गजल

जति हुनुपर्ने थियो,त्यति चमक छैन
सोचे झै मेरो,जिन्दगीमा रौनक छैन
म दुःख भोग्दै हुर्केको,आम मान्छे हुँ,
मेरो जीवनशैलीमा,तडकभडक छैन ।
समय सँगै मेरो सारा,जीवन सकियो,
तर विगत र वर्तमान,केही फरक छैन ।
तिमीले राम्रो देख्यौं,आभार तिमीलाई,
त्यस्तो चम्काउन सक्ने,कुनै टलक छैन ।

You might also like