कथा: बैद्यको गाउ

 उनलाई सबैले वैद्य भनेर चिन्दछ।राधाकृष्ण भनी कसैले भन्दैनन।उनको परिचय नै बनिसकेको छ बैद्य।वैद्यको छोरा,छोरी,भनी भन्ने गरिएको हुन्छन।वैद्यको घर,वैद्यकी श्रीमतीले सम्बोधन गर्ने गर्छन।पहिला पहिला बिरामीले आफ्नै घरमा बोलाउथे,सल्लाह लिने,झारफुक गराउने ,औषधि माग्नेको लाइन लागेको हुन्थ्यो ।मानिसमा वैद्य,झारफुक,जडिबुटीका प्रतिको बिश्वास जिवन्त छ।कैयौ अस्पताल धाए ,धेरै डाक्टर भेटे स्वास्थ्य चौकी देखि राजधानीका नाम चलेका अस्पताल पुर्‍याए ठिक भएन झारफुकले  केही हुन्छकी भनी आएको छु भन्छन।अहिलेको आधुनिक पद्धतिमा फोनबाट पनि भेद गर्ने गरेका छन।बैद्यको घरमै उपचार शुरु भएको छ।राधाकृष्ण आरोग्य केन्द्र स्थापना गरिएको छ।उपचारका विभिन्न बिधिको प्रयोग गरिन्छ।सबै किसिमका बिरामी पुगेका हुन्थे।पालो पर्खेर बस्नु पर्नेमा हुन्छन।बिहानै नित्यकर्म सकेर योग गराइन्थ्यो। डाक्टरले वार्डमा बिरामी जाछे जस्तै आवासीय रुपमा बसेका बिरामी हेर्थे सबैको अवस्था बुझेर थप उपचारका औषधि मुलोको ब्यवस्थापन गरिन्थ्यो।दस बजे पछि नया बिरामी संग परामर्श गरिन्थ्यो।नया बिरामीको नाडी हेर्ने,बिरामको प्रकृति अध्ययन गरि थप सल्लाह दिइन्थ्यो।आवासीय रुपमा बसेर उपचार गर्नु पर्ने र तत्काल जडिबुटी लिइ जानु पर्ने छुट्याइन्थे।दिउँसो दुई बजे तिर वैद्य स्वयं आफै र सोही कार्यका लागि राखिएका सहयोगी लगाएर चल बैरा,भाग बैरा,नास्तिजा भनेर झारफुक गरिन्थ्यो।वैद्यशाला भन्दा पनि प्राकृतिक चिकित्सालय जस्तै थियो।राधाकृष्ण आरोग्य केन्द्र नामाकरण गरिएको थियो।धेरै मानिस त अस्पताल नै भन्ने गर्थे।राधाकृष्ण डाक्टर भनेर पनि भन्ने गर्दथे।बैद्यको घरमा जडिबुटी पनि संकलन गरिएकै हुन्थ्यो।बाहिर पट्टी नाम लेखेर राखेका थिए प्लास्टिकका थैलामा।हरियो औषधि दिनेमा आफै खोज्न जान्थे।धेरैको भेद खुल्छ भनी गोप्य रुपमा छुपाएर टिप्थे।तीतेपाती, गुर्जो,हरो ,वरो ,अमला ,आदि सबैले जानेका जडिबुटी पनि सन्चय गरिएकै थिए। अनेक कक्ष बनाएका थिए।मन्त्र,औषधि ,उपचार पद्धति सबै प्रक्रिया गरिन्थे।
     राधाकृष्णले कहि औपचारिक अध्ययन बाट सिकेका थिएनन।यो स्वाअध्ययनले सिकाएको हो।एक चोटि बाथ को समस्याले थला परे।बाहिर भित्र जान नसक्ने अवस्था मा रहेका बेला नयाखेत बस्ने जनक बैद्यको घरमा जाने सल्लाह पाएछन।थला परि बसेका बेला भेटन आउने हरेक मानिस केहिन केही सल्लाह दिएकै हुन्थे।सायद आफै डाक्टर ,वैद्य भए जस्तै गरि यस्तो खाने,यस्तो मालिस गर्ने,तथा अन्य उपचार पद्धतिको सुझाव दिने गर्थे।आफुलाई भएको यसरी ठिक भएको हो भन्ने पनि आउथे।प्रत्येकले केही न केही भनेकै हुन्थे।यसरी सल्लाह दिने नै गरिएको हुन्छ।
      सल्लाह दिने क्रममा गंगादत्तजीले योग गर्ने सुझाव दिएका थिए।अष्टाङ्ग योगका बिषयमा लामो चर्चा नै गरेका थिए।आसन,प्रणायाम मात्रै गरे पनि बिसेक हुने बताए।आफुलाई पनि यस्तै समस्या भएको र योग कै कारणले ठिक भएको भनी सल्लाह दिएका थिए।
