न त कसैका पछि बा भनेर लागे,

न त कसैका पछाडी दा भनेर लागे ,

किनकि दुबै जना घर्मै थिये !

जिन्दावाद र मुर्दाबाद पनि भनिन ,

किनकी उनिहरु जीउँदै देखे,

राम्रो लाई फटाहा भन्न सकिन,

फटाहा लाई राम्रो भन्न सकिन,

दुनियाँ ले मुर्ख भन्ला कि भनेर डराए !

न त कसैलाइ मार्न सके ,

न त कसैलाई लुट्न सके,

राज्यमा कानुन छ भनेर डराए!

 तर

कैले बा भन्ने मन्त्री भए ,

कैले दा भन्ने मन्त्री भए,

मुर्दाबाद र जिन्दावाद भन्नेहरू काम नगरी खाएका छन !

हत्यारा बलत्कारि लुटेरा ले

 ठुला महलबाट राज गरेका छन !

  यहाँ 

खाडिमा र खेतमा भयेका दाजुभाइलाई

 कसैले चिन्दैनन ,

हामिले जिताएकाले हाम्रो गाउँ चिन्दैनन !

 अब

 सायद मेरो मत पसिना को मूल्य चिन्ने लाई थियो होला विस्वास छ ,

अवमूल्यन हुदैन भन्नेमा

मेरो मत खाडिको दुख र खेतको परिश्रम बुझेकोलाइ थियो होला उपहास हुने छैन 

नेताले जिते पार्टीले जिते 

जनता र देश जितेको हेर्न चाहन्छु र 

फेरि पनि भन्छु जय जनता !!

जय जनता !!

भागेश्वर २ लेकुडा,डडेल्धुरा