हुटिट्याउको शहर

सायद यो शहर हुटिट्याउको हो कि
आजकल मेरो शहरमा हुटिट्याउको खुबै चर्चा छ
शहर मात्र होइन मेरो गाउँमा पनि हुटिट्याउ कै चर्चा छ
भन्दै छन् रे सबै हामीले गरेको
शहर हामीले बनाएको
गाउँ हामीले बनाएको
सबै विकासे काम हामीले नै हो गरेको
अरु गर्ने को छ र रु
अब बनाउने पनि हामी नै हौं
अरु त सब फगत मात्रै हुन
मेरो शहरमा हुटिट्याउको खुब चर्चा छ
गाउँघुम्दै भन्दै छन् रे जे जे गर्नु छ
सब भईहाल्छ ।
नेताहरुकै पछि लाग्ने हृटिट्याउले मेरो गाउँ समृद्ध बनाई सके ।
मेरो गाउँमा सबै कुरा पुगाई सके ।
गाउँका सबै रोजगार बनाई सके ।
नेताको आखाका छारो हाल्न भ्याई रहेकै छन् ।
नेतालाई सबै गर्ने मैले हो भन्दै छन् रे ।
जिताउने मै हो
सहयोग गर्ने मै हो
फलानो, ढिस्कनो मिलाउने मै हो
गाउँमा सहयोग गर्ने अरु केही होईन भन्दै छन् रे ।
मेरो शहरमा हुटिट्याउको खुब चर्चा छ
दैनिक नेताको चाकरी गर्न भ्याईरहेकै छन्
अरुलाई बेकुफ बनाई रहेकै छन् ।
अहिलेको सिजन पनि हुटिट्याउहरु कै छ ।
ति हुटिट्याउहरु नेता खुसी पार्न मात्रै मेरो गाउँ आए होलान् ।
अरु समय त गुप्तबास नै हुन्थे ।
यसपाली गाउँ पसेछन् ।
नेताको चाकरी बजाउन सही कुरा लुकाउन भ्याएकै छन्
नेतासम्म सही एजेण्डा पुग्न रोक लगाएकै छन्
गरिब र निमुखाको समस्या पर्दा हराएका
उनीहरु अहिले नेताको पिछलग्गु भएर गाउँ पुग्न भ्याएकै छन्
आकाशै थाम्न खोज्ने हुटिट्याउले
राजनीति थामेका छन
आफै नेता होइनन तर नेता बनाउछन,बिगार्छन
शकुनिको भुमिका निभाउदै
नेता बिर्गान भ्याकै छन्
मेरो शहरमा हुटिट्याउको खुब चर्चा छ

जे होस् हुटिट्याउहरुले सबै कुरा भ्याकै छन्
अरु कसैले गर्न नसकेको काम
नेताको कान भर्न भ्याकै हुन्छ
नेता बिर्गान भ्याकै हुन्छ ।
जय होस् हुटिट्याउ की ।


खंलगा, डडेल्धुरा

You might also like