गंगादत्तजीले सिकाएको योग पुर्विय दर्शनमा योग दर्शनका प्रणेता महर्षि पतञ्जलिबाट प्रतिपादित गरिएको थियो।महर्षि पतञ्जलिबाट प्रतिपादित दर्शन लाई योगॠषि रामदेवजीले लोक ब्यवहारमा पुर्‍याउनु भएको तथ्य पनि जानकारी भयो।योगश्चित्तवृत्तिनिरोधः

भनिएको छ।योग दर्शनका यम,नियम,आसन,प्रणायाम, प्रत्याहार, ध्यान,धारणा र समाधी यी योगका आठ अङ्ग हुन ।आदि इत्यादी कुरा गंगादत्तजी बाट बुझिए।जनक वैद्य सिकाएका मन्त्र,औषधिको जडिबुटीको भेद,गंगाद्त्त ले सिकाएको योगका आसन,प्रणायामहरु आफ्नो जीवन का लागि मात्र नभइ सयौ मानिसको जीवन संग जोडिएको छ।जीवन उपयोगी योगका बारेमा बुझ्ने मौका मिल्यो साथै आसन,प्रणायामको अभ्यास नै गरेर सिकियो ।तिनै सिकेका कुरा अहिले ब्यवहारमा काम आएका छन।
  राधाकृष्ण आरोग्य कन्द्रमा बिहानै योगको कक्षा सञ्चालन हुन्छ।औपचारिक रूपमा पतञ्जलि योग पीठले बनाएको पद्धतिमा योगको कक्षा चल्दछ।कहिले स्वयं राधाकृष्ण प्रशिक्षक बनेका हुन्छन भने कहिले पतञ्जलि संग जोडिएका प्रशिक्षकले प्रशिक्षण गर्नु हुन्छ।गायत्री मन्त्र गोप्य राख्नु पर्छ भन्ने रुढिगत मानसिकता थियो।ब्रतवन्ध गरिदा पिपलको पातमा नारिवल बेरेर शंख,घण्ट बजाई अरुले नसुन्ने गरि गायत्रीमन्त्र सुनाइन्थ्यो।ॐको ध्वनि संग गायत्री मन्त्र आम मान्छेले भन्ने र त्यस बाट प्राप्त हुने लाभ लिन सक्ने अवस्था बनेको छ।यसको प्रयोग आम रूपमा गरिएको छ।जसले सामाजिक रुपान्तरणमा सनेत जोड दिइएको पाइन्छ।
पतञ्जलिले योग अभ्यासको बनाएको नियमलाई राधाकृष्ण आरोग्य केन्द्रमा प्रयोगमा ल्याइएको हुन्छ।
उपचारको प्रयोग हुने पद्धतिमा स्नानको पनि अभ्यास गरिन्थ्यो ।माटोले शरीरमा लेपन गरेर गरिने मितृका स्नान,बर्षाको पानीमा खुला चौरमा गइ गरिने दिब्य स्नान ,खरानी लेपन गरि भष्म स्नान गराइन्थे।वाफरो लगाउने बिधिले स्टिम वाथ पनि गराइन्थ्यो।प्लास्टिकको केतुली ले एक नाक बाट भित्र हाली अर्को बाहिर निकाल्ने पद्धतिका रुपमा बिकसित नेति पिनासका बिरामीका लागि निकै उपयोगी मानिन्छ।जल, सुत्र,घृत,दुग्ध नेतिको अभ्यास गराइन्थ्यो।झारफुक,उपचार, अभ्यास गराउदा ,
राधाकृष्ण एकदम सचेत र सतर्क पनि थिए।राम्ररी जानेका थिए कच्चा बैद्यको मात्रा यमपुरीको यात्रा भन्ने कुरा।हरेक उपचारमा ग्यारेन्टी नै त भन्न सकिन्न मैले जाने बुझे सम्मको प्रयास गर्छु भनी काम गर्थे।
      दलेकी श्रीमती बिन्नरी बिरामीले थला परि ।घरमा सक्दो सेकापोका गरियो।नुन पानीले सेक्ने,लसुन तेलमा राखेर तताइ उक्त तेलले मालिस गर्ने दलेलाई सम्झना भएका सबै विधि अपनाएर घरेलु उपचार गरि रहे ।बिसेक भएन।जन्तरे काका भेटन आएका थिए।सानोतिनो बिराममा जन्तर बाध्ने काम काम गर्थे बिन्नरी को उपचारमा जन्तर बाध्न टुनामुना गरेर ठिक पार्छु भनी जन्तरे काका लागि परे।जन्तर बाध्ने भएकाले जन्तरे काका भन्छन सबैले।साइनो त अरुनै लाग्ने भए पनि सबैले काका नै भन्छन।वास्तविक नाउ कसैले जान्दैनन जन्तरे जन्तरे भन्छन।भेटन आउने सबै आआफ्नो सल्लाह सुझाउछन।बिष्णुदाई आउनु भएको थियो।देशको प्रधानमन्त्री नै कोराना समयमा बेसार पानी खाने, हाछिउ गर्ने र कोरना ठिक भैहाल्छ भनी सल्लाह दिन्थे हामी पनि त्यस्तै सल्लाह दिउ न भनी केही सुझाएर गए।
