दा निकै फरक थियो इलाम।सुरेशजीको ससुराली रहेको इलाममा पुग्दा रात निकै छिप्पिइ सकेको थियो।दुर्गाजीको माइती मा न्यानो आतिथ्य सहित बास बस्न पुगेका थियौ।सुरेशजी र दुर्गाजीले यो संयोग मिलाइ दिएका थिए। जोशी दम्पतीका प्रति हार्दिक आभार छ नै थप आभारी घिमिरे परिवारका प्रति छौ।
पर्यटकीय महत्वको ठाउँ बन्नमा यहाको प्रकृति नै हो।जहा महाभारत र शिवालिक पर्वत शृङ्खलाको पूर्वदक्षिण काखमा अवस्थित नेपालको सुदूरपूर्वी पहाडी भुभाग वास्तवमै प्राकृतिक दृष्टिले रमणीय छ । यहाँको चियाबारी, हरियाली, सानाठूला नदीनाला, पोखरी, मठमन्दिर, पर्वतीय शिखरहरु श्रीअन्तु, सन्दकपूर, सिध्दिथुम्का आदि तथा अन्य प्राकृतिक सुन्दरता आदिले पर्यटकलाई आकर्षण गरिरहेका छन् । प्रकृतिको वरदानको रुपमा रहेको यहाँको उर्वर भूमि एवम् पौरखी कृषकहरूको अथक मेहनतले गर्दा यो ठाउ कृषि उत्पादनमा अग्रणी मानिन्छ । सांस्कृतिक, र प्राकृतिक पक्षहरूमा समृद्ध इलाम ‘’पूर्वी पहाडकी रानी”, नगदेबालीको खानी’जस्ता उपनामले चिनिन्छ । इलाम लाई आठ ‘अ’ को जिल्ला भनेर चिनिने गरेको छ । ‘अ’ को अर्थ अलैंची, अदुवा, अर्थोडक्स चिया, अकबरे खुर्सानी, ओलन, अम्रिसो, आलु र आतिथ्यले परिभाषित गरिन्छ । पर्यटन ,उत्पादन ले जीवन स्तरलाई सुकिलो र मसिनु बनाएको छ।योजना ,परिश्रम ,लगानी र लगनशीलताले यो उचाई चुनेको छ।
नया ठाउँ बास बस्दा तथा घर छोडेको पहिलो दिन अर्को घरमा पाहुना बस्दा निन्द्रा नै लाग्दैन।ओछ्यान फेरिएको हुन्छ।कोठा चोटा फेरिएका कारणले पनि निन्द्रा लाग्न समय लाग्छ।कहिले त वे रात्रि बास कौवा भनेर रात काटनु पर्ने हुन्छ।यस्तो रात निकै लामो लाग्छ।एकातिर पर्यटकीय क्षेत्रमा हेर्ने कुराको कौतुहलता अर्को तिर अनिदो रात ।घरी शौचालय ,घरी पल्टेर ,पानी पिउदै,घरी बसेर ,घडी हेर्दाहेर्दै रातीको बाह्र बजेको हुदो हो।आगनमा अनौठो आवाज आयो।के के बोलेको सुनियो ।चुप लागेर बसे।बिरानो ठाउँ,सबै जना मस्त संग सुतेका।डरलाग्दो आवाज थियो।शंखको आवाज हो वा भोक्कर जस्तो एक छिन पछि अर्को आगनबाट त्यस्तै सुनिदै रह्यो।बाह्र पन्ध्र घर रहेको त्यो टोलमा त्यो आवाज घुम्दा रातको तीन बज्न पुगिसकेको थियो।त्यस्तै भय, सन्सय,कौतुहलताका बिचमा रात बित्यो।
के होला यस्तो आवाज ?मनमा खेली रह्यो।बाहिरी आवाजले प्रभाव पारेका धेरै घटना छन।काँडेखोली देखि तल्लागाउँ काम बिशेषले राति जानु पर्यो।एक्लै जानु पर्ने निर्जन जंगल टर्चलाइट बोकि हिडे घेरै मानिस बोलेको कलरव सुने ।म हिडदै छु मेरो अघि अघि बोलेको सुन्छु ।एक छिनमा रोएको आवाज मेरो कानमा बज्र्यो ।निरन्तर हिडदै गर्दा गाउँ नजिक पुगे त्यस पछि कुकुर भुके अनि म ढुक्क भए।डरको मानसिकतामा मनभ्रमले हलचल मच्चाउन खोज्यो होला ।हाम्रो गाउँ डिक्याआम बाट सामुन्ने पारी पट्टी रहेको गिलासपुरको डाडोमा एउटा राको बलेको देखियो।मैले दाजुलाई देखाए अनि बज्यै लाई के रहेछन भनी हेरिरहेका थियौ राकोको संख्या बढदै गयो।दुई चार दस जति देखिए।त्यै बेला खैरमुणामा स्याल कराए।स्याल संगै एकहोरो स्वरमा एउटा फ्याउरो पनि करायो त्यस्तै फ्याउराको जस्तै स्वर लाग्यो राती कराएको।एक दिनको कुरा हो खलतलमा बसेका थियौ।साझपख खाना खाईवरी बसेका बेला एकाएक शीर्ष जानु पर्ने अवस्था आयो।सल्लोको झरोको राको बनायौ र त्यहाबाट निस्कियौ।बाटोमा हुचिलको क्रन्दन्द सुनियो।हामीहरू कसैले पनि यस्तो आवाज सुनेका थिएनौ ।