नया ल्याइएको बिरुवा चुनौती दिदै
बूढो रुखलाई भन्दैछ
तिम्रो अब काम छैन
मेरो मालिकले मलाई विशाल बनाउछु
स्थापित गर्छु भनी ल्याएका हुन
उनी आउछन तिम्रा हागा हागा काटछन
कुटोले खनेर जरा जरा काटछन
तिम्रो ओत लाग्नेहरु मेरो पछि लागुन
गोडमेल गरून्
तिमीमा आश्रय लिएकाहरुले पनि
मलाई मलजल गरून्
अनि म ठूलो हुन्छु र
तिमीले भन्दा बढी काम आउछु
यतातिरका झारपात उखेलिन्छन
मेरा लागि सहज बनाइन्छ
आफ्नो स्थानमा दृढ रुख भन्छ
तिम्रा लागि यो माटो,पानी नया हो
हुर्कन, बढन, मौलाउन समय लाग्छ
प्रकृतिको नियम नै छ
बाच्नका लागि उपयुक्त मात्रै बाच्छन
तिमीलाई जति सुकै मलजल गरून्
सुमसुम्याएर गोडमेल गरून्
मलाई त्यसको कुनै असर नै पर्दैन
कैयौ प्रहार खेपे
छानीछानी मेरा जरा, हागा काटिए
एउटा पात पनि रहन दिन हुन्न भनी
डढेलो लगाइयो
मेरा समर्थक ,पक्षधर माथी प्रहार भयो
घामपानी खेपेकै छु
सामान्य चोट होइन
ठूला जोखिम पनि मोलेकै छु
हावाहुरी आधीबेहरी छेकेकै छु
तिम्रा मालिक मात्र होइन
उनी भन्दा कोहि ठूला आए पनि
मलाई कुनै फरक पर्दैन
सबैले बुझेका छन रुखको महत्व
हागो छुट्टीएर जादा रुख बन्दैन
कसैको उन्नतिमा धारे हात लगाइ सराप्दैमा
झिगाको रीसले डिगा मर्दैन
कैयौ सत्तो सराप गर्ने हराएर गए
तिमीहरू आफ्नै वलबुतामा बढ
तिम्रो विशालतामा मेरो ईर्ष्या छैन
कसैको उन्नति प्रगतिमा जल्ने बानी छैन
मेरो छुट्टै परिचय छ
निरन्तर निरन्तर उभिएको
बूढो रुख
परशुराम १२ डडेल्धुरा