गोपीरामको हुड्को

भदौ महिना हो र हुडको बज्यो
एका बिहानै गोपीराम भाण हुडको बजाउदै
राम्रा नराम्रा शब्द फलाक्दै
गाउँ डुल्दैथियो
वर्षभरि खान पुग्दैन र माग्छ
माग्ने एक संस्कृति भैसकेको छ
इलामका जोगीले फेरि लगाएर
दक्षिणा अन्न र मागुन
लछु भुलेनीले पात ओल्को दिइ
खानुमानो मागुन
लालु सार्कीले चाल्ला हलौडाको
वैकर मागुन
धनी पण्डितले निसरा मागुन
अलख जगाएर साधु सन्तले
भिक्षा मागुन
सडक चोकमा भीखारीले भीख मागुन
माग्ने त भन्छन मागे पछि त राज्य पाइन्छ
के कति पाइन्छ तर मागी रहन्छन
राज्य जेसुकै गरोस्
समाजले जेसुकै भनोस
अरु उपाय नै छैन  माग्नुको विकल्प
मेरो त माग्ने जात नै हो भन्दै
हुडको बजाउदै,हरेक भदौमा
यसरी नै माग्ने गर्छन गोपीरामहरु
हुन त बाध्यता पनि हो
जहान ,केटाकेटी पाल्नु नै पर्‍यो
उसका लागि दुई छाक पेटभरि खानु
एक सरो लुगा लगाउन पाउनु समाजवाद हो
निर्भय पुर्वक
हुडको बजाइ गाउँ भरी माग्न पाउनु
लोकतन्त्र हो
मुट्ठी कसेर लाल सलाम पनि ठोकेकै हो
चारतारे बोकि जय नेपाल भनेकै हो
तर अनिलो तिउनमा नुन राख्न
पसिना नै बगाउनु पर्ने भो
सामाजिक रुपान्तरण जातीय मुक्ति धेरै कुरा सुन्यो
कुराले रुपान्तरण हुने रहेनछ
हुनत हुडको ले दिने ताल शब्दमा
स्वतन्त्रता ,समानता र लोकतन्त्रका
कुरा आउथे
उसले गाउने भडामा स्वाधिनताका
गीतहरू गुन्जन्थे
हुडकोले जे सुकै भनोस
गीतहरु जे सुकै बोलुन
गोपीरामको दिन काटने प्रश्न अहं थियो
र यस्तै कार्यहरू सहायक बन्थे
हुडको उसको अन्तिम अस्त्र थियो
पहिचान थियो
शक्ति पनि थियो
गोपीराम धेरै थिए
हुडको बोकेको गोपिराम


परशुराम १२ डडेल्धुरा 
You might also like