घामीहरु बसाएर खली लगाउने एउटाले सल्लाह दिए।देवताले मागेको पुरा गरुला मेरा पुर्वजले गरेको भाकल चढाउला,सबै ब्यहोरा सहुला बुझाउला भनी हरियो पातमा बेरी पचास रुपैया र एउटा फुल उचाइनो राखियो।गाउँमा निकै चर्चामा रहेका धामी बोलाए ।रात भरी आगनमा धुनी जगाएर धामी बसाएर देवताको छलफल भयो।कुल देवता रिसाएकाले सत्यनारायणको पाठ गराउने,निसान चढाउने,गाई गौदान सुन शुद्धती गर्नु पर्ने निष्कर्ष निस्क्यो।त्यही अनुरुप गर्ने लागे झण्डै महिना लगाएर तोकिएको कार्य त पूरा गरे तर बिसको उन्नाइस भएन।काया शुद्धी का लागि तीर्थ नुहाउन लैजानु पर्ने भनिए अनुसार हरिद्वार ,प्रयागराज सपरिवार पुगे ।गंगोत्री गएर जल ल्याई कुल देवतालाई अभिषेक गरियो ।कुनै सीप चलेन,बिसेक भएन।धामी,देवता,झारफुक गर्दा गर्दै स्वास्थ चौकी ,नजिकैकोअस्पताल समेत पुर्‍याइयो। केही समय अराम लागे जस्तो हुँदै पुनः जस्ताको त्यस्तै  भयो।राति सपनाहरू पनि नराम्रा नराम्रा देखिन्थे ।कसैलाई भन्दैनथे।एक रात धेरै नराम्रो सपना देखियो पुरानो मान्यता अनुसार नराम्रो सपना कस्यप गोत्रीलाई सुनाउनु भने जस्तै कस्यप गोत्र भएका धनपतिको घरमा गए।भालाकुसारी भयो ।श्रीमती बिरामी भएकी कुनै सीप नलागेको बताए।त्यसै बेला राति देखिएको अनौ?सपना पनि सुनाए ।दलेको समस्या सुनेका धनपतिले राधाकृष्ण आरोग्य केन्द्र जाने सल्लाह दिए।सके सम्मको उपचार गरेर थकित भएका दले विन्नरीलाई लगेर राधाकृष्ण आरोग्य केन्द्र पुगे।आवासीय रूपमा उपचार गर्न लागे।उपचार का क्रममा प्रयोग गरिने तन्त्र मन्त्रमा गहिरिएर बिचार गरे।वैद्यले बेली बिस्तार सहित मत्र भन्दा रहेछन।हंकारी,हंकारी का जाने हंकारी मलै लेकका धुरा जानौ,मलै लेकका धुरा जाई क्यादेहोइ ,गोल बोकड बाल्लौ,गोल बोकड बाली क्यादेहोइ,खलात आफर बाल्लौ,खलात आफर बाली क्यादेहोइ छुरा काद्या हु,छुरा कारी क्यादेहोइ,यै रोग कि झाल काटौ ताल काटौ, झाल काटी ताल काटी सात समुद्र पार फालौ।चल बैरा भाग बैरा नास्ती जा भन्दै झारफुक शुरु गरे।सबैको जस्तै नियमित प्रक्रियामा सामेल भए,दले बिन्नरीहरु। योगा, विविध प्रकृतिको स्नान,जडिबुटीको सेवन, झारफुक यावत टन्टघण्टमा सामेल भए केही बिसेक भयो ।दुई दिनको बसाई पछि वैद्य राधाकृष्ण शर्माले धेरै त भग्यले पनि ठिक हुन्छन् केहिलाई जडिबुटी झारफुकले काम गर्छ।दले तिमी आफ्नो पत्नी शहरको राम्रो अस्पतालमा लैजाउ ठिक हुन्छिन।उपचारको लामो शृङ्खलामा दलेले हरेक मानिस वैद्य पाए।समस्या सुन्दा केही न केही सुझाव दिई हाल्ने पाए।लाग्यो बैध नै बैद्यको गाउँ रहेछ उसको गाउँ।


परशुराम १२ डडेल्धुरा 

You might also like