मौनता

अर्कै अर्थ लाउन खोज लाग्छ पनि
शब्द अनेकार्थी हुन्छन नै
तर बिषय प्रसंगले अर्को अर्थ नलागेमा
मौनता भन्नाले मौनता सम्झनु पर्छ
मौनं स्वीकृति: लक्षणम्
कहाँ के भन्नू नै पर्दैन
एक एक ब्यहोरा अवगत नै छ
मौनताको संस्कृतिले
कति बनाउछ,कति भत्काउछ
पीडा,द्वेष मनमा पालेर
मौनता रहन्छ भने
एक न एक दिन विष्फोट हुन जान्छ
धैर्यताको बाँध पुटने अवस्था आउछ
बोल्नै पर्ने,चिच्याउनु पर्ने बिषयमा
मौन बसे विष्फोट पनि हुन जान्छ
भन्न त यसो पनि भन्छन
मौनता सर्वोत्तम भाषण हो
जहाँ नदी गहिरो हुन्छ
त्यहा पानीमा पनि मौनता हुन्छ
सकारात्मक रुपमा बुझे
नकारात्मक रूपमा हेरे
मौनताले विश्वास भत्काउछ
मौनताको संस्कृति यसरी विकसित भयो
परिस्थितिले तै चुप मै चुप बनायो
बोल्नै खोजे पनि
बोल माछा मुख भरी पानी भएको छ


परशुराम १२ डडेल्धुरा

You might also like
Leave A Reply

Your email address will not be published.