हरेक साझ कुटाइ खान्छे उसको पत्नी धर्म हो।पतिलाई भगवान भनिएका रक्सीले मातेर होसबिहोस भएर घर पुग्छन।नानाथरी कुरा गर्दै रडाको मच्चाउछन एक शब्द बोल्ने बितिक्कै फायर पटके जस्तै पडकिन्छन । अघाउने गरि गाली र निल डाम हुने गरि कुटाइ खाएर पनि खुट्टा तेल लगाउन हात गोडा मिच्न छोडेकी छैन बिनिताले।त्यो उसको नारी धर्म हो।जस्तै भए पनि बुबाले वाग्दान गरि पाले पुण्य मारे पाप भनी सुम्पिए पछि भएकैलाई ब्यवस्थापन गर्न बाहेक बिकल्प पनि थिएन ।एक दिन कहि हार गुहार गर्ने फ़ेरि त्यही लोग्ने,त्यही घर।बुहारीले थेग्नु पर्ने घर पहाड जत्तिकै हुन्छ।बिनिता सामाजिक परम्परामा दुलही भएर यो घरमा भित्रीएकि थिइन।पुम्दीका वराल घराना कै हुन भनेर बिनिताका बुबाले छोरी दिएका थिए।घर ब्यवस्था राम्रै थियो।पोखरा को वागबजारमा कपडाको पसल थियो।रामप्रसाद बराल प्रतिष्ठित ब्यापारी थिए।उहिले कास्कीकोटको राजाले ब्यापार गर्न भक्तपुरका नेवार ल्याएर स्थापना गरेको थियो।त्यति बेलाको पोखरा भनेकै अहिलेको गणेशटोल, भैरवटोल, रामकृष्ण टोलमात्र थियो।  दक्षिण मोहोडा भएका लस्करै परेका घरहरू थिए । ढुंगामाटोको गारो कसैका ढुङ्गाको सिलेटको छानो त कुनै खरको छानो । माथि अन्नपूर्ण हिमाल टलक्क टल्केको त्यसैमा फेवाताल मा माछापुच्छ्रे छया देखिने। तल सेती नदी पोखरा भरी पृथ्वीको पेटमा भासिदै गएको । नदीमाथि बाँसका भाटाहरू जोरजाम गरेर बनाइएको साघुरो काठेसाँघु थियो । त्यही साँघु कटेपछि बजार पुगिन्थ्यो वगर भनेर चिनिन्थ्यो ।त्यही बागबजार  बजार भन्नु पनि उही खरकै छानाका घरको लस्कर थियो । तिनै पसलहरु मध्येको कपडाको पसल थियो रामप्रसाद बरालको।बागबजारमा काउडाडाका काफ्ले,बस्ताकोटका बस्ताकोटी सारनकोट का पौडेल,घिमिरे ,ढुङ्गनाहरुले पनि ब्यापार गरेका थिए ।पुस्तौ देखिका ब्यापारी त्यसैमा बिरौटा तिर मसिनो धान फल्ने खेत हुने खाने परिवार पोखरामा तीन घर तीन बिगाहा जग्गा निकै सम्पन्नमा रहेको परिवार भित्र भुसको आगो।
      खोलियो बैदाने ताल,बाझो रयो चौरासे बिरुवा।बैदान खोलामा बाध बधिएर ताल बनाए पछि छेउछाउ को खेत खेत रहेन पर्यटकको आगनी भयो।रामप्रसादको वरालको एक्लो छोरा वीरेन्द्र बिदेश बसेर पनि दिन चर्या चलाउन सक्थे।कसैको जस्तो भोटोटोपीको समस्या थिएन।उहिले जस्तै घास काटेर ,कुटो कोदालो गरि खानु पर्ने थिएन।पोखरा आफैमा सुकिलो ,मसिनु भैसकेको थियो।काउको डाडा,शान्तिदिप,भलम फाट,नौडाडा, कास्कीकोट शहरकै सेरोफेरोमा जोडिएका थिए।प्रकृतिले पनि सिगारेकै हो पोखरा।
