घर

घर सामान्य होइन रैछ
झुपडी नै किन न हो
घर भनेको घरै हो
घर सभ्यता हो
घर संस्कृति  हो
घर परिचय हो र
घर पहिचान पनि हो
सबै बासस्थान घर हुन सक्दैनन्
सबै भवन पनि घर हुन होइनन्
घर बनाउन
घर बसाउन
घर चलाउन
घर खानु सरल र सामान्य होइन
घर तब बन्छ जहाँ परिवार हुन्छ
जहाँ व्यवहार हुन्छ
परिवारको संरचना हुन्छ
घरवाला,घरवाली हुन्छन
गोठ गौ पाण मौ
घर भण्याको नानो होइन
नौ खामा बौ बाँसी
आधारभूत आवश्यकता हो
गाँस,वास,कपास
घर पहिचान सहितको संस्कृति हो
परिचय दिन्छ घरले
तल्लाघरे,मल्लाघरे,ठुलाघरे
नयाघरे,बाटुलेघरे
खरको छाना होस वा ढुंगाको
जस्ता पाता होस वा ढलान
छानो होस वा कौसी
कोठा चोटा होस वा झ्यालढोका
सबै अवयबको आफ्नै परिचय हुन्छ
संरचनाले भवन हुदैमा घर हुदैन
राजा बस्ने दरवार
रंक बस्ने आश्रम
बटुवा बस्ने धर्मशाला
देवता राखिने मन्दिर
शव राखिने समाधी
घर होइनन्
घर ब्यक्ति संग जोडिन्छ
ब्यक्तिको नाउ संगै घरको नाउ हुन्छ
पहिचान र परिचय हुन्छ
भालाकुसारीको सोधाईमा
नाउ संगै थर , घर सोधिन्छ
घर काँ हो?
निश्चय पनि घर सामान्य होइन
घर भनेको घर नै हो
पहिचान हो परिचय हो
सभ्यता हो,संस्कृति हो


परशुराम १२ डडेल्धुरा 

You might also like
Leave A Reply

Your email address will not be published.