अक्षरको यात्रा

एका बिहानै श्रीपञ्चमिको दिन
धुलेपाटी टकटकाउदै बा ले
अ लेख्न लगाउनु भयो
त्यही बाट अक्षरको यात्रा शुरु भयो
अक्सर हरेकको यसै गरि
शुरुहुन्छ अक्षरको यात्रा
औपचारिकताको सिमा काटदै गर्दा
केही सिढी चढीए
अक्षरको यात्रा निरन्तर निरन्तर छ
ब्रह्म जान्न खोजे ब्रह्माण्ड बुझ्न खोजे
तर शुन्य पनि जान्न सकेन
चार लाख विद्या चौध लाख चतुराइ
जान्नु पर्ने रहेछ,जान्न सकिएन
अपुरी विद्या जियै काल भएको छ
रहरले मात्र पुग्दो रहेनछ
छन त छन अनगिन्ती सपना छन
आकाश छुने रहर छन
धुले पाटीमा सिकेको साउ अक्षर
आज सग्ला र वान्किला भएका छन
बुझ्न सकेन अक्षरको गति
जान्न सकेन अक्षरबाट बन्न जाने आकाश
आकाशबाट शब्द तन्मात्रा बन्नजाने
बुझ्न सकिएन
बुझ्नै कठिन बुझेपछी झनै कठिन
हुदो रहेछ
ठूल्ठूला कुरा मात्र गर्ने
देखिने ,बुझिने गरि लेख्नु पर्‍यो
सग्लो अक्षर
अक्षर बाटै निर्माण भए
मीमांसा, वेदान्त , सांख्य, वैशेषिक,न्याय, योग
षट दर्शन
शब्दब्रह्म देखि अनुर्वाच्य सम्म चौध ब्रह्म
चार वेद,अठार पुराण
तीनलोक चौध भुवन
अक्षर संग जोडिएको छ
आकार भयो र अक्षर भयो
अक्षर भयो र उच्चारण भयो
अक्षरको यात्रा अनन्त छ
उच्चारण गरिने वा लेखिने ध्वनिको एकाइ हो अक्षर
स्वरवर्ण  हुन वा व्यञ्जनवर्ण
ध्वनिको  एकाइ
क्षरण नहुने भएकाले अक्षर भएको हो
अपार अक्षरको अनन्त यात्रा


परशुराम १२ डडेल्धुरा

You might also like
Leave A Reply

Your email address will not be published.