      सुन्दर नगरीका परेवा जोडि जस्तै वीरेन्द्र र बिनिता ससानो खटपटले महाभारत मच्चिएको थियो।हुनत हरेक  कार्तिक पहिलो मंगलवार,जेष्ठ को पहिलो मंगलबार पुम्दीकोट पुगि बोको भुमेलाई र माईलाई पाठी काटेकै छन।बाराहीमा पुजा गरेकै छन।भैरवको पुजा गरेकै छन।बिन्धवासिनीमा लाख बत्ति हरेक पर्वमा बालेकै हुन्छन।भुमे कालिकाको सारनकोटमा पुजा लगाएकै हुन्छन।मनमा शान्ति छैन भने कहि पाइदैन।आकाश माथि खोजे पनि ,पात्ताल गएर पनि अमन चयन मिल्दैन।
      बिरौटा बजार राम मन्दिर छेउको काफ्ले चिया पसल मा बसेकाहरु चिया पिउदै गफ गर्दै थिए।सायद रामप्रसादका छोरा बुहारी पारपाचुके गर्दैछन क्या हो, एउटाले भन्यो।सम्बन्धबिच्छेदका घटना धेरै बढदैछन अर्कोले थप्यो।छोडने,जोडने नया नया तरिका आइसके तेस्रोले थप्दै गयो।हेरन यै मन्दिरमा दिनमा चारपाँच बिबाह हुन्छन त्यसमा बढी भन्दा बढी अबैध अर्कोले वेलि बिस्तार लगायो।बिबाह त सामाजिक संस्कार हो तर यो पनि ब्यापार भयो।यस्तै चिया गफ चल्छन काफ्ले चिया पसलमा।गफमै प्रसंग आयो गर्भपतनको हरेक अस्पताल गर्भपतनका केन्द्र भएका छन एउटाले भन्यो।अविवाहितहरु बढी हुन्छन एबोर्सन गर्ने हरु अर्कोले थप्यो।आजकाल छोराछोरी हुर्काउन, बढाउन,पढाउन भन्दा पनि कुलत,दुर्व्यशनबाट बाट बचाउन सक्नु ठुलो चुनौती भएको छ तेस्रोले कुरा थप्यो।चिया गफमै सामेल भए राम मन्दिरका पुजारी देवशरण गुरु।मन्दिरमा बिबाहका लागि दैनिक छ सात जोडिको कम्तिमा बिबाह गरिन्छ।साच्चै सामाजिक परम्परामा हुने विवाह कहिले काहिँ एकदुई होलान अरु सबै जाली प्रकृतिका हुन्छन।अष्ट्रेलिया जानलाई मात्र बिबाह गर्ने बिबाहको फोटो भिडियो चाहिने भएकाले मात्र प्रक्रिया मात्र गरिएको हो।जापान जानु पर्ने भएकाले औपचारिक रुपमा दर्ता र फोटो पेश गर्न बिबाह गर्न गरिएको हो।दिलबहादुर श्रीमती सहित अष्ट्रेलिया  बस्दै आएका थिए।श्रीमती संग डिभोर्सको कागज गरि घर आएका छन।रेसिडेन्ट भिसामा बस्दै आएका दिलबहादुर बिबाह गरि नवदुलही सहित अष्ट्रेलिया जानका लागि कोदेका लालबहादुर कि छोरी संग बिबाहको कुरा भयो अष्ट्रेलिया पुगे पछि छुट्टाछुट्टै बस्ने आआफ्ना काममा लाग्ने जान मध्यस्थता गरे बाफत छ लाख बुझाउनु पर्ने अन्य सबै लालबहादुर कै हुने गरि बिन्दुको बिबाह भएको थियो।बिबाहको छिनोफानो का लागि पनि ठुला ब्यापारीक दलाल जत्तिकै दलाल पनि काम गरि रहेका छन।बिदेश जानका लागि बिबाह ,गर्भ बसिसकेको के गर्नु फाल्न पनि अनुकुल भएन अन्ततः अविवाहित केटो पाइयो अलि ब्यवस्थापन गरेर बिबाह गर्नै पर्ने अवस्था आयो।अक्सर मन्दिरमा आउने बिबाह यस्तै प्रवृत्तिका रहेका छन।
