
सामाजिक विकास को क्षेत्रमा कही कतै अनी केही समय संगसंगै हिनेको जस्तो लाग्छ यकिन भने हुन सकेन तर कहिले काही अवस्य भेट भएकै हो कल्पना दिदि संग र जहाँ सम्म मलाई याद छ मैले दिदि भनेर नै सम्मान गरे कल्पना दिदि लाई ।
समय परिवर्तनशिल छ त्यसैले समय ले मानिस लाई जहा जहा पुगाउछ त्यता जानै पर्ने नियति नै हो । यसै क्रममा हामीहरु को कहाँ गयौँ ? हामी मा के विते ? कति शुख आए ? कति दुखः ले हामी लाई लखेट्यो ? जसको भाग्यमा जे थियो त्यो भोगियो होला ।
कहिले हो कुन्नी कल्पना दिदिको एउटा पुस्तक प्रकासन भएको थियो । केही हरफ पढे …………..कथा संग्रह जस्तै थियो तर एकित थाहा छैन त्यो किताव उपन्यास थियो या कथा संग्रह ? तर पनि साहित्यकार दिदि कल्पनाको साहित्य पनि पढ्ने अवसर मिलेको थियो तर कति साल तिरको कुरा हो ?एकिन मिति याद छैन….धुमिल सम्झना मात्र छ तर एउटा कुरो पक्का चाही के हो भने कल्पना दिदि साहित्यकार पनि हुन ।

धेरै पछि खै कसरी ? दिदि संग सामिप्यता बढ्यो । दिदि संग प्रत्यक्ष भेट हुन नसके पनि सामाजिक संञ्जालहरुमा दिदिको बारेमा पढ्न र जान्ने अवसर मिल्यो । दिदिले गर्नुभएको उदाहरणीय कामले एका तिर दिदि प्रति गौरवान्वित बनाउथ्यो भने अर्काे तिर दिदिको अदम्य शाहस देखेर भावुक बनाउथ्यो भने आफु प्रति हेरेर खिन्नता ? पुरुष प्रधान देश भनेर हरेक कुरामा पुरुष लाई ठुलो बनाईने समाजमा दिदि ले जति काम गर्नुभएको छ त्यसको एक सिन्का बरावर पनि काम गर्ने सकिरहेको छैन भनेर खिन्नता हुनु पनि स्वभावलै हो ।
सामाजिक विकासको क्षेत्रमा करिव एक दर्जन बर्ष विताउनुभएको कल्पना दिदिको लागी आकर्षक तलव तथा सुविधा सहितको राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थामा काम गर्ने अवसर खुलै थियो । राजनितिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर डिग्रि हासिल गर्नुभएको कल्पना दिदि लाई प्राज्ञिक क्षेत्रमा पनि राम्रै अवसर थियो । तर सारा अवसर र सम्भावनाहरु लाई तिलान्जली दिएर निश्वास्र्थ रुपमा समाजसेवामा आफुलाई समर्पण गरेको देख्दा लाग्यो कल्पना दिदि बास्तव मै कल्पना भन्दा बाहिरको कल्पना हुन ।
कुनै बेला सरकारी अधिकृत बन्ने सपना सजाउनुभएको कल्पना दिदि लाई सरकारी अधिकृत बन्ने सपना भन्दा ठुलो सडकका बेसहरा महिला र वालवालीकाहरुको स्याहार सुसार ठुलो लाग्यो र उनिहरुको पालनपोषण ठुलो लाग्यो र छा्ड्नु भयो सरकारी अधिकृत बन्ने सपना र सजाउनु भयो दृष्टि फाउण्डेसनको सपना । हो त्यही कल्पना दिदिले परिकल्पना गर्नु भएको सपना हो दृष्टि फाउण्डेसन जहा सयौ बेवारिस महिलाहरुले आश्रय पाएका छन र कैयौँ बेसहाराहरुको पारिवारिक पुनर्मिलन गराईदिएको छ ।
बेवारिसे वालवालिका तथा महिलाहरुको दुख देख्न नसकेर उनिहरुको पालनपोषण तथा स्याहार गर्ने उद्देश्यका साथ जोडवलले आफु जस्तै मनमिल्ने धनगढीका ११ जना मिलेर ५ बर्ष पहिले जनही १० हजार उठाएर सुरु गरिएको दृष्ठि फाउण्डेसनले ५ बर्षको अवधिमा ११२ जना को परिवार संग मिलन गराएको सुन्दा टोलाए……….. । हामी छेउछाउमा देखिने अनि भेटिने मानसिक रोगीहरु लाई एक छिन पनि छेउमा पर्न असहज मान्छौ र सके सम्म नजिक जान मान्दैनौ तर मेरो कल्पना दिदिहरुले ११२ जना मानसिक रोगी हरु लाई निको बनाएर , पालनपोषण गरेर परिवार संग मिलन गराई दिनुभएको छ। त्यसैले त भन्छु कल्पना भन्दा बाहिरको कल्पना दिदि ।