बाटोभरी त्रस्त बनायो।एक पटक सिमल्टामा राति बस्नु पर्यो ।सिमल्टामा राति निकै हावा चल्ने रहेछ।त्यसैमा नजिकै रहेको महाकाली नदि सुसाउने रहेछ।मलाई सुत्ने भनिएको कोठामा गइ सुत्न पल्टिएको केही समयमा निकै ठुलो आवाज निकालेर हावा चल्यो ठम्याउन नसकिने आवाज नदिको सुसेली हावाको झोक्का रातभर कोलाहलको अवस्था निन्द्रा नै परेन।त्यस्तै एक पटक बर्दियाको डल्ला होमस्टेमा बसेका थियौ।राति बस्तीमा हात्ती पसेछ।पुरै बस्तीमा निकै कोलाहल मच्चियो।कोहि थाल ठटाउन थाले कोहि ढोल दमाहा बजाउदै हल्ला गर्न लागे हल्लै हल्लामा रात बित्यो।थाल,ढोलको मात्र आवाज सुनिने भयो।मनमा डर पस्यो।के हो सन्त्रासको बाताबरण ।त्यस्तै एक पटक माडिको गर्दी लछमुनियामा राति बस्नु पर्ने भयो।बाली खान आउने बँदेल लखेटन खेतको छेउतिर टिन बाधेका उक्त टिनलाई घरबाटै डोरी लगाइएको र घरबाटै बजाउने रहेछन।ठिक निन्द्राले च्याप्नै लाग्ने बेला टिन ठटाएको आवाजले तर्साउन लाग्यो।पालैपालो घरका मानिसले टिन ठटाउने रहेछन त्यस्तै आवाजले राति तर्साउन सम्म तर्सायो ।कुनै अनुमान नै गर्न सकिएन।यो आवाज फ्याउरोको हो कि हुचिलको,स्यालै कराएका हुन कि कुनै अन्य विभिन्न अडकल अनुमानमा रुमल्लिदै रात सकियो।
चराको चिरबिर संगै आएको बिहानी संगै हाम्रो जिज्ञासाको समाधान पाउने आशमा नित्यकर्म सिद्ध्याएर कोठामा बसेको बेला चिया ल्याएर आउने बाबुलाई रातिको आवाज के को थियो सोधे ।तिनलाई केही थाहा रहेनछ ।मैले मात्र सुनेको रहेछु कि कुनै दैविय परिघटना हो कि? भूतप्रेत भन्थे कहि भूत नै आएको रहेछ कि? कौतुहलता झन बढन लाग्यो।चिया दिएर भित्र गएर बाबुले कुरा उठाएछन रातिको आवाजका बिषयमा ।फेरि लगाउने जोगी हो राति आएको भन्ने कुरा आयो।मृगको सिङलाई बजाउने ,सहकाल,उब्जनी बढने,पानी पर्ने कुरा गर्दै मध्यरातमा जोगीले फेरि लगाउने रहेछ।राति पुगेको फेरि लगाएको घरमा दिउँसो जोगी आउने अन्न, रुपैया दिनु पर्ने प्रचलन रहेछ।जोगी अलख जगाएर औसी ,पुर्णिामा ,संक्रान्तीमा भिक्षा मागेको त देखिएको सुनिएको थियो तर यसरी राति घर घर कोलाहल गरेर शंखको जस्तो स्वर निस्कने गरि सिङ बजाउने प्रचलन नौलो नै लाग्यो।यहाँका लागि नौलो रहेनछ।हुनत कहिको बोली कहिको गाली हुन्छ भन्छन। त्यस्तै कतैको चलन अर्काको लागि अब्यबहारिक पनि हुन्छ होला ।मेरा लागि राति तर्साउने चलनका रूपमा लाग्यो।
पुरानो परम्परा हेर्दै जाने हो भने माग्ने विभिन्न विधि पाइन्छन।भदौमा भाण जातिका ले गिठाको बेलालाई शरीर भरी बेरेर माग्ने,जौका पात घरघरमा पुर्याई माघका महिनामा त्यार वाणो माग्ने।ओल्को दिई भदौ सक्रान्तीका दिन माग्ने।आफुले निर्माण गरेका सामग्री दिई सो बाफत बैकर लिने गरिन्छ।ब्राह्मणहरुले निसरा माग्ने गरेको पाईन्छ। उपभोग्य सामग्री निर्माण गरे बाफत खानुमानो दिने गरिछ।यस्तै सामाजिक सदभावका रुपमा रहेका उत्पादनहरुको साटासाट गर्ने प्रचलन सबै समुदायमा रहेका हुन्छन।पुरानो समय देखि चलेको चलन मध्ये स्थापित परम्परा फेरि लगाउने चलेको छ।घरघरमा पुग्ने, मृगको सिङ बजाउने ,बालीनालीको संरक्षण र सहकालका लागि फेरि लगाउने चलन रहेछ।मैले राति तर्सिएको प्रसंगका जोगी आगनमा आईपुगे।घरका सबैले फ़ेरि लगाउदा पाहुना तर्सिएका बताए।त्यहाँ बाट दिनु पर्ने चीजबीज दिए।जोगी देखिए,जोगी संग रहेको राति बजाउने सिङ पनि हेरियो।फेरि लाउने जोगी।
परशुराम १२ डडेल्धुरा