पत्तालकी जून

अति चञ्चलेमा हाम्रो नाउ दर्ज थियो
कहि केही बिगार भएछ भने
हाम्रै नाउ जोडिन्थ्यो
छोरो बिग्रेको देख्ने कसैका
इजा बा को इच्छा त हुदैन होला
तर त्यस्तै भैदिदो रहेछ
सायद चञ्चलता बाल संस्कृति हो कि
एक खुट्टे घ्वाइकासा खेल्नु,घुच्ची खेल्नु
गुलेलीले चरा मार्नु
टिपु,ठिडकी,जस्ता खेल त समान्य हुन
घट्टको पनालोमा मुडो अडकाउने
कुलोको पानी कुलो भत्काएर अन्तै लगाउने
रोपाइमा हिलो छ्याप्ने र होलीमा रङ्ग त
रमाइलो नै भए
उच्चा उच्चा कान्लामा हाम फाल्ने
नदिको भेलमा बग्ने
गोवरको डल्लो जलाएर
धेरै पातमा बेरी गोलो बनाएर पटकाउदा
धेरैका लुगा जले हात खुट्टामा
सानो तिनो नपोलिएको कोही रहेन
परालको माचमा आगो लाग्यो
निकै चर्चित भयो गोवर वमकाण्ड
इजर काटन गयौ
ओखर,कागतीका वारीका सबै बोट
काटेर फर्कियौ
धेरै घटनाको परिणाम रामधुलाई हुन्थ्यो
धेरैमा अभिभावकले क्षमा माग्नु पर्ने हुन्थ्यो
अर्को चर्चित चर्तीकला थियो
पत्तालकी जून
एउटा सानो फल्याकमा माटो राखी
सानो खाडलमा लुकाई राख्ने
थाह नभएको साथी बोलाउने र हेर्न लाउने
खाडल हेर्दैगर्दा माटोको फल्याक उचाली दिने
आँखा भरी माटो जाने
आँखा नै बिग्रीएर उपचार गराउनै पर्‍यो
बिद्यालय जादा
बाटामा अरिङ्गालको गोला तारो हान्ने
प्रतिस्पर्धा नै चल्यो तारो हानियो
सबै साथीको स्वरुप त फेरियो नै
वटुवालाई पनि सास्ती
साथीका झोलामा ढुङ्गा राखिदिने 
हरेक शिक्षकका बिद्यार्थीले राखेका उपनाम
अपमान हुने गरि उपनाम राखिन्थे
समय सधै एकनास हुने रहेनछ
असाधारण बालक मात्रै होलान
चञ्चल नभएको
सधै वालापन नै रहने भए त
के नै बाकी रहन्थ्यो र
उमेर संगै जिम्मेवारी ,दायित्व बढछ
ब्यवहार स्वभाविक फेरिन्छ
तर चुनौती पत्तालकी जून जत्तिकै छन
समय त्यस्तै अनविज्ञता खोजिरहेको हुन्छ
मौका पाए आखामा छारो हाल्छ
समय बलवान् हुन्छ
जतिसुकै प्रौढ बनेपनि
जतिसुकै शक्तिशाली र चलाक भए पनि
आलोकाचो नानी देखिको बानी
मूढगत निर्णय गराउछ
अरिङ्गालको गोलो फुटाउन लगाउछ
पत्तालकी जून देखाउछ


परशुराम १२ डडेल्धुरा

You might also like