दृष्टि फाउण्डेसन……..कसैको दृष्टि नपरेको ठाँउमा दृष्टि पर्ने फाउण्डेसन हो जस्तो लाग्छ । वेवारिसे अवस्थामा भेटिने हरुको उद्दारका लागी लागी कहिल्यै रात भन्दैन , दिन भन्दैन, झरि भन्दैन, बादल भन्दैन कल्पना दिदिहरुको टिम । वेहारिसे हरुको उद्धार, उपचार र परामर्ष पछी पारिवारिक मिलन गराउने दृष्टि फाउण्डेसनमा अहिले पनि १२ जना वालवालिका हरु सहित ४० जना वेवारिसे महिलाहरु आश्रित छन् । जस्को कोही छैन उसको दृष्टि फाउण्डेसन छ जस्तो लाग्छ कता कता ।
दृष्टि फाउण्डेसनको स्थायि आश्रयस्थलका लागी दिदिले गर्नुभएको संघर्ष सोच्ने गर्छु बेलाबेलामा । स्थानिय नेतृत्व हु भन्नेहरु बाट भएको अवरोध हरु सम्झिन्छु , यहाँको दैनिकिको सहारा निर्जिव स्कुटर जलाएको घटना सम्झिन्छु । सग सगै सम्झिन्छु ति मन हरु लाई जसले दिदिको घाउमा मल्हम लगाए….दिदिलाई लागेको चोट भलाउनका लागी सहयोग गरे…शुभकामना दिए ।
बडो मेहनत पछि दृष्टि फाउण्डेसनको आफ्नै भवन बन्ने क्रममा रहेकोछ । दिदि लाई सघाउनको लागी ६ जना स्वयमेवक वहिनिहरु पनि तम्तयार हुनु भईसकेछ । खाना र पढाई खर्चको भरमा दृष्टि फाउण्डेसनमा स्वयमसेवामा लाग्नु भएको बहिनिहरु देख्दा खुसि हुन्छु र मनमनै सोच्छु के मेरा दुई छोरीहरु पनि यसरी नै स्वयम सेवामा लाग्लान त ? तर म प्रयत्न गर्नेछु , प्रेरणा दिनेछु सामाजिक क्षेत्रमा लाग्नको लागी समाजसेवामा लाग्नको लागी ।
“लाखौ माईलको यात्राको सुरुवात एक पाईला बाट नै हुने गर्दछ” भनेझै दृष्टि फाउण्डेसनको अहिले सम्मको यात्रामा कति दुख भए होलान ? भो दुःखको कुरा नै नगरौ । दुई तिन जनाको परिवार चलाउन हम्मे हम्मे परेको छ भनेको सुन्छु साथीहरु बाट दिदिको त्यो परिवार जहाँ ४०–५० जना सदश्य सधै हुने गर्दछ….कसरी चलाउनु भयो होला त्यो परिवार ? अव त बिस्तारै संस्कार र चलन बनिसकेको छ आफनो जन्मदिन, बर्षगाठ, तिथिहरु दृष्टि फाउण्डेसनमा मनाउने यसले केही सहयोग अवस्य हुनेछ । केही नियमित सहयोगीहरु थपिदै भएका छन् यसले आर्थिक समस्यामा केहि सहयोग अवस्य हुनेछ । तर निश्वार्थ समाज सेवामा लागी रहेकाहरु लाई हेर्ने सामाजिक दृष्टिकोण कहिले फेरियला ? आशा गरौ त्यो दिन पनि आउने छ ।
काम गर्ने दौरानमा धेरैको साथ पाईन्छ अनि धेरैले खुट्टा तान्न खोज्दा रहेछन् तर कल्पना दिदिले कहिल्यै खुट्टा कमाउनु भएन ..अडिक रहुनभयो…..निश्वार्थ समाजसेवामा लाग्नु भयो र धेरै जना प्रभावित भएर आफुलाई समाजसेवा तर्फ धकेलीरहेका छन विभिन्न निकायले दिदि लाई सम्मान गरिरहेक छन् । यसै सन्दर्भमा कल्पना दिदिको बारेमा केही हरफ लेख्ने चेष्टा गरेको मात्र हो । म जहिले पनि भन्ने गर्छु नि दिदि….तपाईले गरेको समाजसेवाको कामको १ प्रतिसत मात्र पनि मैले आफ्नो जिवनमा समाज सेवा गर्न सकेछु भने मेरो यो जुनि लाई सफल भएको सम्झने छु .. ……………………………………………………….. मेरो कल्पना भन्दा बाहिरको कल्पना दिदि ।