              यस्तै गफ चल्ने मात्र होइन साच्चै हुने गरेका प्रतिनिधि घटना हुन चोकमा चर्चा हुने।गुपचुप त कति छन कति।बाहिर आएका गम्भीर प्रकृतिका घटना हुन यी त।आज समाज नियन्त्रण भन्दा बाहिर गइसक्यो।बिकृती दिनप्रतिदिन नया स्वरुपमा देखिदै छ।सामान्यबाट जघन्य हुदैछ,सरलबाट जटिल बन्दैछ।शहरीकरणको प्रभावले निमत्याएका केही गम्भीर प्रकृतिका सवाल देखिदैछन जसले ठुलठुला अपराध सृजना गरिदैछ।हरेकलाई छोराछोरीको चरित्र कसरी बचाउने अहम प्रश्न बनेको छ।सम्हाल्नै कठिन भैसकेको छ।लिभिङटुगेदरका नाममा त्यस्तै बिकृती छ।बर्षौ संगै बस्छन पारिवारिक रूपमा हुने सबै क्रियाकलाप गरेकै हुन्छन।मन मिल्दा ठिकै हुन्छ सायद मन मिलेन बलात्कार भनिन्छ।असल नियत धेरै कम मानिसमा पाईन्छ।अधिकांशमा आपराधिक मानसिकता देखिन्छ।
    पोखरामा मात्र देशका अन्य ठाउमा फोटो बिबाह निकै चलेको छ।सरल रुपले भन्छन बिदेश जाने प्रक्रियाका लागि मात्र हो।बिबाह गरेको फोटो, भिडियो सहित चाहिने भएकाले गरिएको हो खुलमखुला भनेरै सामाजिक सदभाव बिपरित क्रियाकलाप हुदैछन।शहरका अधिकांश मन्दिरमा यस्तै नक्कली फोटो बिबाह निकै हुने गरेका छन।कसैका लागि त राम्रो भैराखेको होला तर नेपाली समाजमा यसको निकै ठुलोअसर पर्न जाने अवस्था छ।हरेक वकिल संग सम्बन्धबिच्छेदका मुद्दा आउछन।अदालतमा प्रतेक दिन सम्बन्धबिच्छेदका मुद्दा दर्ता,पेसि राख्ने,फैसला गरिने कार्य सुचीमा परेका हुन्छन।वडाले बिबाह दर्ता गर्दाका निकै सतर्कता अपनाउनु पर्ने छ तर त्यो हुन सकेको छैन।सम्बन्ध बिच्छेदको अदालतको फौसला ल्याएर आउदा दर्ता गर्नु नै पर्‍यो।त्यै गरि दुलहा दुलही आएर सुचना दिएमा बिहा दर्ता गर्नु नै पर्‍यो।प्रशासनिक,कानुनको कागज र फोटो देखाइ गरिन लागेका क्रियाकलापले सामाजिक सदभाव खलवलाई रहेको छ।
           बिबाह पछि दुई फरक परिवारका सदस्य एक दम्पती का रूपमा एउटा परिवारको निर्माण हुन्छ।दम्पती भनेको एकअर्काको आड भरोसा हो। एकअर्काको दुखसुखका साझेदार हुन जसले गर्दा एकअर्कामा प्रेम र विश्वासको वातावरण निर्माण भएको हुन्छ। पतिपत्नी बीचको यहि प्रेम, विश्वास, भरोसा, आत्मियता, समझदारी आदिले सम्बन्ध बलियो भएको हुन्छ ।
