दशै

दशै सबै वर्ष आउथ्यो र
यसवर्ष पनि भित्तेपात्रोमा मात्र होइन
रौनक रमझम चहलपहलमा पनि आयो
आउथ्यो,आइरहन्छ र आयो
दसा नबनोस दशै
भन्न त भन्छन
असत्य माथि सत्यको विजय
आसुरी शक्ति माथि दैवी शक्तिको विजय
तर यो त भन्ने कुरा मात्र भयो
असत्यको विजय भएको छ
आसुरी शक्ति मौलाएको छ
सत्य टुलुटुलु हेरिरहेको छ
अमुक  दैवी शक्ति अबोल छ
हेर्न त हेर्छन हेर्दैनन
हुन त हुन्छ हुदैन
तर सबैले गरे जस्तो
देवी देवताको मन्दिरमा
सप्तशती चण्डीको पाठ गर्ने
नवदुर्गा भवानीको प्रसाद
ठुला बडा र मान्यजनबाट
टिका र जमरा लगाउने
आशीर्वाद प्राप्त गर्ने
नयाँ नयाँ कपडाहरू लगाउने,
आफ्नो क्षमता अनुसार मिठो खाना खाने
यस्तै यस्तै नियमित जस्तै हुन्छन
धेरैका लागि मीठो मसिनो खान
दशै नै कुर्नु पर्ने हुन्छ
वर्षमा एक पटक फेर्नु पर्ने
एकसरो लुगा फेर्न कुर्नु पर्ने दशै
आयो र जानै लाग्यो
धेरैका लागि हात्ती आयो हात्ती आयो भयो
यसरी आशिष् दिदै छ
मटिखण्ड माटी छ्ञा जिजागि रयेइ
समुदर जल छञा जिजागी रयेइ
हिमाञ्चल हिउँ छञा जिजागी रयेइ
अजम्मरी भयेइ
धर्ती जति चौडो भयेइ
दुवाइ जानी फैली रयेइ
गुवाइ जानी फुलि रयेइ
केलाकी थुमणी जानी रोकि रयेइ
सर्क जति चौडो भयेइ
बाघ जति बलियो भयेइ
स्याप जति लामो भयेइ
ऐल कि दशै ख्वाउ चुठाउ
उपरी कि दशै निउतो जगाउ
अथवा
आयु द्रोणसुते श्रेयं दशरथे शत्रुक्षेयं राघवे।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने।।

शौर्य शान्तनभे बलं हलधरे सत्यं च कुन्तीसुते।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे।।

हर्षै हर्ष बितोस सधै शुभ बनोस मेरो यहि चाहना
सत्रु नास होउन सदा विजय होस गर्छु म यो कामना।
वडा दशैको
हार्दिक शुभकामना
हार्दिक शुभकामना
हार्दिक शुभकामना 

परशुराम नगरपालिका १२, डडेल्धुरा

You might also like
Leave A Reply

Your email address will not be published.