पति र पत्नीबीच सम्बन्ध सुमधुर र दिगो भयो भने नै उनीहरुको पारिवारिक जीवन सुखमय हुन्छ। त्यती मात्र होइन्, उनीहरुका छोराछोरी, शाखा-सन्तान, इष्टमित्र, समाजको आपसी सम्बन्ध बलियो बन्न जान्छ । समाजले पनि त्यही अपेक्षा गरेको हुन्छ।परिवार भत्कियोस भनी कुनै समाज भन्दैन।आधुनिकताका नाममा सामाजिक संरचना र सदभाव भत्कदैछ।
        पोखराको पृथ्वी चोकका  प्रमोद अधिकारी नया पत्नी र ससुरालीको समन्वयमा दलाल मार्फत  जापान हुँदै अष्ट्रेलिया छिरेका थिए।अस्ति सोमबार साँझ लामो भिडियो फेसबुकमा पोष्ट गरेर पत्नीसहित सम्पूर्ण ससुराली खलकलाई दोष लगाए र आत्महत्याको योजना सुनाए । साथीभाइले थाहा पाएर उनलाई अकाल मर्न बाट बचाए।बिदेशमा नेपालीकोआत्महत्या दर बढिरहेको बेला पारपाचुकेको संख्या पनि डरलाग्दो देखिएको छ । जहाँ कृतिम परिवार बनाएर नेपाली गएका छन त्यहाका अदालतमा हरेक दिनजसो नेपाली डिभोर्सको मुद्दा लिएर पुगेका छन् । यसका लागि पतिपत्नी मात्र दोषी नभएर दलालहरु पनि उत्तिकै हात रहेको छ । ‘डिभोर्स गरौं, आनन्दले जीवन बाँचौं’ भन्दै सामाजिक सञ्जाल मार्फत सूचना गर्ने गरेका छन।
बाहिरको अवस्था जे जस्तो भए पनि बिदेश जानेको आकर्षक भने घटेको छैन।
बिरौटाको चिया गफ चलिरहेका बेला एक जना अधबैसे आउछन र भन्छन कि मेरी छोरीको अष्ट्रेलिया जाने निकै ठुलो धोको थियो।मुस्किलले बिहा गरिदिने आफन्त पाएको छु।कागजपत्र मिलाउन जन्तीको संख्या कम भएको छ यहाँ हरु गएर अलि बढी संख्या देखाई दिनु पर्‍यो ।निकै हारगुहार गरे पछि केही गफाडी त गए धेरैले जान मानेन कहि मुद्दा मामला भयो भने कानुनको कठघरामा उभिनु पर्ने हुन्छ।
  वीरेन्द्र पनि बिनिता संग पारपाचुके गर्न चाहन्छन।उसका साथीहरू पनि त्यही सल्लाह दिन्छन।बिदेशमा बस्ने जेनीले पोखरा आउने र फोटो बिहा गरि लैजाने र त्यहा पुग्ने बितिक्कै पारपाचुके गर्ने लिभिङटुगेदरमा बस्ने मेसेज गरेकी छन।त्यस म्यासेज पछि झन पिउन थालेको छ।रडाको मच्चाउन लागेको छ।घर सम्हालेर होइन डलर ल्याएर उन्नति गर्नु छ भन्ने मानसिकताको बिकास भएको छ।सुन्दर फुलवारीमा आगो लगाइदैछ।बिदेशको रहरले नेपाली समाज बरबाद हुदैछ।कोहि पढाई संगै आकर्षक नोकरीको लोभमा ,कोही युरोप ,अमेरिका,अष्ट्रेलियाको आनन्द का लागि विभिन्न माध्यम खोज्दैछन।कसैले धर्म नै त्यागेर भए पनि जाने योजना बनाएका छन भने कोही  परिवार त्याग्दै छन।कुनै फोटो बिहा मार्फत जाने योजनामा छन।


परशुराम १२ डडेल्धुरा